निर्णय नं. ४२३३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३३ - लेनदेन भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/१०/०८ २४०४ निर्णय नं. ४२३३ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४४ सालको दे.पु.नं. ६८० फैसला भएको मिति : २०४७।१०।८।३ मा पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ३१ बस्ने कबिर चित्रकार विरुद्ध विपक्षी/वादी : का.न.पं. धर्मपथ स्थित नेपाल बैंक लि.काठमाडौं अफिसका तर्फबाट नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धक ब्रम्हलाल श्रेष्ठ मुद्दा : लेनदेन (१) वाणिज्य बैंक ऐन, ०३१ को दफा ४२ मा “यस ऐन अन्तर्गतको मुद्दा मामिलामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई हुनेछ” भन्ने उल्लेख भएबाट यस ऐन अन्तर्गतका बैंक पक्ष वा विपक्ष भएका मुद्दाको शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई रहे भएको पाइन्छ भनी व्याख्या भई सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिँदा प्रस्तुत मुद्दामा ने.बै.लि. काठमाडौं अफिसको तर्फबाट नायब महाप्रबन्धक तथा मुख्य प्रबन्धकलाई फिराद दायर गर्ने हकदैया नभएको र मुद्दामा शुरु कारवाही र किनारा गर्ने अधिकार अञ्चल अदालतलाई नभई जिल्ला अदालतलाई रहेको भन्ने पुनरावेदन जिकिर पुग्न नसकी खारेज हुने । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्बित नजीर : वादी निवेदक ने.बैं.लि. विरुद्ध आल्मोनियम फैक्ट्रीको विहारीलाल तुल्स्यान समेत भएको मुद्दामा स.अ.पू.ई. बाट २०४७।३।१९।३ मा प्रतिपादित सिद्धान्त । फैसला न्या.बब्बरप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, ०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. यस नेपाल बैंक लिमिटेड काठमाडौं अफिसबाट निज पार्टी कविर चित्रकारले रु. ३१,५००।– (एकतीस हजार पाँचसय) रुपैयाँ कर्जा लिनु भई सोको संरक्षण बापत २२१५ को त्रिपाल थान ४० (चालीस) धितो राखी वार्षिक १४% ले लाग्ने ब्याज समेत ३ महीनाभित्र चुक्ता गरी बुझाउने छु नबुझाए जमानतमा राखेको माल बिक्री गरी लिनु सो बिक्री गर्दा धेरै मोल जाने माल थोरै मोलमा बिक्री भएछ भनी उजूर गर्ने छैन सो बमोजिम गर्दा साँवा ब्याज उपर नभएजति रकम मेरो घर घरानाको जाय जेथाबाट असूल उपर गरी लिनु भनी लिखतको पिठमा रहेको शर्तनामालाई समेत मन्जूर गरी बैंक नियमानुसार ०३१।५।२७ मा कर्जा ३७। को तमसुक समेत लेखिदिनु भए अनुसार उक्त लिखतको म्याद ३ महीना भनेको ०३१।८।१६ गते सम्म साँवा ब्याज चुक्ता गरी बुझाई छिटो मालहरु निखनी लिनु पर्नेमा सिर्फ ब्याज बापत भनी ०३३।८।१६ मा रु. ६२४५ जम्मा गर्नु भएको र २०३४।५।१५ मा १० थान त्रिपाल पार्ट पेमेन्ट र ब्याज बापत भनी रु. १७,०९९।१९ र मिति २०३६।३।३१ मा रु. २०,०००।– पार्ट पेमेन्ट गर्नु भई यस पछि कुनै पनि बैकिड्ड रकम नबुझाई चुपचाप रही बसेकोले साँवा तथा ब्याज चुक्ता गर्न विपक्षी कविर चित्रकारलाई समय समयमा ताकेता पत्र लेख्दा समेत नबुझाएकोले सो बैंकको नियमानुसार बाँकी रहेको त्रिपाल थान १८ लिलाम बिक्री गर्नको लागि २०४१।१।१६ गते बढाबढमा लिलाम बिक्रीको कार्य समाप्त भएको हुनाले सो माल कबोलवालालाई दिनु अगावै धितो रहेको माल साँवा ब्याज तिरी फिर्ता लानु भनी पत्र व्यवहार गर्दा विपक्षीले ३५ दिनको लागि डेलीभरी रोकी पाउँ भनी भाखाभित्र चुक्ता गर्न नल्याउनु भएकोले २०४१।५।११ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम २०४१।५।३१ गते लिला