निर्णय नं. ७५१५ - उत्प्रेषण परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५१५ - उत्प्रेषण परमादेश समेत । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६१/११/२१ ३६२५ निर्णय नं.७५१५ ने.का.प. २०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०६० को रिट नं.३३३७ आदेश मितिः २०६१।११।२१।६ विषय : उत्प्रेषण परमादेश समेत । निवेदकः जिल्ला ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं.२ झम्सीखेल घर भई हाल खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वेशीशहर लमजुङको निमित्त सिनियर डिभिजनल इन्जिनियर पदमा कार्यरत आशिष घिमिरे बिरुद्ध विपक्षीः लोकसेवा आयोग कमलपोखरी, काठमाडौं समेत § निवेदक २०५५।६।२५ देखि २०५७।३।२५ सम्म बिदामा रही ऐ २६ गते खानेपानी तथा ढल निकास विभागमा हाजिर रहेको अबस्थामा सोही कार्यालयमा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी दर्ता गरेको देखिंदा दरबन्दी रहेको जिल्ला खानेपानी कार्यालय पर्सामा भरी पेश गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं. २२) § आफ्नो का.स.मू.फाराम भरी समयमा पेश गर्ने कर्तव्य पूरा गरेको देखिएको अबस्थामा निवेदकको कुनै गल्ती वा दोष बेगर कसैको लापरवाहीको परिणाम निवेदकले भोग्नुपर्छ भन्नु न्यायोचित्त नहुने । (प्रकरण नं. २५) § निर्धारित समयभित्र भरी दर्ता गराएको कार्यसम्पादन मूल्याङ्कन फाराम सुपरिवेक्षकबाट मूल्याङ्कन नभएको भन्ने आधारमा बढुवा समितिबाट का.स.मू. वापतको अंक गणना नगरिएको र त्यसैलाई सदर गरी विपक्षी लोकसेवा आयोगले गरेको निर्णय न्यायसंगत देखिन नआउने । (प्रकरण नं. २६) § चालिस अंकको का.स.मू.फारामनै उपलव्ध नहुँदा पनि बिना सोधखोज कारवाही अगाडि बढाउन नहुनेमा सामान्य प्रशासनिक कुराहरुलाई ध्यान नदिई कर्मचारीको का.स.मू. फाराम नै नभए पनि नामावली प्रकाशन गर्ने कार्यलाई बढुवा समितिको लापरवाही मान्नुपर्दछ । तसर्थ आईन्दा यस्तो नहुने आवश्यक व्यवस्था मिलाउनु भनी सामान्य प्रशासन मन्त्रालयका सचिवको नाउँमा समेत आदेश जारी हुने । (प्रकरण नं. २९) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती, तेजवहादुर राई विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता राजनारायण पाठक र विद्वान उपन्यायाधिवक्ता सुरेन्द्रवहादुर थापा, विद्वान अधिवक्ताद्वय श्री वावुराम गिरी, र उपेन्द्रकेशरी न्यौपोन अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३÷८८(२) बमोजिम दायर भै पेश भएको प्रस्तुत रिट निवेदन समेतको संक्षिपत तथ्य र निर्णय यसप्रकार छ :– २. म निवेदक २०४३।८।१९ मा इन्जिनियर पद (रा.प.तृ.प्रा.) मा अस्थायी नियुक्ति पाई श्री ५ को सरकारको सेवामा प्रवेश गरी २०४७।९।२१ सम्म अस्थायी इन्जिनियर कै हैसियतले काम गरें । लोकसेवा आयोगबाट लिईएको खुल्ला प्रतियोगिताबाट छनौट भई २०४७ ।९।२२ देखि नेपाल इन्जिनियरिङ्ग, सेवा, सिविल समूह, स्यानिटरी उपसमूहको रा.प.तृ. श्रेणीको इन्जिनियर पदमा रही श्री ५ को सरकारले खटाएको कार्यालयहरुमा रही काम गर्दै आएको छु । यसै क्रममा मिति २०५८।११।२९ को गोरखापत्रमा प्रकाशित सूचना अनुसार नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल समूह स्यानिटरी उपसमूहको रा.प.द्धितीय श्रेणीको पद संख्या–५ कार्यक्षमताको मूल्याङ्कन बढुवाद्वारा पूर्ति गर्ने गरी बढुवासूचना नं.३२।०५८।०५९ प्रकाशित विज्ञापनमा निवेदक समेत संभाव्य उम्मेदवार भएकोले बढुवा दरखास्त फाराम भरी बढुवा नतिजाको प्रतिक्षामा रहेकोमा २०६०।४।२० को गोरखापत्रमा प्रकाशित बढुवा समितिको बढुवा सिफारिस सूचीमा आफ्नो नाम सिफारिस