निर्णय नं. ४२०४ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२०४ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४७/०९/१७ २४७४ निर्णय नं. ४२०४ ने.का.प. २०४७ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४७ सालको फौ.सा.नं. ५२ फैसला भएको मिति : २०४७।९।१७।३ मा वादी : चेतबहादुर खान ठकुरीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: जिल्ला तनहुँ दोर फिर्दि गा.वि.स. वा.नं. ८ बस्ने काली भन्ने हनुमाया घर्तिनी मुद्दा : कर्तव्य ज्यान (१) परपुरुषसंगको सहवासबाट गर्भ रहन गई जातक जन्मेको र अभियुक्त हात खुट्टा नचल्ने कुंजी भएको तथा लोकापवादबाट समेत बच्नसम्म कर्तव्य गरी मारेको भन्ने देखिँदा पूर्व योजना बनाई रिसइवी समेतको कारणबाट कर्तव्य गरी मारेको भन्ने देखिँदैन तसर्थ घटी सजायँको लागि राय लगाएको मनासिब देखिँदा अपराध गर्दाको अवस्था समेतको विचारबाट यस्तो स्थितिमा अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) नं. का ऐन बमोजिम सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएको हुँदा अभियुक्तलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १४ चौध मात्र हुने । (प्रकरण नं. १३) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले साधक निकासाको लागि जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. अं. वर्ष ३२ की काली घर्तिनी भन्नेले मिति २०३४।४।९ गते साँझ अं. ६ बजेको समयमा अं. ९।१० महीनाको छोरी जातक पैदा गरी ढुंगाले थिची मारेको छ, भन्ने खबर पाई गाउँका पञ्च भलादमी समेत भई निज काली घर्तिनीलाई सोध खोज गर्दा लामीस्वारा बस्ने पूर्णबहादुर राउत क्षेत्रीसंग २०३३ साल कार्तिक महीनामा करणी लिनुदिनु भई गर्भ रहेको थियो सो गर्भ आज अवधि पुगी पैदा भयो नमालुम के बुद्धि आयो ढुंगाले अचेटी मारेको हुँ भनी मुख सावित भएकोले सो जन्मिएको मृतक जातक सुरक्षित राखी जाहेर गर्न आएको छु । कानुन बमोजिम अनुसन्धान समेत गरी पाउँ भन्ने चेतबहादुर खान ठकुरीको मिति २०३४।४।११ गतेको जाहेरी दर्खास्त । ३. अभियुक्त काली घर्तिनीलाई सुराक गर्दा फेला परेकीले दाखिल गरेका छौं भन्ने कं. टोलबहादुर मगर समेतको मिति २०३४।४।१२ गतेको प्रतिवेदन रहेछ । ४. जाहेरी अनुसारको काली घर्तिनीले जन्माई कर्तव्य गरी मारी फिर्दि गा.पं. वडा नं. ५ चाप स्वाराको मुलबाटोमा फालेको बालकको लाश पछाडि पुठाको भाग सम्म प्रष्ट देखिने शरीरको अन्य संयुक्त भाग फतक्क गली सडी स्याउ स्याउ किरा परेकोबाट शरीरमा कुनै चोट पटक भए नभएको र स्त्री पुरुषको चिन्ह समेतका आकार प्रकार मेटिई छुट्याउन नसकिने भन्ने समेतको मिति २०३४।४।१२ मा भएको लाश प्रकृति मुचुल्का रहेछ । ५. पहिलो विवाह भएको लोग्नेसंग छाडी अन्यत्र पोइल गएकी थिए त्यहाँ पनि हेला गरेकोले हिंडी २०३२ साल चैत्र महीना देखि गहतेलामी स्वाराको पूर्णबहादुरको घरमा गोठालो लागि बस्ने गरेकीमा २०३३ साल कार्तिक १७, १८ गते तिर निज पूर्णबहादुर आई मलाई करणी गरे सोही करणी विर्यबाट मेरो पेटमा गर्भ रहन गएछ । गर्भ ६ महीनाको भएपछि पूर्णबहादुरले मलाई घरबाट निकाला गरेकोले गाउँमा मागी खाँदै हिंडिरहेको अवस्था २०३४ साल साउन ९ गते साँझ पर्ने बेला प्रसूती व्यथा लागी ढोर फिर्दि गा.पं. वडा नं. ५ चापा स्वाराको मूल बाटोमा छोरी जातक पैदा भयो । लिई हिंड्नलाई बस्ने खाने ठाउँ नहुँदा मारी फाल्छु भन्ने विचार आएकोले जन्मेको जिउँदो बालकलाई ढुंगाले मुख अचेटी कर्तव्य गरी मारी छाडी गएकी हुँ । कर्तव्य गरी बालक मार्नेमा अरु कसैको मद्दत सहयोग