निर्णय नं. ४२०२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२०२ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/१०/१८ २९३९ निर्णय नं. ४२०२ ने.का.प. २०४७ अङ्क ९ पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको रि.पु.ई.नं. ४४ आदेश भएको मिति : २०४५।१०।१८।३ मा निवेदक : का.न.पं. वा.नं. २८ बस्ने कृष्णसुन्दर मल्ल विरुद्ध विपक्षी : संचालक समिति, रा.स.स.के.का. काठमाडौंसमेत विषय : उत्प्रेषण (१) राष्ट्रिय समाचार समितिले आफ्नो कर्मचारीको सम्बन्धमा विभागीय कारवाही गर्दा लोक सेवा आयोगद्वारा स्वीकृत सामान्य सिद्धान्तमा उल्लेख भए बमोजिमको कार्य विधि अवलम्बन गर्नु पर्ने । (प्रकरण नं. १६) (२) सजायँ दिनुभन्दा अघि सर्वप्रथम कारवाही गर्न लागिएको सम्बन्धमा सूचना दिई स्पष्टीकरण माग्नु पर्ने र त्यस्तो स्पष्टीकरण प्राप्त भइसकेपछि सजायँ समेत प्रस्तावित गरी उक्त सजायँ किन दिनु नपर्ने हो सो सम्बन्धमा अर्को स्पष्टीकरण माग्नु पर्ने । (प्रकरण नं. १६) (३) कारवाही गर्न लागिएको सम्बन्धमा दफा ८(क) बमोजिम र सजायँ गर्ने सम्बन्धमा ८(ग) बमोजिम बेग्लाबेग्लै स्पष्टीकरण माग्नु पर्ने । (प्रकरण नं. १६) (४) बाध्यात्मक रुपमा अवलम्बन गर्नु पर्ने कानुनी प्रकृयाको अवलम्बन नगरी सफाई पेश गर्ने मौकाबाट वञ्चित गरी भविष्यमा समितिको नोकरीको निमित्त साधारणतः अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त गर्ने गरी गरेको राष्ट्रिय समाचार समितिको संचालक बोर्डको निर्णय तथा सोही निर्णयलाई सदर गर्ने गरी गरेको पुनरावेदन निर्णय समेत त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई, विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म निवेदक ०३९।५।२८ देखि रा.स.स. मा स्थायी नियुक्त भई २ पटक बढुवा भई हाल अभिलेख अधिकृत पदमा कार्यरत थिएँ । यसै बीच मलाई पोखरा सरुवा गरियो तर बिरामी परेको कारणले तत्कालै जान सकिन सो कुराको जानकारी केन्द्रीय कार्यालयलाई दिएको थिएँ । पछि पोखरा जाँदा हाजिर हुन दिइएन पुनः केन्द्रीय कार्यालयमा आएँ त्यहाँ पनि हाजिर हुन दिइएन । यसरी हाजिर नगराएको तर्फ मेरो रिटनिवेदन परी कारण देखाउ आदेश जारी भइसकेपछि विभिन्न रोष देखाई ०४१।१०।५ मा स्पष्टीकरण माग गरियो सो सम्बन्धमा मैले मौकैमा जवाफ दिएको थिएँ । २०४०।११।२ देखि कार्यालयमा अनुपस्थिति रहेको पूर्व स्वीकृति बेगर इनाप (साप्ताहिक) पत्रिका संचालन गराउने व्यवस्था गर्दै आएको र पेश गरेको चिकित्सकको प्रमाणपत्रमा दैनिक उपचार गर्नु परेको वा पूर्ण आराम गरी बस्नु पर्ने वा अस्पताल भर्ना हुनु पर्ने भन्ने जस्ता व्यहोरा स्पष्ट खुल्न नसकेको आधार देखाई मिति ०४१।१०।८ को संचालक समितिले बर्खास्ती गर्ने गरेको निर्णयको जानकारी विपक्षी आदित्यध्वज जोशीले दिनु भयो । उक्त बर्खास्तीको निर्णय उपर संचार मन्त्रालयमा पुनरावेदन गरेकोमा संचालक समितिको निर्णयलाई नै सदर गरेको जानकारी ०४२।८।१२ मा दिइयो । लो.से.आ. द्वारा स्वीकृत संस्थानमा नियुक्ति बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ११ को दफा ८(क) र ८(ग) बमोजिम सफाई पेश गर्ने मौका र स्पष्टीकरण माग गर्नु पर्ने व्यवस