निर्णय नं. ७५१६ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५१६ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६१/०३/२९ ४४४१ निर्णय नं.७५१६ ने.का.प.२०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत सम्वत २०५८ सालको रिट नं. ––२८६१ आदेश मितिः २०६१।३।२९।३ मुद्दा :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा. वडा नं. १ स्थित फ्लोरा नेपाल प्रा.लि.का अधिकार प्राप्त आफ्नो हकमा समेत प्रा.लि.का संचालक चन्द्रकुमार गोल्छा विरुद्ध प्रत्यर्थीः पुनरावेदन अदालत, पाटन समेत § मध्यस्थता ऐन, २०५५ को दफा ७ मा भएको व्यवस्थालाई हेर्दा मध्यस्थ नियुक्तिका लागि कुनैपक्षले पुनरावेदन अदालतमा निवेदन दिन सक्ने र पुनरावेदन अदालतले मध्यस्थ नियुक्त गर्नुपर्ने भन्ने उल्लेख भएको देखिन्छ । निवेदक र विपक्षी वीचमा भएको १९९८।१२।९ को संझौतापत्रको दफा ९ मा विवादको समाधान मध्यस्थद्वारा हुने भन्ने प्रष्ट प्रावधान रहेको देखियो । सो संझौता बमोजिम विवादको निपटारा गर्न मध्यस्थ नियुक्त गर्न पुनरावेदन अदालत पाटनमा निवेदकले निवेदन दिएकोमा अदालतले मध्यस्थ नियुक्त गर्ने विषयमा मात्र सीमित रहनुपर्नेमा संझौता भित्र प्रवेश गरी गरेको निर्णय मध्यस्थता ऐनको दफा ७ को विपरीत देखिएकोले बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कोपिलप्रसाद अधिकारी प्रत्यर्थी तर्फवाटः अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. निवेदक कम्पनीका संस्थाक चन्द्रकुमार गोल्छा, बसन्त नाहटा र विमलकुमार केडिया संस्थापक रही हिमालयन फ्लोरीकल्चर प्रा.लि. नामक कम्पनी दर्ता गर्ने व्यहोरा समेत करारमा उल्लेख गरी उक्त प्रस्तावित कम्पनीकैतर्फबाट चन्द्रकुमार गोल्छा र बसन्त नाहटाले ल.पु.जि.ल.पु.उ.म.न.पा. वडा नं. ३ स्थित प्रत्यर्थी किशोर प्रधान र निजकै परिवारको संलग्नता एवं सक्रियतामा सञ्चालित चमेली नामक फूल व्यवसाय गर्ने फर्म समेतकोतर्फबाट प्रत्यर्थी किशोर प्रधानले फूल तथा फूलका विरुवा सम्बन्धी व्यवसायिक कारोबार संचालन गर्ने सहमती भई प्रस्तावित हिमालयन फ्लोरीकल्चर प्रा.लि.कोतर्फबाट चन्द्रकुमार गोल्छा समेतको लगानीमा कारोबार संचालन गर्ने गरी मिति सन् १९९८।१२।९ मा सम्झौता भएको थियो । सम्झौतापत्रको दफा ६ को व्यवस्था अनुरुप प्रस्तावित कम्पनी दर्ता गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा जाँदा हिमालयन फ्लोरीकल्चर नाम जुध्न गएका कारण दर्ता हुन नसकेबाट तत्काल फ्लोरा नेपाल प्रा.लि.(Flora Nepal Pvt.Ltd.) नामक कम्पनी दर्ता गरियो । यसरी उक्त नाम परिवर्तन गरी दर्ता भएको कम्पनीमा नाम जुध्न गई परिवर्तन गर्न परे पनि सम्झौतामा प्रस्तावित कम्पनीकै अंशियारहरु नैं समान अंशियारका रुपमा रहेका छन् । सन् १९९८।१२।९ मा सम्झौता गरी सोही सम्झौता अनुरुप फ्लोरा नेपाल प्रा.लि. नामक कम्पनी दर्ता गरी फूल तथा विरुवाको उत्पादन तथा बिक्री वितरण गर्न ललितपुर जिल्लाको भैसेपाटी र पर्सा जिल्लाको सिमरामा जग्गा बहालमा लिई सो कार्य संचालन गर्न मौखिक सहमती हुनासाथ करारमा उल्लेख भए अनुसार रकम दिन लिन प्रारम्भ गरी प्रत्यर्थी किशोर प्रधानले काम गर्नुपर्ने हुँदा निजले माग गरे अनुरुपको रकम हिसाब फछ्र्यौट गर्ने गरी कम्पनी दर्ता हुनुभन्दा पूर्व अवस्था देखि नैं पेश्की दिइदै गइयो । पेश्की दिने क्रममा नि