निर्णय नं. ४२२३ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२३ - निषेधाज्ञा भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/१०/०२ २४०२ निर्णय नं. ४२२३ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.नं. ५३७ फैसला भएको मिति : २०४७।१०।२।४ मा पुनरावेदक/प्रतिवादी : जि.बारा गन्जभवानीपुर गा.पं. वा.नं. १ बस्ने रामबाबुप्रसाद यादवसमेत विरुद्ध विपक्षी/वादी : जि.बारा कलैया न.पं. वा.नं. ७ बस्ने बाबुलाल शाह तेली मुद्दा : निषेधाज्ञा (१) गाउँपञ्चायत अन्तर्गत परेको कारणले मात्रै निजी स्वामित्वमा रहेको पोखरीमा गाउँपञ्चायतले हस्तक्षेप गर्न नसक्ने । (प्रकरण नं. ११) (२) दाताको सन्तानले गाउँपञ्चायत समेत उपर जिल्ला अदालतमा सो पोखरीको हक बेहकमा मुद्दा दायर गरी सकेको देखिएको र ०४३ सालमा पोखरीको ठेक्का लिई २ कित्ता ठेक्का रकम समेत बुझी लिएको अवस्थामा अदालतबाट हक बेहकको अन्तिम निर्णय नभएसम्म प्रत्यर्थी गाउँपञ्चायतबाट निवेदकको भोगाधिकारमा हस्तक्षेप गर्न नमिल्ने हुँदा यस्तो हस्तक्षेप नगर्नु भनी निषेधाज्ञा जारी हुने ठहर्याई अञ्चल अदालतको फैसला उल्टी गरेको क्षे.अ.को इन्साफ मनासिब देखिने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.बब्बरप्रसाद सिंह १. म.क्षे.अ. को फैसला उपर न्याय प्र. सुधार ऐन, ०३१ को दफा १३(३)(ख) अनुरुप पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जि.बारा गन्ज भवानीपुर गा.पं. वडा नं. ४ को कि.नं. २१ को ज.वि. २–०–० मा भएको पोखरी महादेव शाह, गगन शाहले खनाई सो पोखरी रामजानकी मन्दीरको आर्थिक हितको लागि सो पोखरी ठेक्कामा लगाई आएकोमा सो पोखरी ठेक्कामा मैले लिई सञ्चालन समेत गरी आएको थिएँ । विपक्षी र म निवेदक बीच २०४३।४।१ देखि असार मसान्तसम्म ५ वर्षको रु. ३५,०००।– बुझाउनु पर्ने अन्यथा ठेक्का बदर हुने कबूलियत करार भएको थियो । मैले विभिन्न जातका माछा सो पोखरीमा हुर्काई आएको अवस्थामा माछा ठूलो भएको देखी विपक्षीहरुले ०४५।४।१५ गतेका दिन पोखरीको डिलमा आई यो पोखरीको माछा नमार्नु भनी प्रधानपंच सहितका विपक्षीहरु आई मेरो विधिवत ठेक्का लिएको पोखरीमा गैरकानुनी ढंगबाट २०४५।४।३० गते माछा मार्ने तरखरमा लागेकोले नागरिक अधिकार ऐन, ०१२ को दफा ६(६) ९ द्वारा प्रदत्त मेरो नागरिक अधिकारमा असर पुग्ने प्रबल संभावना भएकोले सो माछा विपक्षीहरुले मार्न नपाउने भनी अन्तरिम आदेशको साथै निषेधाज्ञाको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको बाबुलाल शाह तेलीले नारायणी अञ्चल अदालतमा दिएको निवेदनपत्र । ३. पुजारी कोदाई दासलाई मठ मन्दीरको हेरचाह गर्न राखिएकोमा मिति ०४५।४।३२ मा संचालक समितिको निर्णयानुसार निजलाई अवकाश दिई सकिएकोमा निजले गरेको कबूलियत समेत शंकास्पद भएको र म गा.पं. को प्रधान पञ्चको हैसियतले सो पोखरीको रेखदेख प्रबन्ध गर्ने अधिकार गाउँपञ्चायत ऐन, ०१८ को दफा २४ ले दिएको छ । विपक्षीको माग दावी बमोजिम निषेधाज्ञाको आदेश जारी नभई खारेजभागी छ भन्ने समेत व्यहोराको गन्ज भवानीपुर गा.पं. कार्यालय र प्रतिनिधि का.वा. प्रधानपञ्च सुकदेवप्रसादको लिखितजवाफ । ४. राम जानकी मन्दीर तथा त्यसको जग्गा जमीन समेतको पोखरी, व्यक्ति विशेषले संरक्षण गरी आएकोले गा.पं. नियमावली अनुसार प्रधानपञ्चको कुनै हक अधिकार नै हुँदैन । र सो मन्दीर व्यक्तिगत रुपमा दान दिई धार्मिक स्थल कायम गरी दिएको हुँदा मठ मन