निर्णय नं. ४२३६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३६ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/११/१२ २६२९ निर्णय नं. ४२३६ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको फौ.पु.नं. ४२५ फैसला भएको मिति : २०४७।११।१२।१ मा पुनरावेदक/वादी : हर्कपाल राइको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जि.सुनसरी पकली गा.पं. वा.नं. ३ बस्ने इलियास मियाँ मुद्दा : कर्तव्य ज्यान (१) फौज्दारी मुद्दामा प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम वादी दावी प्रमाणित गर्ने भार वादीको हो तर वादी श्री ५ को सरकारले प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा कुनै ठोस प्रमाण पेश गर्न सकेको छैन, प्रतिवादीले मृतकलाई कुटपिट गरेको सम्बन्धमा तथ्ययुक्त प्रमाणको अभाव देखिन्छ यस्तो अवस्थामा प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ होस् भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.त्रिलोकप्रताप राणा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।११।२४ को फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४२।१।२५ गतेका दिन अं. ३ बजे मेरो घरबाट बाख्राको पाठा हराएकोले मेरो बाबु गणेशबहादुर राई उक्त पाठा खोज्दै गई इलियास मियाँको घर नजिक पुगेपछि कुकुरले टोक्न झम्टिए पछि कसको कुकुर किन नबाँधेको भनी सोध्दै जाँदा विपक्षीले मेरो कुकुर होइन मलाई किन सोधेको भनी गाली गलौज गरी मेरो बाबुलाई जत्रतत्र लात मुड्किले कुटपिट गरी मरणान्त अवस्थामा पारी छाडेकोले २०४२।१।२६ गते घाइते बाबु कै नामबाट घा जाँच केश फाराम गराई पाउँ भनी प्रहरी थाना इटहरीमा निवेदन दिई थानाबाट घा जाँच र आवश्यक उपचारका लागि प्र.के.फाराम सहित कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा अस्पतालमा पुगी उपचार हुँदा हुँदै सो कुटपिटको चोटको पीर खप्न नसकी २०४२।१।२७ गते रात अं. १२:२० बजेको समयमा मृत्यु भएकोले इलियास मियाँलाई पक्राउ गरी कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत मिति २०४२।१।३१ मा हर्कपाल राइको जाहेरी दर्खास्त । ३. छातीमा कुनै चोटपक नभएको, लासको भुडी फुलेको, दुवै खुट्टा तन्किएको, दाहिने फिलाको जोडनीमा १ इञ्चको घाउ भएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. पेटमा चोट लागी ठूलो आन्द्रा फुटी मृत्यु भएको भन्ने समेत लाश जाँचको प्रतिवेदन । मृतकलाई गाउँ घरमा घुमी हिंड्ने कुकुरले झम्टिएको हो निज केही मात्तिएको हुँदा लरखराई डल्लाहरु र लकडी थुपारेको ठाउँमा लडेको हो, इलियासले कुकुर लगाई कुटपिट गरेको होइन भन्ने समेत २०४२।११।११।७ को सरजमीन मुचुल्का । ५. प्रतिवादी इलियास मियाँले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को प्रतिकूल कसूर गरेको देखिन आएकोले ऐ.को १३ नं. को देहाय (३) अनुसार कारवाही भई सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. २०४२।१।२५ गतेका दिन अं. ३ बजेतिर म आफ्नै घरको काममा व्यस्त थिएँ । मर्ने गणेशबहादुर धेरै रक्सी खाई मात्तिएर लरखरिदै मेरो घरमा नजिक बाटो गरी आएका बखत गाउँको छाडा कुकुरले झम्टेर टोक्न खोज्दा मर्ने गणेशबहादुर खेतको डिलमा ठक्कर लागी लडेछन । मलाई कुकुर किन नबाँधेको भनी सोद्धा मैले बुढा रक्सी खाई मातेको थाहा पाएँ । मैले गाली बेइज्जती गरी कुटपिट गरेको होइन भन्ने समे