निर्णय नं. ४१९५ - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९५ - उत्प्रेषण, परमादेश भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०८/१२ २५२१ निर्णय नं. ४१९५ ने.का.प. २०४७ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४६ सालको रिट नम्बर ७९९ आदेश भएको मिति : २०४७।८।१२।४ मा निवेदक : का.न.पं. वा.नं. ११ बस्ने अशोकमान सिं बनिया विरुद्ध प्रत्यर्थी : श्री महाप्रबन्धक हिमाल सिमेण्ट कम्पनी लिमिटेड, चोभारसमेत विषय : उत्प्रेषण परमादेश (१) कुनै पद आवश्यक नभएको भनी निर्णय भएको छ भने सो कारण उचित र मनासिब हुनुको साथै सो कारण तथ्यमा आधारित हुनुपर्छ, तथ्यरहित कारणको कुनै औचित्य नहुने । (प्रकरण नं. १०) (२) कुनै कर्मचारीको नोकरीको विषयमा निर्णय गर्दा असल नियतले सदासयपूर्वक गरिनु पर्ने । (प्रकरण नं. १०) (३) विसंगतिको अवस्थामा मितव्ययिताको जुन कारण देखाई निवेदकको पदलाई खारेज गरेको छ सो पदको खारेजीको कुनै औचित्यपूर्ण आधार नभई अनुचित देखिन आएकोले पद खारेज गर्ने भएको निर्णयलाई सदासयपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल, विद्वान अधिवक्ता श्री प्रकाशमणि शर्मा प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदक १९६६ मा चीनबाट सिमेण्ट टेक्नोलजिकल इन्जिनीयरिङ विषयमा स्नातक गरी आई २०२३ सालमा खानी विभाग अन्तर्गत सिमेन्ट टेक्नोलजिष्टमा ज्यालादारी नियुक्त भई २०२५ साल आश्विनमा स्थायी भयो । यही सेवाकालमा पश्चिम जर्मनीमा गई सिमेण्ट उत्पादन र प्रोसेस कन्ट्रोलमा १९६९–७० सम्म १४ महीनाको तालिम पाएको छ । २०३१।३।२७ देखि हिमाल सिमेन्ट कं.प्रा.लि. को प्रयोगशाला प्रमुख पदमा सरुवा बढुवा भई सेवा गर्दै आएको थिएँ । निवेदकले १९७९ मा एसियन प्रडक्टिभिटी अर्गनाइजेशन जापानबाट इण्डष्ट्रियल सिष्टम इन्जिनीयरिङ विषयमा १० हप्ताको तालिम र १९८० मा एसियन प्रोडक्टिभिटी अर्गनाइजेशनबाट संचालित इनर्जी कन्जरभेशन इन सिमेण्ट म्यानुफैक्चिरिड्ड विषयक रिजनल सेमिनारमा १९८१, १९८३ मा पनि अन्तर्राष्ट्रिय स्तरमा संचालित सिमेन्ट उत्पादन सम्बन्धी गोष्ठीहरुमा भाग लिई उच्च प्राविधिक ज्ञान हासिल गर्ने मौका प्राप्त भयो । २०३९ सालमा क्वालिटी कन्ट्रोल मैनेजर प्रथम श्रेणीमा पदोन्नति, २०४४ सालमा डिपुटी जनरल मेनेजर विशिष्ट श्रेणीमा पदोन्नति गरियो । रिसर्च डेभलपमेन्ट एण्ड कर्पोरेट एक्सटेन्सनको लागि नायब महाप्रबन्धकको पदमा बहाल रहेकै अवस्थामा म वहाल रहेको उक्त पद कम्पनीको आर्थिक स्थिति र क्षमताको कारणले मितव्ययिता समेत अपनाउनु पर्ने आवश्यक भएकोले हिमाल सिमेण्ट कम्पनी लिमिटेडको कार्यविधि नियमावली, २०४५ परिच्छेद १४ को नियम १४.२(अ) अनुसार खारेज गर्ने र पद खारेज नै भएकोले मलाई सेवाबाट अवकाश दिने कम्पनीको संचालक समितिको मिति २०४६।५।१३ मा बसेको ४८६ औं बैठकले निर्णय गरेको हुँदा जानकारी दिएको छ भन्ने व्यहोरा उल्लेख भएको ०४६।५।२० प.सं. ०४६।४७ च.नं. ३६५ को पत्र दिइयो । ३. निवेदकले वर्षौको अनुभव अध्ययन र तालिमबाट हासिल गरेको विशिष्ट ज्ञान पद सापेक्ष नभई सिमेन्ट उत्पादनको सर्वाड्डिण प्रकृयाको लागि नै आवश्यक पर्ने हो । हिमाल सिमेन्ट कम्पनी लिमिटेडको कार्यविधि नियमावली, २०४५ को परिच्छेद १४ को नियम