निर्णय नं. ४२३५ - उत्प्रेषण तथा परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३५ - उत्प्रेषण तथा परमादेश भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/११/१३ २८१६ निर्णय नं. ४२३५ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रिट नं. १०५९ आदेश भएको मिति : २०४७।११।१३।२ मा निवेदक : चेतना कलर ल्याब प्रा.लि. बिराटनगरको तर्फबाट ऐ.का. अधिकार प्राप्त मेनेजिङ डाइरेक्टर तथा अध्यक्ष रमेश बस्नेत विरुद्ध विपक्षी : विराटनगर न.पं. बिराटनगरसमेत विषय : उत्प्रेषण तथा परमादेश (१) मूल प्रश्नको निप्टारा यस अदालतबाट गर्ने र सहायक विवादको रुपमा रहेको प्रस्तुत विवादलाई लिएर मध्यस्थ समक्ष जाने गर्दा निवेदक कठिनाई एवं अन्यौलको स्थितिमा पर्न सक्दछ । उपलब्ध वैकल्पिक उपचार पनि समान रुपबाट वाञ्छित असर (Equally efficacious) पुर्‍याउने खालको हुनु पर्ने । (प्रकरण नं. १०) (२) मौलिक हकको सम्बन्धमा अन्य उपचार भए पनि असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न मिल्ने । (प्रकरण नं. १०) (३) आफ्नो उद्योगमा जडान गर्न ल्याएको मेशिनलाई बिक्री गर्न ल्याएको व्यापारिक वस्तुको श्रेणी एवं व्यापारिक परिमाणमा राख्न मिल्दैन र यस्तो मेसिन चुंगीकरको प्रयोजनको लागि छूट पाएको वस्तु रहेछ भनी मान्नु पर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवेश चन्द्र रेग्मी आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य निम्न बमोजिमको छ । २. कलर फोटो उत्पादन गर्ने इजाजत उद्योग विभागबाट मिति ०४३।५।२६ मा प्राप्त गरी सानो किसिमको सेवामूलक उद्योगको रुपमा कलर ल्याब सञ्चालन गर्न कोशी अञ्चल मोरंग बिराटनगर मेनरोडमा सो व्यवसाय गरी आएको छु । उद्योग विभागबाट ०४३।११।१९ मा चेतना कलर ल्याब प्रा.लि. को नाम र. नं. २५५८।०४३ बाट कम्पनी स्थापना गरी प्रमाणपत्र समेत प्राप्त गरी जापानबाट कलर फोटोको लागि प्रयोगमा आउने क्यू.एस.एस.भी. ३ प्रणालीको मेशिनरी यही ०४६।११।१० गते भारततर्फबाट आफ्नो कम्पनी रहेको ठाउँमा ल्याउन लाग्दा बीचैमा पर्ने रानी भन्ने ठाउँमा स्थित विपक्षी नं. २ को ठेकेदार सत्यनारायण अग्रवालको चुंगीकर उठाउने चौकी रहेको ठाउँमा आएपछि उक्त मेशिनको कम्पनी मूल्य र ढुवानी मूल्य समेत हुने रु. १२,५३,७५८।– र भन्सार कार्यालय विराटनगरले धरौटी लिएको भन्सार बिक्रीकर समेतको रु. ९,८१,०६५।६४ समेत गरी हुने रु. २२,३४,७७५।६४ को सट्टा विपक्षीहरुले रु. २२,३५,०००।– मूल्य कायम गरी त्यसको १ प्रतिशतले हुने रु. २२,३५०।– असूल नगरेसम्म सामान नछोड्ने ढिपी गरेकोले सो मेशिनमा चुंगीकर नलाग्ने हो तापनि हाल सो रुपैयाँ तिरी मेशिन छुटाई ल्याएको छु । ३. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९(१)(च) अनुसार सेवामूलक सानो उद्योग भएकोले उक्त ऐनले नै भन्सार बिक्रीकर, आयकर जस्ता सुविधा दिएको छ । यस कम्पनीले झिकाएको सो मेशिन आफ्नै व्यवसायमा लगाउनका लागि सो व्यवसायलाई प्रत्यक्ष रुपमा प्रयोग हुने मेशिन भएको हुँदा नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(क) ले विपक्षीले चुंगीकर लगाउन पाउने अधिकार रहँदैन । उक्त दफा ३९(क) ले विपक्षीहरुलाई नगरपञ्चायत भित्र व्यापारिक प्रयोजनका लागि ल्याइएका सामानमा मात्र चुंगीकर लिन पाउने अधिकार छ । सोही ऐनको दफा ३९(ख) ले प्लान्ट मेशिनरी र इक्वीपमेन्टमा चुंगीकर लगाउन नपाउने गरी बन्देज लगाएकोल