निर्णय नं. ७५१७ - परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५१७ - परमादेश । भाग: ४७ साल: २०६२ महिना: असार अंक: ३ फैसला मिति :२०६२/०३/२८ २८२४ निर्णय नं.७५१७ ने.का.प. २०६२ अङ्क ३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री परमानन्द झा संवत २०६० सालको रिट नम्वर ३३०४ आदेश मिति २०६२।३।२८।३ मुद्दाः– परमादेश । निवेदकः जर्मन घर भई गोरखा जिल्ला खरिबोट गा.बि.स.वडा नं. मा जरिबुटी व्यवसाय अपनाउदै आई हाल कारागार शाखा, भद्रगोल त्रिपुरेश्वरमा थुनामा रहेका डिटेल कोप्स विरुद्ध विपक्षीः श्री ५ को सरकार कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § निवेदकले नेपाली अंगिकृत नागरिकता प्राप्तको लागि दिएको निवेदनउपर नागरिकता ऐन, २०२० को दफा ६(१) का शर्त पुरा गरेको अवस्थामा श्री ५ को सरकारले त्यस्तो शर्त पुरा गर्ने व्यक्तिलाई अनिवार्य रुपमा अंगिकृत नागरिकता दिनुपर्ने दायित्व वा कर्तव्यसम्बन्धी कानूनी व्यवस्था भए रहेको नपाइने । § अंगिकृत नागरिकता प्रदान गर्न यथोचित निर्णय गरि पाउने हक निवेदकको रहेको नदेखिने । § अंगिकृत नागरिकता प्रदान गर्ने नगर्ने बिषय श्री ५ को सरकारको स्वविवेकको बिषय भई हाल सो कार्य स्थगित गरिएको जानकारी निवेदकलाई दिइ सकेको अवस्थामा निवेदन दावीबमोजिमको आदेश जारी गरी पाउने हकदैया निवेदकको नरहने । (प्रकरण नं.१०) निवेदक तर्फवाटः विद्वान बरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षी तर्फवाटः उपस्थित उपन्यायाधिवक्ता श्री ब्रजेश प्याकुरेल अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३,८८(२) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. म निवेदक जर्मन नागरिक हुँ । फोटोगाफरको हिसावले पहिलो पल्ट सन १९७४ मा ७५ दिनको लागि नेपाल आएको थिए । १९७६–१९७९ सम्म तयारी पोशाकको काम र १९८१ द्येखि आफ्नै व्यवसाय फोटोग्राफरको काम गरी १९८५ मा नेपाल कलर ल्याव प्रा.लि.खोली रंगिन फोटो उद्योग व्यवसायमा राम्रो योगदान गर्दै आएको छु । मिति २०५१।९।३ मा गोरखा जिल्ला स्थित किम्पु गाउँमा साथीको नाममा २० रोपनी जग्गा किनि जरिबुटी उत्पादन गर्ने कार्यमा संलगन भै हाल सम्म क्रियाशिल छु । नेपालको हावापानीबाट मोहित भै यही नै बसोवास गरी यहाँको उद्योग धन्दामा सहयोग गर्ने उद्देश्य लिई जर्मन नागरिकता परित्याग गरी नेपाली नागरिकता लिनको लागि जर्मन दुतावासमा नागरिकता परित्यागको निवेदन दिइ सकेको छु । नेपाली अंगिकृत नागरिकता प्राप्तीको लागि जिल्ला प्रशासन कार्यालय, गोरखामा निवेदन दिएकोमा सो जिल्लामा बसे नबसे सम्बन्धमा सर्जमिन ०५२।१२।२७ मा भै प्रमाणित भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले ०५३।१।३ मा जिल्ला प्रशासन कार्यालयलाई सो सम्बन्धमा पत्र लेखेको, त्यसै गरी खरिबोट गा.बि.स.बाट ०५२।४।२२ मा जिल्ला प्रशासन कार्यालय, गोरखालाई पत्र लेखिएको छ । उल्लेखित सर्जमिन र पत्रको आधारमा अंगिकृत नागरिकता पाउनको लागि चाहिने सम्पूर्ण पूर्णधार पुरा गरेको महसुस गरी जिल्ला प्रशासन कार्यालय, गोरखाले गृह मन्त्रालय नेपाली अंग्रिकृत नागरिकताको लागि ०५३।७।१५ मा सिफारिस समेत गरेको छ । अंगिकृत नेपाल नागरिकता प्राप्तीको लागि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ९(४) र नेपाल नागरिकता ऐन, २०२० को दफा ६(१) मा उल्लेखित शर्त पुरा गरेको हुँदा ०५२।१२।१९ मा जिल्ला प्रशासन कार्यालयमा नागरिकता नियमावली २०२५ को नियम ४(१)(२)(३) तथा नियम ६(१) ले निदृष्ट गरे