निर्णय नं. ४२१९ - नामसारी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२१९ - नामसारी दर्ता बदर भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४३/०४/३१ २३६० निर्णय नं. ४२१९ ने.का.प. २०४७ अङ्क ११ पूर्णइजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४१ सालको दे.फु.नं. ७५ फैसला भएको मिति : २०४३।४।३१।६ मा निवेदिका/प्रतिवादी : का.न.पं. वा.नं. ३३ बस्ने मैयाँ नानीदेवी जोशी विरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. २३ बस्ने सानुबाबा जोशीसमेत मुद्दा : नामसारी दर्ता बदर (१) हक कायम मुद्दाबाट वादीहरु सम्पत्तिको हक खाने हकदार नठहरी फैसला भइसकेपछि हामी पनि हक खाने हकदार हौं भनी प्रतिवादीले आफ्नो नाउँमा एकलौटी दर्ता गराएको बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न नसक्ने । (प्रकरण नं. १५) निवेदिका/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुड्डाना, विद्वान अधिवक्ता श्री कुलराज गुरुघराना विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह, विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.पृथ्वीबहादुर सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३९।८।२४।४ मा फैसला भएको उपरोक्त मुद्दा, फुलबेञ्चबाट दोहर्याई पाउँ भन्ने निवेदिका मैयाँ नानीदेवी जोशीको श्री ५ महाराजाधिराजका हजूरमा बिन्तिपत्र परेकोमा “यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजनबेञ्चबाट छिनिएको बिन्तिपत्रमा लेखिएको नामसारी दर्ता बदर मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु” भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम बक्स भई आए बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. हामीहरुको पति तथा बाबा शन्तलाल जोशी हुनुहुन्थ्यो वहाँका जेठी पत्नी म सानु बाबा माहिली सानु मैयाँ भन्ने देवकुमारी र कान्छी ल्याइती विपक्षी हुन्, जेठी सानु बाबातर्फ आमा छोरा हामी फिरादी, माहिली देवकुमारी परलोक भई निजतर्फका छोरा निर्मललाल १ मात्र छन । विपक्षीतर्फ जायजन्म भएको छैन । हाम्रो बाबा तथा पति शन्तलालले देवकुमारी तर्फका छोरा निर्मललाललाई ०१७ सालमा र हामी फिरादीलाई ०१९ सालमा केही सम्पत्तिको हक छाडी अलग गराई दिनु भएको भए पनि बाबासंग भएको सबै सम्पत्ति रीतपूर्वक पूरा भाग पाइसकेका थिएनौ, सो कुरा ०१९ सालको छोडपत्र कागजले प्रष्ट गर्दछ । बाबा शन्तलाल बिरामी भएबाट वहाँले अघि तिमीहरुलाई अंश भनी मैले घर जग्गा छोडपत्र गरी दिए पनि नगदी तथा असामी म साथै रहेको जग्गा पनि अचल म जिम्मा रहेकोले थप दिउँला भनेको मेरा शेषपछि मेरा नामको सबै श्रीसम्पत्ति तिमी चारै जनाले बराबर बाँडी खानु भनी विपक्षी र निर्मल तथा हामी समेतलाई भन्नु भएको थियो, त्यसका ३ दिन पछि ०३१।२।२४ गते शन्तलाल परलोक हुनुभयो । वहाँको इच्छालाई विपक्षीले स्वीकार गरी वहाँको काजकृयावाद वहाँका नाममा रहेका जग्गा नामसारी गर्नलाई अंशियार जम्मा ४ जनाको प्रमाणित गरी पाउन प्र.जि.अ. कार्यालय काठमाडौंमा ०३१ आषाढमा निवेदन ग¥यौ । जस अनुसार प्र.जि.अ. बाट चारै जनाको नाम प्रमाणित गरिदिएको छ । त्यसपछि ने.बैंक लि. काठमाडौं मार्फत प्राप्त मलंगवा बैंकको ड्राफ्ट नं. ३७।३११ मिति २।२।०३१ को टि.टि. रकम रु. ४,०००।– सोही प्रमाण पेश गरी म पुरुषोत्तमलालले झिकी ल्याएको र हाम्रो पति तथा पिताका नाममा रहेको सर्लाही ज