निर्णय नं. ४२२४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२२४ - लेनदेन भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४६/०७/२७ २४१० निर्णय नं. ४२२४ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ५९५ फैसला भएको मिति : २०४६।७।२७।१ मा पुनरावेदक/प्रतिवादी : जि.चितवन सोराहा पं.वा.नं. २ बस्ने नन्दराज मैनाली विरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. ९ बस्ने बिमला उप्रेती मुद्दा : लेनदेन (१) सक्कल लिखत हेर्दा रु. ९००।– भनी लेखिएको अंक अगाडि ९ अर्कै मसीले लेखी थपेको पाइन्छ । अक्षरले लेखिएको नौ हजार भन्ने शब्द पनि नौ सयको अगाडि कसिएर लेखी “नौ हर्जा” भन्ने लेखिएको देखिन्छ विशेषज्ञबाट जाँच गराउँदा उक्त अंक अक्षर थपिएको भन्ने समेत राय भई आएको र लिखतको प्रकृतिबाट समेत लिखतमा लेखिएको अंक अक्षर पछि थपेको देखिँदा उक्त लिखत कीर्ते ठहर्ने । (प्रकरण नं. १८) (२) २०२९।३।२० मा लिखत भएकोमा त्यसको म्याद १० वर्ष रहनेमा म्याद छँदै भाखापत्र गराउने स्थिति देखिन्न, २०२९।३।२० को लिखतमा रहेको अंकलाई पुष्ट्याई गर्न २०२९।६।९ को भाखापत्र बनाएको रहेछ भन्न पर्ने भएको र विशेषज्ञको रायबाट पनि सो लिफामा तैयार पारिएको भन्ने राय भएकोले उक्त लिखतलाई सद्दे भन्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. अन्यायवालाले मसंग २०२९।३।२० गते रु. ९९००।– लिई निजको हक भोगको चितवन कुमरीत पञ्चायत वार्ड नं. १३ को ज.वि. २–१०–० काठमाडौं डिल्लीबजारमा बसी राजीनामा गरी दिनु भएको पास गर्न भू.प्र.का. जाँदा हाकिमको रोहवरमा जाने बखत भागी गएकाले २०२९।६।९ मा भेटी जग्गा पास गरी दिनु होस वा रुपैयाँको साँवा ब्याज दिनु होस भनेकोमा आजका १ महीनाभित्र पास गरी दिन्छु नगरे ऐन बमोजिम साँवा ब्याज उपर गरी लिनु भनी भाखा पत्र गरी दिएको अवधि समेतमा पास गरी नदिएका र नालिश गरी पास गराउन समेत नसकेबाट लिखत कपाली भएकाले साँवा ब्याज दिनु होस भन्दा आज भोली गरी नदिनु भएकाले नालेश गर्न आएको छु । उक्त साँवा रु. ९९००।– र लेखिएको मिति देखि आजतक ७ वर्ष आठ महीनाको सयकडा १० ले हुने ब्याज रु. ७५९०।– समेत जम्मा रु. १७४९०।– र फैसला भएको मिति तकको ब्याज समेत विपक्षबाट भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीबाट निजका लेखाई अनुसार रुपैयाँ कर्जा लिई चितवनको जग्गा राजीनामा गरी दिएको हाल मलाई यकीन सम्झना छैन । सबै प्रति सक्कलै लिखत अ.बं. ७८ नं. बमोजिम मलाई देखाई सुनाएका बखत आफ्नो सबै प्रतिक्रिया खुलाई उसै बखत बयान गर्ने छु । वादीको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. दावीको लिखित ९००।– को हो । उक्त लिखत फाराममा ९ को अंक थपी नौ ९९००।– अक्षरमा म को धर्कोमा ९ अक्षर जोडी ह जस्तो अक्षर बनाई मैले लेखाएको नौ सयमा जोडी नौ हजार नौ सय जोडे पनि अक्षरको व्यहोरा अस्पष्ट देखिन्छ । त्यस्तै हुँदा नौ ह भन्ने अक्षर कीर्ते हो छविलाल मैनानीलाई दिएको वारेशनामाको लिफामा भाखापत्र लेखी दावी गरेका हुन् । ल्याप्चे र लेखात्मक सही मलाई वारेश दिने कारणीकै हो भन्ने समेत व्यहोराको प्र.वा.खिलनाथ उपाध्यायले गरेको बयान । ५. मैले पेश गरेका कागजहरु सच्याएको र कीर्ते गरेको होइन सत