निर्णय नं. ४१९७ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९७ - भ्रष्टाचार भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०८/१० २६६३ निर्णय नं. ४१९७ ने.का.प. २०४७ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको फौ.पु.नं. ६६९ फैसला भएको मिति : २०४७।८।१०।२ मा पुनरावेदक/प्रतिवादी : जि.मोरड्ड नेपाल खाद्य संस्थान डिपो कार्यालय डाडा बजारको डिपो प्रमुख नरबहादुर बुढाथोकी विरुद्ध विपक्षी/वादी : विशेष प्रहरी अधिकृतको प्रतिवेदनले वादी श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार (१) अर्कालाई दोषारोपण गर्दैमा प्रतिवादीले सफाई पाउने नदेखिने । (प्रकरण नं. १७) (२) पुरानो रकम प्रतिवादीको नाउँमा बेरुजु रहेको र उक्त बेरुजु निजको तलवबाट कट्टा गरेको समेत देखिँदा त्यस्तो बेरुजु आफूले स्वीकार गरी सकेपछि चौकीदारले हिनामिना गरेको भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) पुरानो भनिएको रकम आफ्नो तलबबाट बुझाइसकेको कुरा स्वीकार गरेको समेतबाट प्रतिवादीले हिनामिना गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. १७) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीर : २०४३ सालको फौ.पु.नं. १५ वादी श्री ५ को सरकार प्रतिवादी कुलबहादुर क्षेत्री भएको भ्रष्टाचार मुद्दामा यस अदालत फुलबेञ्चबाट प्रतिपादित सिद्धान्त । फैसला न्या.बब्बरप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. डिपो प्रमुख नरबहादुर बुढाथोकीले आफ्नो जिम्माको खाद्यान्न उसीना मोटो चामल ४.९ र अरुवा मसीनो चामल १२.४६.६७० ग्राम ईन्डोनेसियन चामल ३६.५९.७०० ग्राम समेतको मूल्य रु. २६,२२०।०७ र पुरानो असूल गर्नु पर्ने बाँकी रु. २४,२०३।६७ समेत जम्मा रु. ५०,४२३।७४ मा निजको तलबबाट कट्टा भएको रु. १७५३।३० कटाई असूल गर्नु पर्ने बाँकी रु. ४८,६७०।४४ र बैंक घटी दाखिल गरेको रु. २,३०२।५० र बोराको असूल गर्नु पर्ने रु. ३,०२७।– समेत गरी जम्मा रु. ५२,९९९।९४ नरबहादुरबाट कारवाही गरी असूल उपर गराई पाउँ भन्ने समेत ने.खा. सं. शाखा धनकुटाको पत्र । ३. बर बुझारथ गर्दा नपुग हुन आएको चामल कुइन्टल ५५,०५,३०० ग्रामको मोल रु. २६,२२०।०७ बुझाउनु पर्ने र पुरानु म बाट असूल गर्नुपर्ने बाँकी रु. २४,२०३।६७ पनि बाँकी भएकोमा तलबबाट कट्टा गरेको रु. १७५३।३० कट्टा गरी असूल उपर गनृू पर्ने रु. ४८,६७०।४४ र दशैं अगाडि बैंक दाखिल गर्नुपर्ने घटी भएको रकम रु. २३०२।५० र बोराको रु. ३०२७।– समेत जम्मा रु. ५३,९९९।९४ समेत मैले बुझाउनु पर्ने ठीक हो रकम हिनामिना गरेकोले कानुनले जो ठहर्छ भन्ने समेत नरबहादुरको बयान । ४. डिपो प्रमुख नरबहादुर बुढाथोकीले आफ्नो जिम्माको चामल र बोरा समेतको रकम रु. ५३,९९९।९४ मासी खाएकोमा सावित बयान गरेकोले मासेको बिगो र बिगो बमोजिम दण्ड समेत जम्मा रु. १,०७,९९९।८८ नरबहादुर बुढाथोकीबाट असूल उपर गरी भ्रष्टाचार निवारण ऐन, ०१७ को परिच्छेद २ को संशोधन सहितको दफा १३ अनुसार सजायँको लागि पेश गरेको छु भन्ने समेत विशेष प्रहरी अधिकृतको उजूरीपत्र । ५. बृटिस गोर्खा डिपो धरानमा रिकिटिङ क्लर्कको परीक्षा ०४०।७।७ गते देखि शुरु हुने भएबाट त्यसमा मैले पनि दर्खास्त दिएकोले ७ गते नै सो डिपो कार्यालयको दोश्रो तहको कर्मचारी कर्