निर्णय नं. ४२२० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२२० - जग्गा खिचोला भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/१०/०१ ३६६६ निर्णय नं. ४२२० ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०४७ सालको दे.वि.नं. ७३ फैसला भएको मिति : २०४७।१०।१।३ मा पुनरावेदक/प्रतिवादी : जि.कन्चनपुर सुखाताल बस्ने जंजाली टमाटो विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बली भद्र अवस्थी मुद्दा : जग्गा खिचोला (१) नापी र जग्गाधनी प्रमाण पुर्जा समेतबाट जग्गा भित्रै विवादित जग्गा परेको देखिन आएकोले सो मा खिचोला गरेको ठहर्‍याएको शुरु जिल्ला अदालत अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।११।१७।२ को निर्णय उपर इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र. बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०३९।११।४ मा लुडके भन्ने धनबहादुर सुनारका नाउँमा दर्ता भएको साविक मुजेला गा.पं. वा.नं. २, कि.नं. १३, ज.वि. २–१९–० को जग्गा रु. २५,०००।– तिरी मैले राजीनामा रजिष्ट्रेशन पारीत गराई जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरी भोगचलन गरी आएको, उक्त जग्गाको उत्तरतर्फ लगभग १ बिगहा जग्गामा जोत्न बाँकी भएकोमा २०४२ साल ज्येष्ठ २० गते विहान ७ बजे खेतमा जाँदा उत्तर सीमानामा मेरो जग्गाको साँधवालाले जोत्न बाँकी रहेको १ विगहा मध्ये आधा बिगहामा उत्तरपट्टि जोत्न लागेको देखी किन मेरो जग्गा जोत्न लागेको भनी सोधनी गर्दा यो जग्गा मेरो जग्गा भित्र पर्दछ अबदेखि तिमीलाई चलन गर्न दिने होइन भनी भनेबाट मैले राजीनामा गराई लिएको र कृषि विकास बैंकमा धितो समेत राखेको जग्गा तपाइको कसरी भयो भन्दा बढी कुरा नगर नराम्रो होला भनी विपक्षीले धम्की समेत दिई अन्याय गरी मेरो हक भोगको आधा बिगहा जग्गामा खिचोला गरी मकै र धान लगाइएको हुँदा जग्गा मिच्नेको १० नं. बमोजिम सो जग्गाको बाली रोक्का राख्न लगाई विपक्षीले जग्गा मिच्नेको १ नं. अन्तर्गतको कसूर गरेको हुनाले मैले राखेको कोर्टफी सहितको अन्य दस्तूर समेत दिलाई भराई गैरकानुनी खिचोला मेटाई जग्गा मिच्नेको १४ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत बलीभद्र अवस्थीको मिति २०४२।४।२८ को फिरादपत्र । ३. विपक्षीको सम्पूर्ण फिराद दावी झुठ्ठा काल्पनिक एवं तथ्यहीन हो । सो अनुसारको कार्य मबाट भए गरेको छैन । ०४२।२।२० गतेका दिन कथित खिचोला गरेको भन्ने खेतमा मैले खिचोला गरेको छैन । उक्त दिन मेरो विपक्षीसंग भेटघाट र भनाभन समेत केही भएको छैन । मैले जिल्ला कञ्चनपुरको सुकासाज तीन तराइमा २०२७ साल देखि नै कसैको हकभोग चलनको नभई सरकारी ऐलानी जग्गा आवाद गरी अं. १–२–० जग्गामा घर वस्ती बनाई बसोवास गरी आएकोमा २०३९ सालमा नापी हुँदा म घरमा नभएको र मेरो सो भोगचलनको सम्पूर्ण जग्गा मेरो नाउँमा नाप नक्शा नभई केवल ०–८–२ जग्गा मात्र साविक भूजेला प्लट नं. २(ख) कि.नं. ११२ परी मेरा नाउँमा नाप नक्शा भई फिल्डबुक समेत कायम भएकोमा मेरो श्रीमतीले मेरो नाउँको सम्पूर्ण जग्गा नाप नक्शा होस भनी मिति ०३९।२।३१ मा क्षेत्रीय बसोवास कार्यालय कञ्चनपुरमा हुलाकद्वारा रजिष्ट्री गरी निवेदन दिएकी र सम्पूर्ण जग्गा मेरा नाउँमा नाप जाँच नभएबाट नाप नक्शा भएको जग्गाको समेत जग्गाधनी प्रमाण पुर्जा समेत लिएको छैन । सो सम्पूर्ण ज.वि. १–२–० जग्गा २०२७ सालदेखि निरन्तर मेरै भोगचलनमा र