निर्णय नं. ४२४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२४० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४७/१२/१८ २४०२ निर्णय नं. ४२४० ने.का.प. २०४७ अङ्क १२ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४७ सालको रिट नं. ११४३ आदेश भएको मिति : २०४७।१२।१८।२ मा निवेदक : ल.पु.न.पा. वा.नं. २ सानेपा बस्ने शान्ति उपाध्याय सुवेदीको मु.स. गर्ने शिवप्रसाद सुवेदी विरुद्ध विपक्षी : ल.पु.जि.लुभु गा.वि.स. वा.नं. ४ बस्ने अपुलमाया महर्जनसमेत विषय : उत्प्रेषण (१) कानुनी प्रावधान अनुसार गुठी संस्थानलाई जिल्ला वा अञ्चल स्तरीय निकाय वा अधिकारीको रुपमा लिन नमिल्ने । (प्रकरण नं. ७) (२) विद्यमान कानुनी व्यवस्थाले निर्दिष्ट गरेको मार्ग अवलम्बन नगर्नेलाई कानुनी उपचार प्राप्त हुन नसक्ने । (प्रकरण नं. ७) (३) माग बमोजिम कारवाही किनारा गर्न सक्ने अधिकार कानुनले अञ्चल अदालतलाई प्रदान नगरेको देखिँदा क्षेत्राधिकारको आधारमा पुनरावेदन खारेज गर्ने गरेको अदालतहरुको निर्णयबाट निवेदकको कुनै कानुनी हक हनन हुन गएको नदेखिने । (प्रकरण नं. ९) (४) संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित तवरले बन्देज लाग्न लगाउन सक्दैन हुँदैन । संवैधानिक वा कानुनी हकको प्रचलनको लागि र सो को प्रश्नको निरुपणको लागि संविधानको धारा २३, ८८ अनुसार पर्न आएको कुनै पनि निवेदनमा संवैधानिक हकको हनन भएको र कानुनी हकको प्रचलन नभएको, नगरिएको अवस्था विद्यमान हुनुपर्दछ । सो कुरा स्पष्ट तवरले कानुनी रुपमा देखिन नआएको अवस्थामा संविधानको धारा ८८ बमोजिम उपचारको माग गर्नु निरर्थक हुन जाने । (प्रकरण नं. १०) आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अनुसार पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. जगतनन्द प्रकासेश्वर गुठीमा २ नं. लगत, ३८९ नं. बजै विजेश्वरी उपाध्यायनी र लगत नं. ३८३।१,–३८७।२ मा पिता रामप्रसाद उपाध्यायका नाउँमा साविक दर्ता रहेको खला ३ को जम्मा माटो मुरी २१।१० जग्गा सर्भे नापीका अवस्था ललितपुर लामाटार पञ्चायत वडा नं. ८(ग) कि.नं. ३३ को ज.रो. ११–२ र ऐ.को कि.नं. ३४ को ज.रो. ०–११–२ ऐ.को कि.नं. ३६ को ३–८–० ऐ.को कि.नं. ३७ को ३–५–३ समेत जम्मा रोपनी ८–४–१ कायम भई दर्तावाला मोही पिता रामप्रसाद देखाई नापी भए देखि नै धान बाली काखेचा ज्यापुबाट बुझी १९८९।७।२८ मा बिजेश्वरीले कबूलियत गरी दिनु भएको रहेछ । पिताको ०३६।५।११ मा परलोक भएपछि सुकुचा पनि २०४३।३।३० मा परलोक भएको र निजकी पत्नी, वेटीमायाबाट बाली बुझी आएको उक्त जग्गा निर्विवाद गुठीको जग्गा हो । ३. बेटीमायाले जगतनन्द प्रकाशेश्वरको नाममा दर्ता रहेको कि.नं. ३३, ३४, ३६, ३७ को जग्गा रामप्रसाद उपाध्यायको नाउँमा दर्ता भएको भनी मेरा पति सुकुचा ज्यापुलाई क्षतिपूर्ति दिई पतिका नाउँबाट मेरा नाउँमा नामसारी गरी पाउँ भनी बैंक धरौटी राखेको बैंक भौचर संलग्न राखी गुठीमा निवेदन दिइछन् । रामप्रसादको हकदारले थाहा जानकारी नपाउने गरी गोरखापत्रमा सूचना प्रकाशित नगरी निजको हक खाने आमा शान्ति सुवेदीलाई म्याद समेत जारी नगरी, प्रतिवाद गर्ने मौका नै नदिई म्याद भित्र हकदारको उजूरी पर्न नआएको र जोताहाको हकदारबाट प्राप्त ०४३ सालको कूत बुझाई, कानुन बमोजिम दर्तावालाले पाउने क्षतिपूर्ति बापत रु. ६३७।५० ने.रा.बैं.धरौटी खातामा जम्मा गरेको भौचर समेत पेश हुन आएको भन्ने समेत आधारमा निवेदिका बेटीमायाको नाउँमा मोठमा सच्याउने गरी पठाउन माल कार्यालयका