निर्णय नं. ४२०० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२०० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०९/०७ २५८१ निर्णय नं. ४२०० ने.का.प. २०४७ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.पू.इ. नम्बर ६५ आदेश भएको मिति: २०४४।९।७।३ मा निवेदक : राजविराज न.पं. वा.नं. ४ बस्ने सूर्यनारायण दाश विरुद्ध विपक्षी : दुग्ध विकास संस्थान, प्र.का.काठमाडौं विषय : उत्प्रेषण (१) संस्थान ऐन, २०२१ को दफा १० मा भएको व्यवस्था अनुसार संस्थानको उचित प्रबन्ध र सुसंचालनको निमित्त मात्र श्री ५ को सरकारले आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो उचित प्रबन्ध सुसंचालनको निमित्त दिइएको निर्देशनको मात्र पालन गर्नुपर्ने कर्तव्य संस्थानहरु उपर तोकिएको देखिने । (प्रकरण नं. ११) (२) संस्थानको बजेट, कर्मचारी संख्या र क्षमता आदिको विचार गरी कस्तो कर्मचारी राख्ने, कति संख्यामा राख्ने र कस्तो योग्यता भएको कर्मचारी राख्ने भनी त्यस्ता संस्थान आफैंले निर्णय गर्ने, संस्थानको उचित प्रबन्ध र सुसंचालनको लागि बाहेक कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, बर्खास्ती आदि विषयमा श्री ५ को सरकारले कुनै निर्देशन दिने र संस्थानले यस्तोलाई पनि उचित प्रबन्ध र सुसंचालनको लागि दिइएको निर्देशन हो भनी मान्न बाध्य हुनुपर्ने संस्थान ऐन, २०२१ को दफा १० को व्यवस्थाबाट नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुड्डाना विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. रुलिङ बाझिएको भनी संयुक्त इजलासबाट निर्णय भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक २०३३।३।१२ को नियुक्ति अनुसार सगरमाथा धान चामल निर्यात कम्पनी लि.मा ग्रेडर पद तह ५ मा कार्यरत कर्मचारी हुँ । योग्यताको हकमा निवेदकले एस.एल.सी. का अतिरिक्त एप्लाइड साइन्स एण्ड टेक्नोलोजी क्याम्पस धरानमा २ वर्ष अध्ययन गरी फुड टेक्नोलोजीमा प्रमाणपत्र समेत प्राप्त गरेको छु । यसका अतिरिक्त सेवा कालमा नै खाद्य अनुसन्धान शाखा हेटौंडामा खाद्यान्न संचय तथा स्तर निर्धारण तथा विश्लेषण सम्बन्धी तालीम समेत विशिष्टता साथ पूरा गरेका हुँ । फुड टेक्नोलोजीको अध्ययन कालमा डेयरी टेक्नोलोजी (५ क्रेडिट) समेत अध्ययन गरेको हुँ, जुन ट्रान्सफिट समेतबाट पनि समर्थित छ । उल्लेखित धान चामल कम्पनीलाई लिक्वीडेशनमा पठाउने श्री ५ को सरकारको मिति ०४१।९।६ को र श्री ५ को सरकारकै धान चामल निर्यात कम्पनीका कर्मचारीहरुलाई अन्य संस्थानहरुमा सरुवा गर्ने भनी ०४०।३।१७ को निर्णयानुसार सगरमाथा धान चामल निर्यात कम्पनी लि.(इन लिक्वीडेशन) सरकारी लिक्वीडेटरको कार्यालय, विराटनगरका सरकारी लिक्वीडेटर श्री विक्रमजीत निरौलाज्यूले म निवेदकलाई २०४२।२।२१ गतेमा दुग्ध विकास संस्थानमा हाजिर हुने गरी रमानापत्र दिनु भएको थियो तदनुरुप २०४२।२।२१ मा नै उक्त संस्थानमा स्वयं उपस्थित भई हाजिर गराई पाउँ भन्ने व्यहोराको निवेदन दर्ता नं. ५५३८ मा दर्ता गराएको थिएँ । उक्त रमानापत्र बमोजिम हाजिर नगराई म निवेदकको आवश्यक न्यूनतम योग्यता नमिलेको भनी विपक्षी संस्थानले सरुवा फिर्ता पठाई दिएकोमा ०४२।५।१७ को पुनः अर्को रमानापत्र प्राप्त भएकोले तदनुरुप हाजिर हुन जाँदा समेत हाजिर नग