निर्णय नं. ९१२२ - अंशचलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२२ - अंशचलन भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/१२/१३ ४११३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश प्रा.डा.श्री भरत बहादुर कार्की फैसला मिति : २०७०।१२।१३।५ ०६९-NF-०००६ मुद्दाः अंशचलन पुनरावेदक/प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १६ तेखाचो बस्ने दानबहादुर श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १६ तेखाचो बस्ने कृष्णबहादुर श्रेष्ठ लिखत बदर मुद्दाहरूसमेत अन्तिम भएर बसेको अवस्थामा हाल आएर यस अदालतले अन्य अंशियारमा बन्डा लाग्ने भनी अन्यथा व्याख्या र अर्थ गर्न मिल्ने अवस्था देखिँदैन । अंश जस्तो कुरामा व्यक्तिको नैसर्गिक अधिकार हुने । (प्रकरण नं.१०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने प्रत्यर्थी/वादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू बाबुराजा जोशी र हरिहर दाहाल अवलम्बित नजीर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री सुष्मलता माथेमा पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री लक्ष्मणमणि रिसाल सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्ने : मा.न्या.श्री तपबहादुर मगर मा.न्या.श्री कमलनारायण दास फैसला न्या.सुशीला कार्की : सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०६७।१२।२१ गतेको फैसलाउपर पुनरालोकनको निवेदन परी मिति २०६९।७।२४ मा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड(ख) बमोजिम पुनरालोकन गरी हेर्ने निस्सा भएर पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :– पिता कुलबहादुर तथा माता विष्णुको ३ छोरामा जेठा आशामरू, माहिला विपक्षी दानबहादुर र कान्छा म फिरादी कृष्णबहादुरमध्ये जेठा आशामरूको मिति २०४६।१२।२९ मा परलोक भएको छ । आशामरूले निजको सम्पत्ति छोरा कृष्णहरिलाई शेषपछिको बकसपत्र पारीत गरिदिएको हुँदा हामी तीन अंशियार छौं । हामी सगोलमा बसी आएकोमा बन्डा गर्नुपर्ने सगोलको सम्पत्ति विपक्षी भाउजु, भतिजा भतिजाबुहारीका नाउँमा रहेको छ । मिति २०३१।१२।९ मा मानो छुट्टिई भिन्न भएको हो । सोही अवस्थामा भक्तपुर जिल्ला, कटुन्जे गाउँ विकास समिति वडा नं. १(ख) कि.नं. १३८० को क्षेत्रफल ०–१२–० जग्गा हामी दुई अंशियारलाई र सो जग्गादेखि पश्चिम तर्फको कि.नं. १३८१ को क्षेत्रफल ०–६–० जग्गा दानबहादुरले पाउने भनी भाग छुट्ट्याई घर बनाई बसोबास गरी आएका छौं । मानो छुट्टिएको मिति २०३१।१२।९ गते सम्मको पैतृक सम्पत्ति र सो सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा तीन अंश हुने र म फिरादीको तीन भागको एकभाग अंश हकमा विवाद छैन । म फिरादी र विपक्षी दानबहादुरसमेतका अंशियारको बीचमा मिति २०३१।१२।९ मा मानो छुट्टिएको मिति कायम गरिपाऊँ । विपक्षीको मन्जूरीबाट मेरो नाममा मिति २०४३।११।२४ मा नक्सापास पूर्जिबमोजिम बनेको घर अंश लाग्ने होइन । दानबहादुर निजको र श्रीमतीको नाउँमा रहेको, विपक्ष भतिजा र बुहारीहरूको नाउँमा सगोलकै सम्पत्तिबाट बारा जिल्ला निजगढमा पनि पैत्रिक सम्पत्तिबाट बढे बढाएको अंश गर्नुपर्ने सम्पत्ति निजहरूकै नाउँमा रहेकाले विपक्षहरूबाट तायदाती फाँटवारी लिई तीनभागको एकभाग फिरादीको अंश छुट्ट्याई चलनसमेत चलाई पाऊँ भन्ने फिरादपत्र । रजिस्ट्रेसनको १ नं.बमोजिम पारीत लिखतको अभावमा वादीले देखाएको मानो छुट्टिएको मिति कायम हुन सक्तैन । कृष्णहरि वादी भ