निर्णय नं. ४१९४ - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९४ - बकसपत्र बदर भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०२/०३ २३४७ निर्णय नं. ४१९४ ने.का.प. २०४७ अङ्क ८ पूर्णइजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको दे.पू.ई.नं. ७९ फैसला भएको मिति: २०४७।६।२।३ मा पुनरावेदक/प्रतिवादी : जि.स.हनुमाननगर गा.पं. वा.नं. ४ बस्ने वासुदेवप्रसाद साहु सुडी विरुद्ध विपक्षी/वादी : राजविराज न.पं.वा.नं. १ बस्ने स्व. चादमलको हकवाला र आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने चम्पालाल दुगडसमेत मुद्दा : बकसपत्र बदर (१) रुलिङ बाझियो भनेको मुद्दाको तथ्य प्रस्तुत मुद्दाको तथ्यसंग फरक परेको र लिखत बदर मुद्दामा बिक्री भएको सम्पत्ति सगोलको भन्ने प्रमाणको भार सो जिकिर लिने वादी उपर सुम्पिएको र प्रस्तुत मुद्दामा निजी हो भन्ने कुराको प्रमाणको भार सो जिकिर लिने प्रतिवादी उपर सुम्पेको देखिँदा दुई बेगला बेगलै निर्णय बिन्दू बनाई अलग अलग विषयवस्तुमा दुवै संयुक्त इजलासबाट अलग अलग निर्णय भएको देखिँदा रुलिड्ड बाझिएको भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री पवनकुमार ओझा फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत नियमावली, २०२१ अनुसार रुलिङ बाझिएको भनी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. म वादी चन्द्रमलको ४ छोरा जेठा पुनम चन, माहिला चम्पालाल साहिला पुखराज कान्छो हनुमान मल हुन, पुनमचन परलोक भई निजको हक खाने छोरा म वादी राजकिरण हुँ प्रतिवादी हनुमान मल पुसराज म चन्दमलको छोरा हुन म चम्पालालको भाइहरु म राजकिरणको काकाहरु हुन । हामी ५ जना बाबुछोरा नाती सबै सगोलमा बसी रही आएको घरको मुख्य बाबु दाजु भतिजा समेतलाई थाहा नदिई सगोलबाट आर्जिएको सम्पत्ति मध्ये हनुमानमल दुगडका नाममा दर्ता रहेको जिल्ला सप्तरी गा.पं. हनुमान नगर वडा नं. २ को कि.नं. १४६ को ०–२–४, ऐ.वडा नं. २ कि.नं. १४९ को ०–६–०, जिल्ला सप्तरी गा.पं. कंचनपुर वडा नं. ४ कि.नं. ३८४ को ०–१९–६ समेत जम्मा ज.वि. १–७–८ जग्गा रु. ५६००।– मा विपक्षी बासुदेवप्रसाद सुडीलाई मिति २०३७।५।४ मा मालपोत कार्यालय, सप्तरीमा बकसपत्र रजिष्ट्रेशन पारीत गरी दिएको, सो कुरा मिति २०३८।५।२ गतेमा प्रमाणका मानिसद्वारा थाहा पाई मिति २०३८।६।२ मा नक्कल लिई उक्त जग्गा १–७–८ मध्ये हामीहरुको ५ भागको ३ भाग मोल रु. ३३६०।– को ज.वि. ०–१६–१४–११ सोर कठ्ठा चौध धुर एघार कनुवाको बकसपत्र लिखत बदर गरी हामीहरुको नाममा दर्ता कायम गरी पाउँ भन्ने वादी । ३. यिनै वादी चन्दमलले म उपर लेनदेन मुद्दा दिएको सो को बिगो भरी पाउने फैसला समेत भइसकेका चन्दमलले बिगो दिलाई पाउँ भनी निवेदन म उपर दिएको, मेरो नाम दर्ताको जिल्ला स., गा.पं. हनुमान नगर वडा नं. २ कि.नं. १४६ को ०–२–४ को कि.नं. १४९ को ०–९–८ का कि.नं. ४९ को ०–३–८ गा.पं. कंचनपुर वडा नं. ४ कि.नं. २७२ को ०–१५–० ऐ.वडा नं. ५ कि.नं. ९९ को ०–१७–१५ समेत ज.वि. १–११–६ प्रतिवादी हनुमानमलले सकार गरी आफ्ना नाममा दाखिल खारेज समेत गराएको उक्त जग्गा १–११ सगोलको आर्जनको सम्पत्ति नभई निजी आर्जनको जग्गा हो । स्वआर्जनका जग्गा हुँदा संगै साथ बसेको मन्जूरी लिन पर्दैन भन्ने किटानी कानुनी व्यवस्था हुँदा मेरा नामको उक्त बकसपत्रको लिखत र दर्ता बदर हुनु पर्ने होइन वादी दावी खारेज गरिपाउँ भन्ने समेत वासुदेवप्रसाद साहुको प्रतिउत्तरपत्र । ४. प्रतिवादी हनुमानमल दुगड र पुखराजको नाम