निर्णय नं. ९१२३ - किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१२३ - किर्ते भाग: ५६ साल: २०७१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७०/०९/१४ ९०३२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।९।१४।१ ०६९–CR–०२७२ मुद्दा : कीर्ते । पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. ३३ बस्ने राधादेवी सुनुवार विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, गोठाटार गा.वि.स. वडा नं. ५ बस्ने भगवती पुडासैनीसमेत § कीर्ते कागजको २ नं. मा भएको व्यवस्था भनेको कुनै पनि वैधानिक लिखतको सम्पूर्ण व्यहोरा कीर्ते गरिएको कार्यसँग सम्बन्धित नभई त्यस्तो लिखतमा उल्लेख भएका कुराहरू आंशिकरूपमा कीर्ते गरिएको कार्यसँग सम्बन्धित भएको देखिने । § सो नं. मा प्रयुक्त, “समुच्चा लिखत भने कीर्ते नगरेको” भन्ने शब्दावलीको स्वभाविक अर्थ पनि त्यही हुन्छ । त्यसका अतिरिक्त त्यस्ता लिखतमा जनिएका कुनै कुरा कीर्ते गर्ने मनसायले सच्याएको वा व्यहोरा फरक पारिएको र त्यस्तो कार्यबाट कसैको जीउ धन वा हक जाने, नोक्सान हुने वा सो कार्य गर्ने मानिस आफूलाई वा अरू कसैलाई फाइदा हुने कार्य भएको हुनुपर्ने । (प्रकरण नं. ८) § छलकपटलाई प्रश्रय दिनको लागि कानून र न्याय साधन बन्नु हुँदैन । छलकपट र थिचोमिचो जस्ता विकृति विरूद्ध संरक्षण गर्न नै कानूनको जन्म भएको हो । छिद्रान्वेषण गरी कसैलाई अनुचित लाभ दिन न्यायको प्रादुर्भाव भएको होइन । रौंचिरा तर्कलाई अघि सारेर न्यायको मान मर्दन गर्न मिल्दैन । मुद्दाका सम्पूर्ण वस्तुस्थिति र प्रमाणको अध्ययन नगरी कानूनको उपेक्षा गर्न नसकिने । (प्रकरण नं. ११) § न्याय भन्ने शब्दले अन्याय, अत्याचार र छलकपट जस्ता विकृति विरूद्ध रक्षाकवचको अभिव्यक्ति दिन्छ । न्याय निर्धाको सारथि हो, न्याय अन्यायको परिरक्षक हो । समग्रमा न्याय न्यायकै लागि हो । न्याय यान्त्रिक हुन सक्दैन । न्यायमा यान्त्रिकतालाई कुनै स्थान हुन नहुने । (प्रकरण नं. १२) § अधिकृत वारेसनामा सरकारी कार्यालयमा सुरक्षित रहने लिखत होइन । यस्तो लिखत भनेको व्यक्तिको साथमा रहने लिखत हो । व्यक्तिले आफ्नो विशेष प्रयोजनअन्तर्गत कुनै मुद्दा मामिलाको सन्दर्भमा र अचल सम्पत्तिको आफ्नो स्वामित्व हस्तान्तरण गर्ने सम्बन्धमा आफ्नो सट्टामा अरू कसैलाई प्रतिनिधिको रूपमा नियुक्त गरिने लिखत नै अधिकृत वारेसनामाको लिखत हो । यो लिखतको स्वरूप र प्रकृतिको आधारमा पनि व्यक्तिको साथमा रहने लिखत हो । तर, व्यक्तिको साथमा रहने भए पनि यस्तो लिखतमा सरकारी छाप र दस्तखत भई अख्तियारप्राप्त अधिकारीद्वारा प्रमाणितसमेत गरिने हुँदा अधिकृत वारेसनामाको लिखत सरकारी लिखत नै हुने । (प्रकरण नं. १७) § अधिकृत वारेसनामा कीर्ते गरेको भन्ने विषय प्रथमदृष्टिमा नै सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची १ भित्र पर्ने भएकाले नेपाल सरकार वादी भई मुद्दा चल्नुपर्ने भन्ने कुरामा विवाद नहुने । (प्रकरण नं. १८) § कुनै कार्य कीर्ते हुन चुनौती दिएको कार्यबाट कसैलाई हानि र कसैलाई लाभ भएको स्थापित हुनुपर्छ । लिखत सच्याइनु वा केही थपघट हुनु नै स्वतः कीर्ते हुने होइन । लाभ र हानि भन्ने कुरा मिसिल संलग्न प्रत्यक्ष, परोक्ष र परिस्थितिजन्य प्रमाणका आधारमा निर्धारित हुने । (प्रकरण नं. २०) § चित्त नबुझेको कुरामा पुनरावेदन गर्न पाउने पक्षको नैसर्गिक अधिकारलाई कानूनले निर्धारित गरेका अवस्थामा बाहेक बन्देज लगाउनु स्वच्छ सुनुवाइको सिद्धान्तको प्रतिकूल हुन पुग्ने । (प्रक