निर्णय नं. ४२३८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२३८ - जग्गा खिचोला भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/११/१३ २६०५ निर्णय नं. ४२३८ ने.का.प. २०४७ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको दे.पु.नं. ७६४ फैसला भएको मिति: २०४७।११।१३।२ मा पुनरावेदक/प्रतिवादी : नुवाकोट जि.कालिका गा.पं. वा.नं.५ देउराली बस्ने मुरली तामाङनी विरुद्ध प्रत्यर्थी/वादी: ऐ.ऐ.बस्ने उजेली तामाङको मु.स.गर्ने नरबहादुर लामा मुद्दा : जग्गा खिचोला (१) सबूद प्रमाणको समुचित मूल्याड्ढनबाट वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको फैसलामा परिवर्तन गरिरहन नपर्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्की फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ बमोजिम पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. ००९।११।५ मा मैले ४०० मा राजीनामा पास गरी लिई ०२८ सालको बालीतक भोगचलन गरी आएको छु । म बाचुन्जेल मैले खाने र मृत्यु पश्चात एकासगोलका छोरा नरबहादुर लामाले खाने भनी शेषपछिको बकसपत्र ०१७।२।१७ मा नुवाकोट मालबाट पास गरी पूर्व उत्तर नरबहादुरकै बारी पश्चिम बाटो मलखाद मेरै बारी राम बहादुरको वारी दक्षिण मुलबाटो यति चारकिल्लाभित्रको घरगोठसमेत भएको झिम्कीको बारी ‘क’ श्रेणीको हुँदा हाल मालमा मेरो नाउँमा दर्ता हुने मेरो उपभोगको जग्गा ०२९।५।१९ गते मकै बाली लुटपिट गरी लगेकोले फिराद दिई सकेको हुँदा गोठ घर र जग्गामा समेत खिचोलामा मेटाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. झिम्कीको घरवारी भन्ने जग्गा र वादी दावीको चार किल्ला भित्रको जग्गा छुट्टै छ । वादीको जग्गामा बाली लुटपिट गरेको छैन जग्गा खिचोला पनि गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी मध्येको सन्तलाल तामाङ र मुरली तामाङनीको प्रतिउत्तरपत्र । ४. मुरली तामाङनीको चार किल्लाको जग्गा चौतारिया खान्गीको हुँदा ०१७।१८ साल देखि तिरो बुझाई भोगचलन गरी आएकी छिन, वादी दावीको जग्गा छुट्टै छ वादीको जग्गामा खिचोला गरेको छैन भन्ने समेत व्यहोराको हेमबहादुर र फिष्टी भन्ने विष्णुकुमारीको प्रतिउत्तरपत्र । ५. वादी दावीको जग्गामा प्रतिवादी मुरली तामाङनी भई बसी आएकी छिन् । वादीले राजीनामा गरी लिएको जग्गा झगडा परेको जग्गाको पूर्व पट्टि पर्दछ भन्ने समेत व्यहोराको समौनाथ खनाल समेत जना १२ को बयान रहेछ । ६. वादी दावीको जग्गामा ०२८ साल देखि नरबहादुर लामा नै कमाई आएका थिए हाल झगडा नै छ भन्ने समेत व्यहोराको सरजमीनका व्यक्ति शेषराज सेढाई समेतको बयान रहेछ । ७. झगडा जनिएको नक्शा नं. १२ मा प्र.मुरली तामाङ्नीको घर जग्गा भई भोगचलन गर्दै आएको भन्ने साक्षी र सरजमीनको भनाई भएको र सो बाहेक निजको अन्त कतै घर जग्गा नभएको भन्ने हुँदा निजको भोगचलन नभएको भन्न मिलेन । बिना दर्ता तिरोको जग्गामा वादी पक्षको हक पुग्छ भन्न पनि मिल्दैन । तसर्थ हकै नपुगेको जग्गामा उजूर गर्न अ.बं. ८२ नं. ले नमिल्ने हुँदा अ.बं. १८० नं. ले वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ०३६।३।२१ को नुवाकोट विशेष अदालतको फैसला रहेछ । ८. उपयुक्त फैसला चित्त बुझेन भन्ने समेतको ०३६।४।२२ को मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र । ९.