निर्णय नं. ४२१८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२१८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: माघ अंक: १० फैसला मिति :२०४७/०३/०५ २५२८ निर्णय नं. ४२१८ ने.का.प. २०४७ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको रिट नं. ६६६ आदेश भएको मिति : २०४७।३।५।३ मा निवेदक : जि.प्र.का. रोल्पाबाट सेवामुक्त प्र.ना.नि. अर्जुनसिं पाण्डे विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय सिंहदरबारसमेत विषय : उत्प्रेषण (१) अघि नसिहत दिएको भन्ने आधार देखाइएमा सो पछि निजको बढुवा समेत भइसकेको देखिएकोले सो आधार कानुनी नदेखिने । (प्रकरण नं. ९) (२) मुद्दा मामिला तथा झै झगडामा आर्थिक लाभ उठाउने गरेको भए भ्रष्टाचार गरेको प्रमाणित हुने सबूद पुर्याउन नसकिने भए के कुन मुद्दा मामिला तथा झै झगडामा के कस्तो सम्बन्ध राखेको सो देखिने सम्मको वस्तुगत तथ्य देखाउनु पर्ने । (प्रकरण नं. ९) (३) विश्वस्त सुत्रको हवाला दिंदै भ्रष्टाचार गरेको भनी आधार लिई नोकरीबाट हटाएकोमा प्रहरी ऐन, २०१२ को दफा १० र प्रहरी नियमावली, २०३३ को नियम ९(१) मा व्यवस्था भए बमोजिम उचित र पर्याप्त कारण रहेको भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.हिरण्येश्वरमान प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक २०२९ सालमा प्रहरी कन्स्टेबल पदमा शुरु नियुक्ति पाई पटक पटक पदोन्नति भई २०४३ सालमा प्रहरी सहायक निरीक्षक पदमा बढुवा भई सेवा मुक्त हुनु अघि जि.प्र.का. रोल्पामा कार्यरत थिएँ । २०४६।२।१९ मा महानिरीक्षकज्यूबाट अनायास मलाई मुद्दा मामिलामा र झै झगडामा आर्थिक लाभ उठाउने भ्रष्ट आचरण भएको भन्ने विश्वस्त सुत्रबाट थाहा हुन आएको भनी प्रहरी नियमावली, २०३३ को नियम ९(५) को (ङ) र (छ) बमोजिमको कसूर गरेको आरोप लगाई ऐ.नियम ९(१)(च) को आधारमा भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी नोकरीबाट किन नहटाउने भनी स्पष्टीकरण सोधिएकोमा म निवेदकले आफू जिन्सी शाखातर्फ कार्यरत भएको र मुद्दा मामिलामा आर्थिक लाभ नउठाएको हुँदा मलाई आरोपित कसूरमा सजायँ हुन नसक्ने भनी मिति २०४६।२।२५ मा स्पष्टीकरण पेश गरेको थिएँ । मेरो स्पष्टीकरणको कुनै वास्तै नगरी २०४६।३।१८ मा विपक्षी प्रहरी महानिरीक्षकले स्पष्टीकरण सन्तोषजनक नभएको भनी विश्वस्त सुत्र कै हवाला दिई मुद्दा मामिलामा आर्थिक लाभ उठाई भ्रष्ट आचरण भएको भनी प्रहरी नियमावली, २०३३ को नियम ९५ को देहाय (ङ) र (छ) को कसूरमा ऐ.नियमावलीको नियम ९(१०) ४ को (ग) को अधिकार प्रयोग गरी ऐ.नियमावलीको नियम ९(१)(च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी प्रहरी सेवाबाट हटाई दिने निर्णय भएकोमा गृह मन्त्रालयमा पुनरावेदन दिंदा ०४६।५।४ को निर्णयानुसार भनी ०४६।३।१८ को प्रहरी प्रधान कार्यालयबाट खडा भएको निर्णय नै कायम गर्ने गरी निर्णय भएको भनी २०४६।५।६ मा मलाई जानकारी दिइयो । नियमावलीको नियम ९.१ मा उचित र पर्याप्त कारण भएमा नोकरीबाट हटाउन सकिने व्यवस्था छ । मलाई गम्भीर आरोप लगाइएको छ । तर पुष्टि गर्न सकिएको छैन । यस्तो अवस्थामा मलाई सेवाबाट हटाउने निर्णय प्रहरी ऐन, २०१२ को दफा १० तथा नियम ९.६.३ समेतको प्रतिकूल भई त्रुटिपूर्ण हुँदा बदरभागी भई मेरो संवैधानिक, हक हनन भएको र उपचारको अ