निर्णय नं. ४२०३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२०३ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४५/०२/२० २५७९ निर्णय नं. ४२०३ ने.का.प. २०४७ अङ्क ९ पूर्णइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट फु.नं. २६ आदेश भएको मिति: २०४५।२।२०।५ मा निवेदक : जिल्ला सप्तरी डाढा गा.पं. वा.नं. १ बस्ने बद्रीनारायण तिवारी स्वर्गे भई निजको हकखाने निजकी पत्नी मालती तिवारी विरुद्ध विपक्षी : जिल्ला सप्तरी डिमन गा.पं. वा.नं. ८ बस्ने फतुली साहूसमेत विषय : उत्प्रेषण (१) भूमिसम्बन्धी ऐनको दफा २५ मा दुई अवस्थामा मोही हक प्राप्त हुनसक्ने भूमिसम्बन्धी ऐनको दफा २५ मा प्रारम्भ भएको मितिसम्म कुनै जग्गावालाको जग्गा मोहीको हैसियतले कमाई आएको व्यक्तिलाई भूमिसम्बन्धी ऐनको दफा २५(१) बमोजिम र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ प्रारम्भ भएपछि कुनै जग्गावालाले आफ्नो जग्गा कुनै व्यक्तिलाई कमाउन दिएछ र सो व्यक्तिले मुख्य वार्षिक उब्जनीको एक बाली सम्म मोहीको हैसियतले कमाएछ भने सो अवस्थामा भूमिसम्बन्धी ऐनको दफा २५(२) बमोजिम मोही हक प्राप्त हुन सक्ने । (प्रकरण नं. १२) (२) प्रत्यर्थीले रिट निवेदकको विवादित जग्गा पहिले देखि कमाई आएको भन्ने जिकिर लिएको देखिन्छ । सो जिकिर अनुसार जग्गा कमाई मोहीको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भए गराएको पाइदैन जसबाट प्रत्यर्थी विवादित जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिम मोही हक प्राप्त व्यक्ति भन्न नमिल्ने । (प्रकरण नं. १२) (३) त्रुटिपूर्ण निर्णय कायम रहन नसक्ने । (प्रकरण नं.१३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दाश विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा आदेश न्या.बब्बरप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०४१।१।४ को निर्णय दोहोराई पाउँ भनी मालती तिवारीनीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा न्यायिक समिति मार्फत परेको बिन्तिपत्र जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई दिनु भन्ने हुकुम प्रमांगी बक्स भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो पति देवको नामको दर्ता जिल्ला सप्तरी डिमन गा.पं. वडा नं. ९ कि.नं. १९८ को ज.वि. ०–५–१५ धुर जग्गा मेरो पति देवको जीवन कालसम्म निजले र निजको शेषपछि मैले आफैं जोत आवाद गरी आएकी छु । उल्लेखित जग्गा मैले साविक देखि नै कमाई आएको र मिति २०३०।१०।१० मा बद्री नारायण तिवारीले बाली बुझी भर्पाई दिएको हुनाले नक्कल राखी मोहियानी हकको प्रमाणपत्र पाउँ भनी प्रतिवादीले निवेदन दिनु भएकोमा अधिकारीज्यूले प्रतिवाद गर्न मौका नदिई निर्णय गरिएको हुनाले पतिदेवले निवेदन दिंदा सम्मानीत अदालतबाट मिति २०३५।४।१५।१ मा उत्प्रेषण मिश्रित परमादेश जारी भयो । परमादेशको आधारमा प्रतिवादीको निवेदन परी मेरो पतिदेवलाई म्याद जारी हुँदा वहाँले मैले कुनै भर्पाई नदिएको र ऐनको दफा २५(२) अन्तर्गत मोही कायम गर्न निमित्त ऐनको दफा ३४(१) अन्तर्गत कबूलियत हुनु पर्ने इत्यादि प्रतिउत्तरपत्र लगाएपछि मिति २०३९।२।१ मा वहाँको निधन हुन गयो मुद्दा मामिलाको सन्दर्भमा जानकारी नभएबाट मुद्दा सकार गर्न नसकेको हुनाले तारिख गुज्रन गयो । अधिकारीज्यूले शंकास्पद भर्पाईलाई मूल आधार बनाई ऐनको दफा २५(२) अन्तर्गत मोही कायम हुने ठहर्‍याई मिति २०३९।९।२८ मा निर्णय गर्नु भएको ह