निर्णय नं. ४२२९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२२९ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: फागुन अंक: ११ फैसला मिति :२०४७/११/२७ २५१० निर्णय नं. ४२२९ ने.का.प. २०४७ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको फौ.पु.नं. २८७, ३३६ फौ.सा.नं. १०४ फैसला भएको मिति : २०४७।११।२७।२ मा पुनरावेदक/वादी : पूर्णकुमार विश्वकर्माको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.उदयपुर लाफा गा.पं. वा.नं. ७ सार्खु बस्ने फौदबहादुर विश्वकर्मासमेत पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा ललितपुर नखुमा थुनामा बसेको नैनबहादुर विश्वकर्मासमेत विरुद्ध प्रत्यर्थी/वादी : पूर्णकुमार विश्वकर्माको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) कैद ठोस सबूद प्रमाणको अभावमा कर्तव्य गरी मारेको भन्न नमिल्ने । (प्रकरण नं. ४४) (२) लाश बोकेकोमा इन्कार रहे तापनि घटनास्थलमा मौजूदै रहेको भनी सावित भएको र प्रतिवादी लाश बोकी फालेकोमा सावित भएको हुनाले यी प्रतिवादीहरुलाई ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम सजायँ गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ४४) वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.त्रिलोकप्रताप राणा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।३।४ को फैसला उपर वादी श्री ५ को सरकार प्रतिवादी नैनबहादुर समेतको पुनरावेदन परी तथा साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जिल्ला उदयपुर गाउँपञ्चायत देउरी बस्ने मेरा काका तुलमान विश्वकर्मा दाजुभाइ भेट्न भनी माघ १३ गते घरबाट हिंडी १४ गतेको बेलुकी जिल्ला उदयपुर लाफा गाउँ वा.नं. ७ सोर्खु भन्ने गाउँको पुछारमा फुपु सासूको घरमा बास बसेका, सो दिन कर्तव्य गरी ज्यान मरेको थाहा पाएँ । खोजतलास गर्दा २०४२ साल माघ २३ गते जंगलको बीचमा मारी फालेको भेटेछन् । उदयपुर जिल्ला लाफा गाउँ वा.नं. ७ बस्ने पहले कामीको छोरा फौदबहादुर कामी, ऐ.बस्ने ललितबहादुरको छोरा वृखबहादुर राई समेतलाई शंका लागी पक्राउ गरी प्र.पं. तथा प्रहरी चौकीमा जिम्मा राखी जाहेर गर्न आएको छु । काका तुलमानको लाश जाँच गरी अपराधी पत्ता लगाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४२।१०।२९।३ को जाहेरी दर्खास्त । ३. मृतकको देब्रे आँखा फुटेको र दुलो परेको, दाहिने आँखा चिम्लेको, निधारमा चोट परी छाला खुइलिएको, लाश सडीगली औंसा समेत परेको लाश पोष्टमार्टम गर्ने स्थितिमा नभएको भन्ने समेत मिति २०४२।११।३।६ को लाश प्रकृति मुचुल्का । ४. मिति २०४२ साल माघ १४ गते बेलुका मेरो भिनाजु नाताको मृतक तुलमान विश्वकर्मा रक्सीको नसाको सुरमा आई साली केटी हो भन्दै मेरो दिदी नाता पर्ने मसिनीलाई संकेत गर्दै ओछ्याई राखेको गुन्द्रीमा सुतेको त्यही बान्ता गरे वायु पनि चलाए झ्यालबाट निस्की तलतिरको बाटो लागेका थिए । मेरो दाजु कर्णबहादुरसंग म समेत निस्की आउँदा हाम्रै गाउँको नैनबहादुर विश्वकर्मा, मेरो दाजु थिरमान विश्वकर्मा, हाम्रै घर पछाडिबाट भिनाजु गएतर्फ लागे मेरो दाजुको हातमा सती बहेरको अं. २ हातको लाठी थियो । उक्त लाठीले मृतक भिनाजुको टाउकोमा एक चोट कसेर हानेको नैनबहादुरले टाउकोमा आँखा नजिकै ढुंगाले कसेर हान्दा लडेको म र मेरो साइला दाजु कर्णबहादुरले ५।६ गज फरकबाट देखेका हौं । लाशलाई दाजु थिरमान, नैनबहादुर, कर्णबहादुर र