निर्णय नं. ४५२२ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४५२२ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/०९/२२ २५९२ निर्णय नं. ४५२२ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको रिट नं. १२५६ आदेश भएको मिति : २०४७।९।२२।१ मा निवेदक : जि.का.कारागार शाखामा थुनामा रहेको नारायणकुमार तिमिल्सीना विरुद्ध विपक्षी/प्रत्यर्थी : प्र.ह.दिलबहादुर थापाको जाहेरीले श्री ५ को सरकारसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) अरुको जिम्मामा रहेको सरकारी हात हतियार खरखजानाको बदनियत चिताई दुरुपयोग गर्ने अभिप्राय लिएको देखिएकोले प्रहरी ऐन, २०१२ को दफा ३६ बमोजिम गठन भएको प्रहरी विशेष अदालतबाट भएको कैदको सजायँलाई सदर गर्ने गरेको अञ्चल प्रहरी विशेष अदालतको निर्णय कानुन बमोजिम भएको देखिँदा निवेदकको रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १५) विपक्षी/प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. जिल्ला प्रहरी कार्यालय दोलखाको क्वाटर गार्ड कोठाबाट राइफल र गोली झिकी गोली भरी बाहिर राखेको भन्ने अभियोग म माथि लगाई प्रहरी ऐन, २०१२ को दफा ३४(क) अनुसार सजायँको माग गरी म विरुद्ध जिल्ला प्रहरी विशेष अदालतमा मुद्दा चलाएको र सोही अदालतको ०४५।६।३ को फैसलाले मलाई सोही ऐन बमोजिम मेरो अपराध ठहर गरी मलाई कैद वर्ष ३ हुने गरी सजायँ गरेकोमा सो फैसला बदर गरिपाउँ भनी अञ्चल प्रहरी विशेष अदालतमा पुनरावेदन गरेकोमा शुरुको फैसलालाई सदर गरी ०४५।१२।३ मा पुनरावेदन फैसला भयो । ३. जिल्ला प्रहरी विशेष अदालत र अञ्चल प्रहरी विशेष अदालतको फैसलामा प्रत्यक्ष कानुन विरुद्ध भएको कानुनमा अन्य उपचारको बाटो नभएकोले सम्मानीत अदालतको असाधारण क्षेत्र अन्तर्गतको बन्दी प्रत्यक्षीकरणको रिटनिवेदन गर्न आएको छु । मेरो संवैधानिक प्रदत्त हक अधिकार वञ्चित भएको कुरा निम्न अनुसार दर्शाउछु । ४. प्रहरी ऐन, २०१२ को दफा ३४(क) अन्तर्गतको अभियोगमा मलाई सजायँ गरिएको छ तर मबाट सो ऐनले निर्दिष्ट गरे बमोजिमको अपराध नै भएको छैन एकत मैले आफ्नो जिम्मामा रहेको राइफल र गोली लिए दिएको वा दुरुपयोग गरेको छैन मैले अरुको जिम्मामा रहेको राइफल र गोली पनि लिएको वा कसैलाई दिएको पनि छैन न त दुरुपयोग नै गरेको छु । पालोमा रहेको प्रहरी समक्ष नै राइफल निजकै जिम्मामा रहिरहेकोमा कसैले विवाद गरेको छैन । त्यसरी पालोमा बसेको प्रहरी जवान बच्चानारायण सिंहको सामुन्ने निजको अधिकार भित्र रहिरहेको राइफललाई हटाउने र चलाउने प्रहरी जवान ईश्वरीप्रसाद होमागाई हुन भन्नेमा पनि कुनै विवाद नभएको यस्तो आफ्नो जिम्मामा राइफल समेत हटाउन दिने प्र.ज.बच्चानारायण सिं भएको र सो राइफल हटाउने र चलाउने ईश्वरीप्रसाद होमागाईले गरेको अपराधमा म निर्दोष व्यक्तिलाई सजायँ गरेकोबाट प्रहरी ऐन, २०१२ को दफा ३४(क) को कानुनी त्रुटि भएको छ । ५. एक त मैले राइफल लिएकै छैन र गोली लिएकै छैन एकछिन राईफललाई बाहिर रहेको भन्ने हो भनेपनि जिम्माबाट प्रहरीले पुनः कोर्ट गार्डमा राख्न सक्ने थिएँ । त्यसलाई ईश्वरीप्रसादले आफूखुस गर्न पाउने होइन । अतः मेरो परोक्षमा राईफल र गोली बच्चा सिंको स्वीकृतिबाट प्र.ज.ईश्वरीप्रसादले चलाएकोमा मेरो कुनै दोष नभएको प्रत्यक्ष छ । मैले रक्सी खाएकोमा यसै रिस लिई मैले नगरेको अपराधमा फसा