निर्णय नं. ४२२१ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२१ - परमादेश भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/०८/१८ २४९८ निर्णय नं. ४२२१ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रिट नं. ५५८ आदेश भएको मिति: २०४७।८।१८।३ मा निवेदक : काठमाडौं बस्ने रेवतीरमण तिमिल्सीना विरुद्ध विपक्षी : विराटनगर भन्सार कार्यालय, विराटनगरसमेत विषय : परमादेश (१) कृषि सम्बन्धी किटनाशक औषधिलाई मात्र सीमित गर्न खोजेको भए सोही कुरा स्पष्ट उल्लेख हुनु पर्ने सो नभई अन्य वस्तुहरुको विवरणमा साथै किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधि भनी उल्लेख गरेबाट सबै किसिमका किटनाशक औषधिमा अतिरिक्त भन्सार नलाग्ने देखिँदा निवेदकले आयात गरेको ईन्सेक्टी साईट, एन्टीमास्कीटो क्वायल, एण्टीमास्कीटो टेवलेट्स र सि.सि.डी.एन. मा भन्सार कार्यालय विराटनगरले २५% प्रतिशत थप अतिरिक्त भन्सार महसूल तथा ५% प्रतिशतले बिक्रीकर समेत लगाएको कानुनको प्रतिकूल हुँदा उक्त लगाएको अतिरिक्त भन्सार तथा बिक्रीकर निर्धारण उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. श्री ५ को सरकार वाणिज्य विभागबाट नं. सि.डि.वि.ए. आई.यु.बी.ई. । १–१२६७८।०४४ ता. २८ अप्रैल १९८८ को आयात इजाजतपत्र प्राप्त गरेको र सो इजाजतपत्रको मालको विवरण महलमा ईनस्केटी साईड (सिसिसियन ३८–११ बी.एन्टी मास्कीटो क्वायल्स, एन्टी मास्कीटो टेबलेटस र लोसन) भन्ने समेत उल्लेख भएकोले सो बमोजिमको माल आयात गर्नलाई निवेदकले एल.सी. खोली ओसाका जापानको किंग केमिकल्स कं.लि. बाट ईन्सेकटी साईड एन्टी मास्कीटो टेबलेट्स २२०८० बाकस खरिद गरी आयात गरेको र सो माल विपक्षी नं. १ मा आई पुगे पछि बैंकबाट प्राप्त डकुमेण्ट इन्भ्वायस अनुसार माल वस्तुको विवरण र त्यसको मूल्य समेत खुलाई मिति २०४५।४।३० मा प्रज्ञापन पत्र भरी विपक्षी नं. १ मा पेश गरेकोमा विपक्षी नं. १ को आदेशानुसार भन्दै बिल मूल्यलाई मान्यता दिई त्यसमा भन्सार दरबन्दीको संकेत नं. ३८ अनुसार ५ प्रतिशतले सो भन्सार महसुल १३५०६।३५ निर्धारण गरी सकेपछि विपक्षी नं. २ को निर्देशन तथा परिपत्र बमोजिम २५% ले अतिरिक्त भन्सार महसूल रु. ६७,५३१।७५ समेत लगाई बिक्रीकर प्रयोजनको लागि सो साधारण भन्सार महसूल रु. १३,५०६।३५ तथा अतिरिक्त भन्सार महसूल रु. ६७,५३१।७५ समेतलाई मालको मूल्य रु. २,७०,१२६।१२ मा जोडी रु. ३,५१,१६५।१० कायम गरी त्यसमा ५% ले बिक्रीकर रु. १७,५५८।२५ समेत लगाई जम्मा भन्सार महसूल दर विक्रीकर रु. ९८,५९६।३५ असूल गरी सोही मितिमा सामान छोडेकोले निवेदकलाई सा¥है अन्याय पर्न गएको र निवेदक २०४५ साल भाद्र १६ गते देखि अशक्त बिरामी भई सोही अवस्था देखि लगातार डाक्टरको औषधि उपचार गराई रहेको सो सर्टिफिकेट तथा प्रेस्कृप्सन समेत साथै छ । ३. निवेदकले प्राप्त गरेको उक्त आयात इजाजतपत्रमा इन्सेक्टीसाइड (सि.सि.सि. एन ३८.११ डि.एन्टी मस्कीटो क्वायल्स, एन्टीमस्कीटो टेबलेटस र लोसन) भन्ने उल्लेख भएको र सि.सि.सि.एन ३८.११ मा Disinfectants, Insecticides, Fungicides, Rat poisons, Herbicides, Anti-sprouting Products, Phants-growt