निर्णय नं. ९२२६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२२६ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०३/०३ ३१४९ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।३।३।२ ०७०-WH-००६३ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रानीबारी, सामाखुसी, घरमा बन्दी बनाई राखिएको अलि सैद अैफानको छोरी मिसाल अली अैफानको हकमा निजको बुबा भारत, हैदरावाद बारकस घर भै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, भाटभटेनीस्थित हैदरावाद हाउस (फ्रेन्चाइस सउद फुड्स प्रा.लि.) मा कार्यरत अलि सैद अैफान विरूद्ध विपक्षी : जिल्ला दाङ, हापुर गाउँ विकास समिति वडा नं. ३ स्थायी घर भै हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रानीबारी, सामाखुसी, बस्ने नीमा के.सी.समेत § बालमनोवृत्तिलाई असर पुग्ने गरी बाबु भएकै नाताले निजको जिम्मा लगाउँदा निज नाबालिकाको कलिलो बाल मस्तिष्कमा सदैव भय, त्रास रहिरहन सक्ने एक्लो अवस्थामा रहेका यी निवेदकको मागबमोजिम नाबालिकालाई विपक्षी नीमा के.सी.को जिम्माबाट अलग गरी निवेदकलाई बुझाउन सक्ने अवस्था नदेखिने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता रत्नकुमार खरेल विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ता टीकाराम पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको तथ्य एवम् आदेश निम्नबमोजिम छ : १. निवेदनको व्यहोरा : म निवेदकको विपक्षीमध्येकी रीता के.सी. श्रीमती र विपक्षी नीमा के.सी. मेरो सासु आमा हुनुहुन्छ । निवेदक वैदेशिक रोजगारीको लागि दुबईमा गै दुबई प्रहरीमा कार्यरत रहँदा विपक्षी रीता के.सी. पनि वैदेशिक रोजगारीको लागि २०६६ सालमा दुबईको डान्सबारमा कार्यरत रहँदा हामी दुबैजनाबीच गहिरो माया बसी विदेशमा नै विवाह भै दाम्पत्य सम्बन्ध कायम भएको हो । हामीहरूबीच विवाह भएपश्चात विपक्षी रीता के.सी.को पेटमा गर्भ रही २०६७ साल चैत महिनाको २४ गते छोरी मिसाल अली अैफानको थापाथली प्रसुती अस्पतालमा जायजन्म भयो । छोरीको जन्मपश्चात हामीहरूले सुखी जिन्दगी बिताइरहेकोमा म नेपालमा आएपश्चात दरबारमार्ग स्थित अलदजाज होटेल एन्ड रेष्टुरेन्टमा मुख्य सेफको रूपमा र हाल भाटभटेनी स्थित हैदरावाद हाउसमा प्रबन्धकको रूपमा कार्यरत छु । मैले मेरो परिवारको हेरचाह र पालन पोषण गर्दै आएको अवस्थामा विपक्षी नीमा के.सी.ले आफ्नो छोरीलाई अनेक कुरा गरी मेरो परिवार भाँड्ने अनेकौँ प्रयास गरी मउपर नराम्रो आरोप र नराम्रा कुराहरू गरी मेरी श्रीमती र मेरा बच्चालाई मबाट अलग गराउने प्रयास गर्नुभयो । यसैबीच विपक्षी नीमा के.सी.ले अनेकौँ गलत कुराहरू गरी रीता के.सी. तथा मेरो नाबालक छोरी मिसाल अली अैफानलाई समेत मबाट अलग गरी मलाई थाहा नदिई म अफिस गएको मौकामा मेरो डेरा कोठाबाट सामान सहित लगी अन्यत्रै निज विपक्षी नीमा के.सी.को साविकको डेरा कोठासमेत सारी अन्यत्रै बस्न थाल्नुभयो । लामो समयपश्चात मैले विपक्षीहरू र मेरो नाबालक छोरी बसेको स्थान पत्ता लगाई निजहरू भएको ठाउँमा गै आफ्नो श्रीमती र बच्चालाई आफूसँग लैजाने कुरा गर्दा निज नीमा के.सी. र निजको आफन्तहरूसमेतले मलाई कुटपीट गरी उल्टै मलाई प्रहरी बोलाई पक्राउ गराउनुभयो । मउपर प्रहरीलाई गलत कुराहरू लगाई उल्टै