निर्णय नं. ४२०१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२०१ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४४/०९/०७ २५८२ निर्णय नं. ४२०१ ने.का.प. २०४७ अङ्क ९ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रिट पू.ई.नं. ६४ आदेश भएको मिति : २०४४।९।७।३ मा निवेदक : जि.सिराहा वस्तीपुर गा.पं. वा.नं. ९ बस्ने हरिनारायण शाह विरुद्ध विपक्षी : शाही औषधि लिमिटेड प्र.का. काठमाडौंसमेत विषय : उत्प्रेषण (१) जुन ऐन बमोजिम स्थापित संस्था हो सो संस्थाको हक, अधिकार र दायित्वको सन्दर्भमा अन्यथा व्यवस्था भएको बाहेक सोही ऐन लागू हुने हुँदा कम्पनी ऐन बमोजिम स्थापित विपक्षीको लागि संस्थान ऐन, २०२१ आकर्षित नहुने । (प्रकरण नं. १०) (२) प्रत्येक सरकारी कम्पनीले सम्बन्धित विभागले दिएको आदेश तथा निर्देशनको पालन गर्नुपर्छ भन्ने उल्लेख भएको विवादमा विपक्षीको नाममा निर्देशन पनि दिएको नदेखिँदा विवादित निर्णय पालन गर्न विपक्षी बाध्य छ भनी मान्न नमिल्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुड्डाना विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. रुलिङ बाझिएको भनी संयुक्त इजलासबाट निर्णय भई सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम यस इजलासको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. म निवेदक मिति ०३२।११।१ को नियुक्ति अनुसार मेची धान चामल निर्यात कम्पनी लिमिटेडमा तह ६ को पदमा अनवरत सेवा गर्दै आएको कर्मचारी हुँ । उल्लेखित कम्पनी लिक्वीडेशनमा पठाउने श्री ५ को सरकारको मिति ०४१।९।१७ को निर्णय र श्री ५ को सरकारको धान चामल कम्पनीका कर्मचारीहरुलाई अन्य संस्थानहरुमा सरुवा गर्न भन्ने मिति ०४०।३।१७ को निर्णयानुसार मेची धान चामल निर्यात कम्पनी लि. (ईन लिक्वीडेशन) सरकारी लिक्वीडेटरको कार्यालय विराटनगरका सरकारी लिक्वीडेटर श्री विक्रम जित निरौलाले मिति ०४२।२।१४।२ देखि शाही औषधि लिमिटेडमा हाजिर हुने गरी रमाना हुन म निवेदकलाई मिति ०४२।२।९ को रमाना पत्र दिनु भएको थियो । तदनुरुप ०४२।२।१४।२ मा उल्लेखित शाही औषधि लिमिटेडमा हाजिर हुन पर्नेमा बिरामी पर्दा डाक्टरको सर्टिफिकेट सहित मिति २०४२।३।२५ मा हाजिर गराई पाउँ भन्ने व्यहोराको निवेदन सोही शाही औषधि लिमिटेडमा द.नं. ४८६५ मा दर्ता गराएको थिएँ । यसरी हाजिर गराई पाउँ भनी निवेदन दिएपछि म निवेदक कार्यालय खुलेको दिन दिनहुँ जसो कहिले शाही औषधि लिमिटेड र कहिले वन सचिव समक्ष पुगी मेरो नोकरी अलमलमा पर्न थाल्यो कृपया छिटो हाजिर गराई पाउँ भनी अनुनय विनय गर्दै रहेकोले दरबन्दी सृजना गर्ने बारे अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखामा दरबन्दी स्वीकृतिका लागि माग गरी पठाएको छ भन्ने र कहिले तपाईलाई हाजिर गराउन नमिल्ने बारे तपाइकै धान चामल कम्पनीलाई बोधार्थ दिई सकेको छ भन्ने यस किसिमको हचुवा र मौखिक जवाफ दिइएकोमा यसै सिलसिलामा संस्थान समन्वय महाशाखा र मेची धान चामल कम्पनीको कार्यालय समक्ष गई बुझ्दा त्यहाँका सम्बन्धित अधिकृतहरुले श्री ५ को सरकारको मिति ०४०।३।१७ को निर्णयमा नै विशेष दरबन्दी सृजना गर्ने किटानी व्यवस्था भएकोले यी कार्यालयबाट केही हुँदैन त्यही हाजिर हुन जानोस भन्ने जवाफ दिएकोमा पुनः शाही औषधिमा आई सम्पर्क गर्दा यहाँबाट हुँदैन दरबन्दी छैन भन्ने जवाफ द