निर्णय नं. ४१९९ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४१९९ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४७/०८/१२ २८७५ निर्णय नं. ४१९९ ने.का.प. २०४७ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रिट नं. १०४४ आदेश भएको मिति : २०४७।८।१२।४ मा निवेदक : सप्तरी कारागार थुनामा रहेको वर्ष २६ को बाबुराम राई विरुद्ध विपक्षी : श्री जिल्ला कार्यालय खोटाङ, दिक्तेलसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) मुद्दा परिसकेपछि आफ्नो सत्य व्यवहार र कार्य प्रमाण आदिको लेखाजोखा गराउन स्वयं अदालतमा उपस्थित रही न्याय निरोपण गराउँदा उपस्थित रहने व्यक्तिले पाउने सहुलियततर्फ दण्ड सजायँको ४१ नं. ले व्यवस्था गर्न खोजेको देखिने । (प्रकरण नं. ११) (२) बारम्बार अपराध गर्ने व्यक्ति र न्यायिक प्रशासन भंग गर्ने व्यक्तिलाई दण्ड सजायँको ४१ नं. ले सहयोग गर्न नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री नारायणप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको केही सार्वजनिक अपराध र सजायँ ऐन, २०२७ को दफा २ को कसूर गरेको ठहराई विपक्षी नं. १ बाट विभिन्न मितिमा ६ वटा मुद्दामा जरिवाना र कैद समेत गरी कैद वर्ष ५।२।९ को फैसला भएको रहेछ । जबकी सो अपराधमा पहिलो पटक ।५। महीनासम्म कैद वा ५००।– रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने र सोही कसूर फेरि गरेमा दोस्रो पटक देखि पटकै पिच्छे एक वर्षसम्म कैद वा रु. १,०००।– सम्म जरिवाना वा दुवै सजायँ हुने सोही ऐनको दफा ६(१) मा कानुनी प्रावधान रहेको पाइन्छ । यसरी एउटा अड्डाबाट एकै प्रकृतिको जतिसुकै पटक अपराध गरेको ठहरे पनि जुन कलममा सबभन्दा ठूलो कैद छ सोही कलममा मात्र कैद म्याद ठेक्नु पर्ने र सबै कलमको सजायँ बराबर भएमा अरुमा व्यहोरासम्म जनाई एउटा कलममा मात्र कैद म्याद ठेक्नु पर्ने दण्ड सजायँको ४१ नं. मा भएको कानुनी प्रावधान अनुसार मलाई जतिसुकै कलममा सजायँ लागेपनि सबै भन्दा ठूलो कलमको कैद वर्ष १ र जरिवाना रु. १,०००।– को हुने कैद महीना ।१।१० समेत जम्मा कैद वर्ष १।१।१० मात्र ठेक्नु पर्नेमा विपक्षी नं. १ ले सबै कलमको कैद जरिवाना खापी कैद वर्ष ५।२।९ ठेकेको गैरकानुनी भएको र विपक्षी नं. २ ले ०४६।३।२७ मा राजकाज मुद्दामा कैद महीना ।६।६ र जरिवाना रु. १,०००।– समेत गरी विपक्षी नं. ३ लाई कैद म्याद ठेक्नु लगत दिएकोमा उक्त दुवै विपक्षीहरुको कैद म्याद लगत ५।९।९ हुने भए पनि उल्लेखित दण्ड सजायँको ४१ नं. ले सबभदा ठूलो कलममा लागेको कैद वर्ष १ र जरिवाना रु. १,०००।– को हुने कैद ।१।१० समेत गरी जम्मा वर्ष १।१।१० मात्र कैद ठेकी अरुमा व्यहोरासम्म जनाई थुनामा परेको मिति ०४५।७।२३ ले ०४६।९।३ गते छुटकारा गरिदिनु पर्नेमा विपक्षीहरु एक आपसमा मिली कपटपूर्ण ढंगबाट खत पटक खाप्न नहुने खापी बढी कैदम्याद ठेकी छुटकारा नदिई गैरकानुनी थुनामा राखेकोले सो थुनाबाट मुक्त गरी पाउन यो निवेदन गरेको छु भन्ने समेत व्यहोराको मिति ०४६।११।१५ को रिटनिवेदन । ३. विपक्षीबाट लिखितजवाफ मगाउने भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट मिति ०४६।११।२८।१ मा भएको आदेश । ४. निवेदक बाबुराम राइलाई प्र.ह.राम ओली