निर्णय नं. ४२२६ - उत्प्रेषण तथा परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२६ - उत्प्रेषण तथा परमादेश भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/११/१३ २४४९ निर्णय नं. ४२२६ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०४६ सालको रिट नम्बर १०५८ आदेश भएको मिति : २०४७।११।१३।२ मा निवेदक : विराटनगरको चेतना कलर ल्याब प्रा.लि.को तर्फबाट ऐ.का मेनेजिङ डाइरेक्टर तथा अध्यक्ष रमेश बस्नेत विरुद्ध विपक्षी : श्री ५ को सरकार, अर्थ मन्त्रालयसमेत विषय : उत्प्रेषण तथा परमादेश (१) उद्योग दर्ता हुँदाको बखत औद्योगिक व्यवसाय ऐन बमोजिम उद्योगमा, निहित सुविधा उद्योग स्थापना भएपछि उद्योग सञ्चालनको लागि आवश्यक मेशिनरी पार्टपुर्जाहरु पैठारी गर्दा ऐनमा संशोधन हुँदैमा, उक्त संशोधन ऐनको व्यवस्था निवेदकको उद्योगलाई लागू हुन्छ भन्ने नदेखिने । (प्रकरण नं. १२) (२) कुनै उद्योग दर्ता वा स्थापना हुँदाका बखत प्रचलित ऐनद्वारा कुनै सुविधा सहुलियत संरक्षण प्राप्त गरी राखेको हुन्छ र त्यसबेला कुनै कानुन सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट वञ्चित गराइएको हुँदैन भने त्यस्तो सुविधा उक्त उद्योगमा निहित भइसकेको मान्नु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद शिवाकोटी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. अवलम्बित नजीर: निवेदक रत्नलाल संघाई विरुद्ध श्री ५ को सरकार अर्थ मन्त्रालय समेतको उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने रिटनिवेदन, ने.का.प. २०४४ अंक २ निर्णय नम्बर २९८९ मा पूर्णइजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य निम्न बमोजिम छ । २. कलर फोटो उद्योग सञ्चालन गर्न पाउने गरी श्री ५ को सरकार उद्योग विभागको इजाजत मिति ०४३।५।२६ मा प्राप्त गरी सानो किसिमको सेवामूलक उद्योग कोशी अञ्चल मोरंग जिल्लामा संचालन गर्न उद्योग विभागबाट ०४३।११।१९।३ मा निवेदक चेतना कलर ल्याब प्रा.लि. को नं. २५५८।०४३ बाट कम्पनीको स्थापनाको प्रमाणपत्र समेत प्राप्त गरी सकेको छु । कम्पनीको स्थापना र उद्योग दर्ता गरी सकेपछि उद्योगका लागि प्रत्यक्ष प्रयोगमा आउने मेशिन तथा स्पेयर पार्टस जापानबाट झिकाउनको लागि श्री ५ को सरकार उद्योग विभागले वाणिज्य विभागमा सिफारिश गरी पठाएको र सो को आधारमा श्री ५ को सरकार वाणिज्य विभागबाट आयात इजाजत प्राप्त भई राष्ट्र बैंकबाट विदेशी मुद्रा भुक्तानी गर्ने स्वीकृति पाई नेपाल बैंक लिमिटेडमा एल.सी. खोली जम्मा मूल्य रु. १२,५३,७५८।– पर्ने नोरित्सु क्यू.एस.एस.भी. ३ सिष्टम सेट मध्ये आधा भाग अहिले झिकाएको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को दोश्रो संशोधन २०४४।७।१ मा हुनु अघि रहेको दफा १०(१)(ख) अनुसार उद्योगमा प्रत्यक्ष प्रयोग हुने उक्त मेशिनको भन्सार सुविधा माग गरी ०४६।१०।१४ मा उद्योग विभागमा निवेदन दिंदा सुबिधा नपाउने व्यहोरा अवगत गराइन्छ भनी ०४६।१०।२४ मा जानकारी दिइयो यसै बीच निवेदक कम्पनीले उक्त मेसिन मगाई सकेको हुँदा सो मेशिन विराटनगरमा आई पुगेकोले कानुनमा भएको व्यवस्थाका आधारमा भन्सार छूट पाउन पर्नेमा सो छूट नदिई विराटनगर भन्सार कार्यालयले जम्मा जापानी यान ६३ लाख ३० हजारको हुने १२,५३,३००।– र भाडा ४५८।– समेत जम्मा मूल्य रु. १२,५३,७५८।– कायम गरी त्यसमा २० प्रतिशत साधारण भन्सारले हुने रु. २,५०,७५१।– अतिरिक्त भन्सार महसूल ३५% ले रु. ४,३