निर्णय नं. ४२२८ - प्रतिषेध वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी अनाधिकृत गैरकानुनी कृयाकलाप रोकी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२२८ - प्रतिषेध वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी अनाधिकृत गैरकानुनी कृयाकलाप रोकी पाउँ भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/१०/२८ ३५९६ निर्णय नं. ४२२८ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको रिट नं. १३२६ आदेश भएको मिति : २०४७।१०।२८।२ मा निवेदिका : का.न.पं. वा.नं. १४ बस्ने ज्ञानबहादुरकी श्रीमती की विन्दु कार्की विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, काठमाडौंसमेत विषय : प्रतिषेध वा अन्य उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी अनाधिकृत गैरकानुनी कृयाकलाप रोकी पाउँ (१) घरजग्गाको सम्बन्धमा अदालतमा मुद्दा परी कारवाही चलिरहेको अवस्थामा प्रहरीमा भएको कुनै पनि काम कारवाही लिखत समेतले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १२) निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१)(२)(ङ) र धारा १५ बमोजिम पर्न आएको प्रतिषेध वा अन्य आदेश जारी गरी पाउँ भन्ने विषयको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकारको छ । २. निवेदिका र मिश्री मैयाँ भई शान्तिदेवी रावलबाट कलंकी स्थान गा.पं. वडा नं. ३ कि.नं. १४३ को २–१–० जग्गा रु. ८२,५००।– मा २०४४।१२।२३ गते खरीद गरी बसोवासको लागि मलाई घर बनाउन आवश्यक भएको तर उक्त घडेरी जग्गा दुवै दिदी बहिनीको आधी आधी हक लाग्ने भएकोले मैले त्यसै घर बनाउन नहुने हुँदा विपक्षी दिदीले उक्त जग्गा मध्येबाट दक्षिण तर्फबाट ०–८–० जग्गामा घर बनाउनको लागि मिति २०४५।१।१४ गते मन्जूरीनामा दिनु भएकोमा सो मन्जूरीनामा साथै राखी २ तल्ले घर बनाउन का.न.पं. मा दर्खास्त हाली नक्शा पास गराई ०४५।४।१ मा एक तल्ला घर बनाएको त्यसपछि अर्को तल्लाको हालसालै २०४७।२।३१ मा छाना ढलान गरेको घरमा मेरो परिवार सहित बसोवास गरी आएका छौं । उक्त जग्गामध्ये उत्तरतर्फबाट ३।३ आना गरी ६ आना जग्गा रामप्रसाद र शारदा विडारीलाई राजीनामा गरी कि.नं. ३८० मा क्षेत्रफल १–०–० कायम छ । उक्त मेरो कमाई र ऋण कर्जा गरी बनाइएको दिदीको हक नलाग्ने घर जग्गामा चाहिने नचाहिने कुरा निकाली दुःख दिंदै काठमाडौं जिल्ला अदालतमा नालेश पनि दिनु भएको भन्ने सुनेको छु । विपक्षी बाबुकाजी बोगटीले मेरो श्रीमानलाई छुरी हानी ज्यान मार्ने प्रयास समेत गरेकोमा शान्ति सुरक्षाका लागि प्रहरी लाइनमा निवेदन पनि दिएको तर कारवाही सुनवाई नभएको यस्तैमा विपक्षी दिदीले काठमाडौं जिल्ला कार्यालय कालीमाटी प्रहरी लाइनमा दिएको झुठमुठ निवेदन र दिदी र विपक्षी बोगटीको भनसुनका कारणले मेरो परिवार बसी रहेको घर हामीले खाली गरी दिनु पर्यो ताल्चा लगाउनु पर्यो र विपक्षी बाबुकाजीको लिनु पर्ने रुपैयाँमा पनि तमसुक गर्नु गराई दिनु पर्यो भनी विपक्षी कालिमाटी प्रहरी लाइनका प्रहरीहरु प्रहरी भ्यानमा टन्न बसी मेरो घरमा आई मेरो खोजतलास गर्न पक्राउ गर्न आइरहेको छ । मलाई घरमा बस्न नहुने भई भागी भागी हिंड्नु परिरहेको छ । ३. यस्तो सम्पत्ति सम्बन्धी कुरामा विपक्षी जिल्ला प्रहरी कार्यालयहरुलाई कारवाही गर्ने अधिकार नभएको काम गरी नेपालको संविधानको धारा ११(१)(२)(ङ) र धारा १५ द्वारा प्रदत्त मौलिक हक हनन् गर्ने प्रयास गरी राखेको हुनाले गैरकानुनी किसिमले मलाई पक्राउ नगर्नु, मेरो