निर्णय नं. ४२३४ - लागू औषध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३४ - लागू औषध भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/०९/२२ २९६१ निर्णय नं. ४२३४ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् सालको फौ.पु.नं. ४०२ फैसला भएको मिति : २०४७।९।२२।१ मा पुनरावेदक/वादी : प्र.ज.वीरबहादुर कार्की समेतको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : वीरगन्ज न.पं. वा.नं. १३ बस्ने उमेशप्रसाद सिन्हा मुद्दा : लागू औषध (१) अपराधसंग व्यक्तिको सहमति अथवा कृयात्मक व्यवहारबाट मात्र सम्बन्ध हुन सक्ने हुँदा प्रस्तुत मुद्दामा वादी पक्षले त्यस्तो सम्बन्ध रहेको तथ्य प्रमाणित गर्न सकेको पाइन्न र अपराधमा संलग्नता प्रमाणित नहुन्जेलसम्मको लागि वादी दावी बमोजिमको अपराध प्रतिवादीले गरेको ठहर गर्न कानुन सम्मत नदेखिने । (प्रकरण नं. २०) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।१२।६ मा भएको फैसलामा चित्त नबुझी न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ख) बमोजिम पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको छ । २. मिति ०४३।४।२२ गते बिहान करीब ८ बजेको समयमा ओम चामल उद्योग नयाँ बस्तीपुर वीरगञ्जको धान बोरा १६५ को चलानीबाट वीरगन्ज देखि धुलावारी जाने चलानी बनाई लोड गाडीको इन्ट्री गर्न आएको को.अ.ख. २६८ नं. ट्रकमा शंका लागी चेक गर्दा ढुटो र गाँजा समेत भएको पाइएकोले ट्रक चालक र ट्रक समेत आवश्यक कारवाहीको लागि पेश गरेको भन्ने समेत व्यहोराको प्रहरी चौकी कोशी ब्यारेजका नीरकुमार कार्की समेतको मिति ०४३।४।२२ को प्रतिवेदन । ३. सेतुबन्ध छोटी भन्सार कार्यालय कम्पाउण्ड भित्र ल्याई उक्त को.अ.ख. २६८ नं. को ट्रकमा लोड भएका बोराहरु हामीहरुको रोहवरमा अनलोड गरी हेर्दा (१) जुट बोराको गाँठ बनाएको प्रति ३५ के.जी. गाँजा भएको जुट बोरा गांठ एकसय छब्बीसको जम्मा गाँजा ४४१० चारहजार चारसय दश के.जी. (२) जुट बोरा ४ चारमा प्रति बोरा ४२ बयालिस के.जी. गाँजा भएको जम्मा गाँजा १६८ एकसय अठसठ्ठी के.जी. (३) टुटेफुटेको बोरामा हालिएको ढुटो ब्रान ६२ बैसठ्ठी बोरा समेतको माल सामानको मौकाको मुचुल्का गरिदिएको छौं भन्ने समेत व्यहोराको कपीलप्रसाद साह समेतले गरिदिएको मिति २०४३।४।२२ को मुचुल्का । ४. वीरगन्जमा बबलुको मानिससंग कुराकानी गरी मिर्चिया आई त्यहि वीरगन्जबाट ल्याएको ढुटो अनलोड गरी गाँजा लोड गरी धुलावारी पुर्‍याउन लैजाँदा कोशी ब्यारेजमा गाँजा भएको बोरा समेत मैले चलाएको को.अं.अ. २६८ नं. को ट्रकबाट मेरो रोहबरमा बरामद भएको हो । यो को.अं.अ. २६८ को ट्रक धेरै फाइदा आउने भएकोले प्रयोग गरेको हुँ । यो ट्रक गाडी उमेशप्रसाद सिन्हासंग मेरो काकाको छोरा पदमजित सिंहले एकलाख चार हजारमा किनेको हो, गाडी खरिद गर्दा मेरो पनि रु. २२,०००।– लागेको छ । सो गाडीको म पनि पार्टनर हुँ । गाडीको किस्ता चुक्ता भएको छैन, किस्ता चुक्ता नभएकोले ड्राइभरको तलबसम्म मैले लिने गरेको छु । किस्ता चुक्ता भएपछि गाडी नामसारी हुने र आएको हिस्सा पनि बाँडी खाने शर्त छ भन्ने समेत व्यहोराको प्र.जोगेन्द्रप्रसाद सिखले अधिकार प्राप्त अधिकारी समक्ष २०४३।४।२३।५ मा गरेको कागज । ५. कोशी ब्यारेज भन्सारका कर्मचारी प्रहरीले ट्रक चेक जाँच गर्दा गाँजा सहित प्र.जोगेन्द्र सिंहलाई पक्राउ गरेको हुन भन्ने समेत व्यहोराको एकै मिलान भना