निर्णय नं. ९२२५ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२५ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०२/२० ५८४४ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७१।२।२०।३ ०६८-WO-०८७६ विषय : उत्प्रेषण/परमादेश । निवेदक : सुनसरी जिल्ला, इनरूवा नगरपालिका वडा नं. ९ घर भई जिल्ला वन कार्यालय, मोरङमा पदस्थापन भई वन विज्ञान अध्ययन संस्थान, हेटौंडामा स्नातक पहिलो वर्षमा अध्ययनरत् दीपक पोखरेल विरूद्ध विपक्षी : नेपाल सरकार, वन तथा भू-संरक्षण मन्त्रालय,सिंहदरबार, काठमाडौंसमेत § निवेदकले अध्ययन बिदा माग गरेको देखिएको र निजामती सेवा नियमावली, २०५० को नियम ६४ (१क) को खण्ड (ख) अनुसार ६० दिनभित्र सो बिदा स्वीकृत वा अस्वीकृतको निर्णय भएको जानकारी नदिएमा ऐ.६४(१ख) बमोजिम स्वतः नै बिदा स्वीकृत भएको मानिने कानूनी व्यवस्थाले निवेदकको मागलाई प्रकारान्तरमा सहयोग पुर्‍याएको अवस्था देखिने । § कानूनले निर्धारण गरेको अवधि नघाई गरेको बिदा अस्वीकृतिको निर्णयले कानूनी मान्यता नपाउने हुनाको साथै बिदा स्वीकृत गरेको मानिने उक्त कानूनी व्यवस्था अनुसार म्याद नघाउनुको अर्थ प्रकारान्तरमा निवेदकलाई नै सहयोग पुर्‍याएको कानूनी परिणाम निस्कन जानु हो । विपक्षीको काम कारवाहीले कानूनले निर्धारण गरेको समयावधिभित्र आफूले माग गरेको बिदा स्वीकृत वा अस्वीकृत भएको जानकारी पाउने कानूनी अधिकारबाट रिट निवेदक वञ्चित हुनुपरेको छ । यस्तो अवस्थामा कानूनको म्यादभित्र बिदा अस्वीकृतको निर्णय नगर्नु विपक्षी नेपाल सरकारको गम्भीर लापरवाहीसमेत देखिन्छ । कानून अनुरूप चल्नुपर्ने जिम्मेवार निकायबाट भएको त्यस्तो लापरवाही क्षमायोग्य नदेखिने । (प्रकरण नं.७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता जीवन लम्साल विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता मदनबहादुर धामी अवलम्बित नजिर : सम्बद्ध कानून : § निजामती सेवा नियमावली, २०५० को नियम ६४(१क.), ४९ आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्‍क्षिप्त तथ्य र ठहर यस प्रकार छ : १. तथ्य खण्ड : १.१ रिट निवेदनको सङ्‍क्षिप्त व्यहोरा : लोकसेवा आयोगबाट सिफारिस भई २०५६ सालमा नेपाल वन सेवा, जनरल फरेस्ट्री समूहको रेन्जर पदमा स्थायी नियुक्ति भई अविछिन्नरूपमा यस सेवामा कार्यरत रेन्जर हुँ । आफ्नो शैक्षिक योग्यता वृद्धिका लागि तथा बढुवा प्रयोजनका लागि माथिल्लो शैक्षिक योग्यता आवश्यक भएकोले विपक्षी वन विभागको सहमति प्राप्त गरी वन विज्ञान अध्ययन संस्थानअन्तर्गत स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा भाग लिएकोमा खुला प्रतिस्पर्धाका लागि छुट्ट्याइएको कोटा १७ स्थानमा सूचीकृत भई हाल वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पस, हेटौंडामा भर्ना भई हाल दोस्रो सेमेस्टरमा अध्ययनरत छु । म निवेदक वन तथा भू-संरक्षण मन्त्रालयकै सहमतिले प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भई भर्नासमेत भई अध्ययनमा लागेको अवस्थामा खर्चाभाव हुने र नोकरीसमेत गर्न असम्भव हुने भएबाट तलबी अध्ययन बिदा पाउनका लागि मिति २०६८।६।८ मा वन विभागमा निवेदन दिएकोमा वन विभागका महानिर्देशक ज्यूबाट उक्त फाइल तलबी अध्ययन बिदाको सिफारिस साथ वन सचिवसमक्ष वन तथा भू-संरक्षण मन्त्रालयमा पेस भएको थियो । मेरिट लिस्टमा नाम सूचीकृत हुने र भर्ना भई पढ्ने सबैलाई तलबी अध्ययन बिदा दिनुपर्ने भनी