निर्णय नं. ४२३७ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३७ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/११/१५ २६३५ निर्णय नं. ४२३७ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रिट नं. ८८९ आदेश भएको मिति : २०४७।११।१५।४ मा निवेदक : जि.बाँके नेपालगन्जस्थित मुनस्ट्रार कलर लैब (प्रा.लि.) को तर्फबाट अधिकार प्राप्त संचालक डम्बरबहादुर थापा विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय काठमाडौंसमेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) तत्काल प्रचलित ऐन अनुसार दर्ता भएको निवेदक उद्योगलाई ऐनले प्रदान गरेको सुविधा निहित भएको मान्नु पर्दछ यस्तो सुविधा निहित उद्योगको हकमा संशोधित कानुनी प्रावधान आकर्षित हुन्छ भन्नु न्यायसंगत नहुने । (प्रकरण नं. २२) (२) औद्योगिक व्यवसाय ऐन, २०३८ को दोश्रो संशोधन, २०४४ हुनु पूर्व इजाजत प्रमाणपत्र पाइसकेको निवेदक सेवा मूलक उद्योगले फोटो ग्राफिक व्यवसाय स्थापना र संचालन गर्नु भनी पैठारी गरेको यन्त्र उपकरण र औजारहरुमा सोही ऐन बमोजिम प्राप्त गरेको भन्सार र बिक्रीकर समेतको सुविधा पाउन सक्ने नै देखिने । (प्रकरण नं. २४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला अवलम्बित नजीर: ने.का.प. २०४४, अंक २, नि.नं. २९८९ निवेदक रत्नलाल संघाई वि. श्री ५ को सरकार अर्थ मन्त्रालय समेत भएको उत्प्रेषण मुद्दामा प्रतिपादित सिद्धान्त । आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत रही पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. श्री ५ को सरकार उद्योग विभागको प.सं. २०४३।४४ उ.वि.इ.शा. ९५९२।६१ (१७८७८) मिति २०४३।११।२३ को पत्रबाट कलर फोटो उद्योग स्थापनार्थ इजाजतपत्र प्राप्त गरेको, उद्योगको किसिमको महलमा सानो, उद्योगको वर्गको महलमा सेवा मुलक स्थिर पुँजीको महलमा १५,२०,९१७।– र मिति २०४५।३।२० को पत्रबाट त्यसमा वृद्धि भई १७,६९,६३३।– भएको तथा उद्योगको उद्देश्य र वार्षिक उत्पादन क्षमता भन्ने महलमा फोटो प्रिन्टिड्ड र प्रोसेसिंड्ड १५,००,००० थान भन्ने समेत उल्लेख छ । उद्योग कम्पनी ऐन अन्तर्गत प्रा.लि. मा दर्ता भई प्रा.लि.नं. ३१०।०४४।४५ मिति २०४५।२।६ को प्रमाणपत्र सोही विभागबाट प्राप्त भएको र उद्योग विभागको २०४५।२।२१ को पत्रबाट झापाको सट्टा नेपालगंज ठाउँ सारी भई सेही विभागको पत्रबाट उद्योगको म्याद थप हुँदै आएको छ । ३. यस उद्योगको लागि आवश्यक उपकरण तथा जगेडा पार्टपुर्जा समेत विदेशबाट आयात गर्नको लागि आयात इजाजतपत्र प्रदान गर्न उद्योग विभागले वाणिज्य विभागलाई सिफारिश गरी पठाए अनुसार यस उद्योगले वाणिज्य विभागबाट आयात इजाजतपत्र प्राप्त गरेको र सो यन्त्र उपकरण तथा जगेडा पार्टस आयात गर्न परिवर्तीय विदेशी मुद्राको सटही सुविधा समेत प्राप्त गरी आवश्यक उपकरण सिंगापुरबाट आयात गरिएको र भन्सार सुविधाको लागि उद्योग विभागले सिफारिश गरी २०४६।४।७ मा त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा लेखी पठाई निवेदकलाई बोधार्थ समेत दिएकोमा त्यसको मान्यता नहुने भनिएको छ । औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम भन्सार तथा बिक्रीकरको सुविधाको लागि भन्सार विभाग समेतमा निवेदन दिंदा त्यस्तो उद्योगलाई सो ऐन बमोजिमको भन्सार तथा बिक्रीकर समेतको सुविधा दिन नमिल्ने भनी २०४५।१२।१० मा न