निर्णय नं. ४१९८ - बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४१९८ - बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०८/०५ २२२३ निर्णय नं. ४१९८ ने.का.प. २०४७ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको दे.पु.नं. ८४५ फैसला भएको मिति : २०४७।८।५।४ मा पुनरावेदक/वादी : बनेपा न.पं. वा.नं. ५ बस्ने भवानीभक्त सैंजू विरुद्ध प्रतिवादी : भ.पु.न.पं. वा.नं. ९ बस्ने तुल्सीभक्त दुवाल मुद्दा : बाली भराई जग्गाबाट निष्काशन गरी पाउँ (१) तजबिजी अधिकार प्रयोग गरी मोही निष्काशन नहुने ठहर गर्दा पनि के कति कारणले मोही निष्काशन नहुने हो सो को कारण उल्लेख हुनुपर्ने र त्यस्तो कारण समेत उचित हुनुपर्ने । इच्छा लागे निष्काशन गर्ने र इच्छा नलागे निष्काशन नगर्ने भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) बाली नबुझाएको कुरालाई स्वीकारै गरी प्रतिवादीले भूमिसुधार कार्यालयको निर्णयलाई मन्जूर गरी बसेको समेतबाट बाली नबुझाएकोमा विवाद नदेखिँदा विवादित जग्गाबाट वादी दावी बमोजिम मोही निष्काशन हुने । (प्रकरण नं. १३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुरेशप्रसाद श्रेष्ठ फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४५।१०।२० को आदेशमा चित्त नबुझी न्या.प्र.सु.ऐन, ०३१ को दफा १३(५)(ख)(ग) तथा उपदफा (७) अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. फिरादीका नाउँमा भ.पु. मालपोत कार्यालयमा जग्गा धनी दर्ता भई रहेको झौखेल गा.पं. वा.नं. ८(ख) कि.नं. ४५० को दोयम रोपनी १–०–२ जग्गाको तिर्नु पर्ने कूत विपक्षी जोताहा मोहीले कुनै सालमा तिर्न ल्याउने कुनै सालमा नतिर्ने गर्दै आएको, ०४० साल देखि मलाई कूत नतिरेकोले ०४२ सालको फिराद गर्ने म्याद गुज्रन गई फिराद गर्न नपाएको र ०४३ सालको कूत पनि विपक्षले बुझाउन नल्याएको र कतै धरौट राखेको सूचना पनि नपाएकोले ०४३ सालको चाहिने धान १९–२–५ को बजार भाउ मुरी १ को ३००।– का दरले हुने रु. २८९।६८ विपक्षबाट भराई भू.सु.ऐनको दफा २९ बमोजिम पञ्चकीर्ते मोल रु. १०,०००।– जाने सो जग्गाबाट निष्काशन समेत गरी पाउँ भन्ने समेत भू.सु. कार्यालय भक्तपुरमा परेको फिराद । ३. फिरादीलाई बुझाउनु पर्ने कूत बाली हरसाल चुक्ता पारी बुझाई आएको छु । फिरादीले जग्गा बेच्नु पर्‍यो ४ खण्डको ३ खण्डको जोत हक छाडी देऊ भन्दा मैले मन्जूर नगरेको जग्गा मलाई नै किन भन्दा मैले ५०००।– मात्र दिन्छु भनेको थिए । २०२१ सालमा जग्गा नापजाँच भएपछि २०२२ सालको कूत बालीसम्म खेस्रा जस्तो कागजमा बाली बुझे भनी विपक्ष वादीले लेखी दिएको छ । त्यसपछि कुनै सालमा पनि भर्पाई दिने गरेको छैन । विपक्षको बही किताबमा सम्म यो सालको कूत आयो भनी जनाउने गरेको छ । विपक्षलाई २०४३ सालको कूत बाली २०४३।९।१७ गते चुक्ता गरी नगदीमा परिणत गरी धान ।१९।२।५ को मुरीको रु. २५०।– को दरले हुने रु. २४०।४१ बुझाई विपक्षीको बही किताबमा चुक्ता भयो भनी लेखेको छ भन्ने समेत प्रतिउत्तरपत्र । ४. विपक्षले पक्षको दावी अनुसारको बाली बुझाएको प्रमाण पेश गर्न नसकेकोले पक्षको माग बमोजिम ०४३ सालको बाली ।१९।२।५ को प्रति मुरी रु. ३००।– का दरले रु. २८९।६८ मात्र दावी भए तापनि खाद्यान्न मोल निर्धारण समितिले कायम गरेको दर रु. २५०।– बाट हुने रु. २४१।४१ विपक्षबाट भराई दिने ठहर्छ । बाली नै भराई दिने भएकोले निष्काशन गर्न मिलेन भन्ने समेत भूमिसुधार कार्यालय