निर्णय नं. ४२०७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२०७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: पौस अंक: ९ फैसला मिति :२०४७/०२/०२ २४५७ निर्णय नं. ४२०७ ने.का.प. २०४७ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान २०४६ सालको रिट नं. ९५४ आदेश भएको मिति : २०४७।२।२।४ मा निवेदक : इनरुवा न.पं. वा.नं. २ बस्ने प्रेमकुमार कटुवाल विरुद्ध विपक्षी : प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय नक्सालसमेत विषय : उत्प्रेषण (१) नोकरीबाट बर्खास्त गर्ने गरी निर्णय गर्दा स्पष्टीकरणको माग गर्नु पर्नेमा शुरुमा तल्लो अभियोगमा स्पष्टीकरण सोधेको कुरालाई आधार मानी स्पष्टीकरण माग गरी रहनु नपर्ने भनी खडा गरेको पर्चा मनासिब नभएको र निवेदकलाई बर्खास्त गर्ने सजायँ गर्ने अधिकारी नियमावलीमा प्रहरी नायब महानिरीक्षक भएकोमा अधिकार नै नभएको प्रहरी अतिरिक्त महानिरीक्षकले नोकरीबाट हटाउने गरी गरेको निर्णय र सो निर्णयलाई सदर गर्ने गरेको निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनमा संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदक प्रहरी सेवामा प्रवेश गरेको अवस्था देखि प्रहरी ऐन तथा नियमावली बमोजिम आफ्नो कर्तव्य बहन गरी आएको छु र प्रहरी सेवामा प्र.स.नि. पदसम्म पदोन्नति भएको थिएँ । निवेदक प्र.स.नि. पदमा प्रहरी चौकी बरियापट्टिमा कार्यरत रहेको अवस्था प्रत्यर्थी प्र.ना.उ. ले २०४५।२।२२ मा मलाई स्पष्टीकरण पेश गर्न पत्र दिनु भयो । त्यसमा म उपर मिथ्या आरोप लगाई चार घण्टा भित्र स्पष्टीकरण पेश गर्नु भनियो । मैले स्पष्टीकरण पेश गरेपछि २०४५।२।२३ मा प्र.ना.उ.ले पुनः ४ घण्टा भित्र नै स्पष्टीकरण पेश गर्ने भनी पत्र दिइयो । २०४६।३।२ मा प्रत्यर्थी प्रहरी उपनिरीक्षकज्यूले स्पष्टीकरण पेश गर्न भनियो उक्त पत्रमा प्रहरी नियमावली, ०३३ को नियम ९ ९.४ को (क)(ख)(छ) र नियमावलीको नियम ३.५ को देहाय (झ) भन्ने कानुनी प्रावधानसम्म उल्लेख गरी स्पष्टीकरण माग गरिएको छ । निवेदकले वास्तविक र यथार्थ व्यहोरा उल्लेख गरी स्पष्टीकरण पेश गरी आई नै रहेको अवस्थामा २०४६।३।२० मा प्रत्यर्थी प्रहरी प्रधान कार्यालयको निर्णय बमोजिम निवेदकलाई सेवाबाट हटाउने निर्णय गरिएछ । निर्णयकर्ता प्रहरी अतिरिक्त महानिरीक्षकज्यू हुनुहुन्छ । प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ) र (ज) को कसूर गरेको स्पष्ट हुन आएकोले जि.प्र.का. सिरहा र अञ्चल प्रहरी कार्यालय राजविराजबाट समेत सफाई पेश गर्ने मौका दिइसकेको मिसिलबाट देखिन आएको हुँदा सफाई पेश गर्न मौका दिई रहन मनासिब नपर्ने व्यहोरा यसै पर्चामा उल्लेख गरी निजलाई प्रहरी नियमावली, २०३३ को परिच्छेद ९ को नियम ९.५ को देहाय (ग)(ङ)(ज) को कसूरमा नियम ९.१० को उपनियम (३) को देहाय (ग) ले दिएको अधिकार प्रयोग गरी नियम ९.१ को देहाय (ज) बमोजिम नियम ९.५ अनुसार प्रहरी सेवाबाट हटाई दिने निर्णय पर्चा खडा गरी दिनु भएको निर्णय र सो उपर गरेको पुनरावेदन समेतबाट सो निर्णय कायमै राखेको निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.५ को (घ)(ङ)(ज), ९.१० क्र.सं. ३ प्रहरी ऐन, २०१२ को दफा १०(२) समेतको विरुद्ध हुँदा २०४६।३।२० को निर्णय पर्चा तथा सो लाई सदर गर्ने गरी प्रहरी महानिरी