निर्णय नं. ७९५३ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९५३ - कर्तव्य ज्यान । भाग: ५० साल: २०६५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६५/०४/१९ ५९०० निर्णय नं.७९५३ ने.का.प. २०६५ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बलराम के.सी. फौ.पु.नं.: ०६३–CR–०३९३ फैसला मितिः २०६५।४।१९।१ मुद्दाः कर्तव्य ज्यान । पुरावेदक/वादीः रामअयोध्या सहनीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला सर्लाही, खैर्वा गा.वि.स. वडा नं. ८ बस्ने फटक भन्ने अनुप सहनी समेत अघि फैसला गर्ने मा.जि.न्या. श्री यज्ञप्रसाद वस्याल पुनरावेदन अदालत जनकपुरः मा.मु.न्या. श्री प्रेम शर्मा मा.न्या. श्री भोलाप्रसाद खरेल § घटनास्थलमा मौजुद र घटनाबाट पीडित भएका व्यक्तिले व्यक्त गरेका विरोधाभाषयुक्त कथनले प्रमाणको रुप धारण गर्न नसक्ने । § विरोधाभाषयुक्त कथनले प्रमाणको स्वरुप ग्रहण गर्न सक्दैन । वारदात भएको तथ्य स्थापित हुनु र कसूर प्रमाणित हुनु भनेका अलग अलग विषय भएकाले वारदात भएको र वारदातमा परी एकजनाको मृत्यु समेत भएको भन्ने तथ्यमा विवाद नभएतापनि को कसको कर्तव्यले घटना भएको हो भन्ने कुराको वस्तुनिष्ट प्रमाण वादी पक्षले पेश गर्न सक्नु पर्ने । (प्रकरण नं.२) § प्रमाण भन्ने कुरा कहिल्यै पनि विरोधाभाषयुक्त हुन सक्दैन, द्विविधाजनक हुन सक्दैन । सर्वोत्तम प्रमाण पेश गर्नु पर्छ भन्ने मान्यता स्थापित हुनुको दार्शनिक आधार पनि यहि नै हो । विरोधाभाषको अन्त गर्नु, द्विविधाको अन्त गर्नु नै प्रमाणको एकमात्र उद्देश्य हुने । § मौखिक प्रमाण जहिले पनि प्रत्यक्ष हुनुपर्छ, अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसूरदार ठहर्याउने आधार बनाउन नमिल्ने । § साक्षीका शंकास्पद एवं विरोधाभाषयुक्त कथनलाई प्रमाण मानेर कसैलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद सिवाकोटी प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मिति २०५८।६।६ गते राती २४.०० बजेको समयमा रामअयोध्या सहनीलाई माछा मारी रहेको अवस्थामा अपरिचित व्यक्तिहरुबाट गोली प्रहार गर्दा निजको घाँटीमा गोली लागी घाइते भएको भन्ने प्रहरी सञ्चार । मिति २०५८।६।६ गते राती माछा मार्दा रामअयोध्या सहनीलाई गोली हानी घाइते बनाएपछि चनरदेव सहनी वेपत्ता भएको भनी विनोद सहनीबाट बुझिन आएको, वेपत्ता भएको चनरदेव सहनी समेतलाई खोज तलास भै रहेको भन्ने प्रहरी सञ्चार । मिति २०५८।६।६ गते राती २४.०० बजेको समयमा म समेत वागमती नदीको किनारमा माछा मारी रहेको अवस्थामा जाहेरीमा उल्लेखित प्रतिवादीहरुले हामी भएको ठाउँमा आई तिमीहरुलाई कारवाही हुन्छ । तिमीहरु के हेरी बसेको भनी जुनि सहनीले बचन दिनासाथ नन्दु सहनी र वीरवंश सहनीले कटुवाबाट गोली प्रहार गर्दा नन्दु सहनीले चलाएको गोलीले म जाहेरवालालाई घाँटीमा लाग्न गएको र वीरवंशले चलाएको गोलीले काका चनरदेव सहनीलाई लाग्न गै चनरदेव वागमती नदीमा ढल्न गै वेपत्ता भएको, म जाहेरवाला भाग्न सफल भएको भन्ने समेत व्यहोराको जाहेरवालाको जाहेरी दरखास्त । जाहेरवाला पक्षसँग माछा मार्ने विषयमा विवाद हुँदा चलाएको गोली चनरदेव सहनीलाई लाग्न गै निज वाग्मती नदीमा ढले, रामअयोध्या सहनी गोली लागी घाइते भए भन्ने समेत व्यहोराको प्रतिवादी वीरवंश सहनीको अधिकार प्राप्