निर्णय नं. ९२२८ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२८ - ठगी भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०३/२३ ९९०४ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।२३।२ ०६९–CR–०६९५ मुद्दा : ठगी । पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, गोटीखेल गाउँ विकास समिति वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, इचङ्गुनारायण गाउँ विकास समिति वडा नं. ६ घर भई हाल कारागार शाखा, नख्खुमा कैदमा रहेका मुरारी घिमिरे विरूद्ध प्रत्यर्थी/वादी : अक्कलरत्न शाहीको जाहेरीले नेपाल सरकार § ठगीको कसुर गरेको भनी प्रमाण स्वरूप जाहेरवालाले पेस गरेको तमसुक कागजले प्रतिवादीउपरको आरोप खण्डन गर्ने अवस्था सिर्जना भएमा न्यायको रोहमा अदालतले प्रमाण सङ्‍कलन र मूल्याङ्कन गर्ने कार्यमा पक्षले सहयोग नगर्ने मात्र नभई अदालतप्रतिको जनआस्थामा समेत गिरावट आउने कुरालाई बिर्सन हुँदैन । यसरी उन्मुक्ति दिँदा पीडितलाई न्याय परेको अनुभूति नहुने । (प्रकरण नं. ४) § ठगीको ३ नं. मा प्रयोग भएको “ठगिने” र “ठगी गर्ने” शब्दले नै ठग्ने कार्य अर्थात ठगीको कसुरको पूर्णतालाई जनाउने हुन्छ । तसर्थ यस व्यवस्थाले ठगी गर्ने व्यक्तिलाई कसुरबाट उन्मुक्ति दिन खोजेको अर्थ लगाइनु मुनासिब हुँदैन । कुनै कार्य अपराध हुने भनी कानूनले परिभाषित गरेको हुन्छ भने त्यसलाई प्रत्यक्ष वा परोक्षरूपमा घुमाउरो अर्थ गरी अवैध विषयलाई वैधमा रूपान्तरण गर्ने प्रयास गर्नुहुँदैन । ठगीको ३ नं. को यस व्यवस्थाले ठगिने व्यक्तिको धनलाई हदम्याद वा अन्य कारणले अन्यायमा पर्न सक्ने सम्भावनालाई रोक्नका लागि सुरक्षित र व्यवस्थित गर्न मात्र खोजिएको भनी अर्थ गर्नु उपयुक्त हुन्छ । ठग्ने उद्देश्यरहित भई विशुद्धरूपमा कागज गरी वा नगरी लेनदेन गरेको विषयमा रकम दिने पक्षले समयमा नदिएमा वा धिङ्न्याई गरेमा निजलाई पक्री भाखा तमसुक गराएको अवस्थामा यो कानूनी व्यवस्था आकर्षित हुन सक्ने । (प्रकरण नं. ५) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय होमबहादुर राउत क्षेत्री र रामप्रसाद ढुंगेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ठगीको महलको १, ३, ४ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री लेखनाथ ढकाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री सत्यराज गुरूङ फैसला न्या.कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, पाटनको मिति २०६८/१०/३ को फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भन्ने प्रतिवादीको निवेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार रहेको छ : विभिन्न मितिमा मुरारी घिमिरेले मलाई जग्गा मिलाइदिन्छु भनी प्रलोभनमा पारी मबाट पटकपटक गरी रू.३७ लाख रूपैयाँ लिएकोमा पछि जग्गासमेत नमिलाएको र पैसा माग गर्दा आज भोलि भन्दै आलटाल गर्दै रहे । पछि मलाई पटकपटक विभिन्न मितिमा आफ्नो खातामा पैसा नै नभएको बाउन्स चेक दिई ठगी गरेकोले मलाई ठगी गरेको रकम रू. ३७ लाख रूपैयाँ प्रतिवादीबाट दिलाई भराई पाउनको साथै कानूनबमोजिम कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त । मैले मिति २०५४ सालदेखि घर जग्गा खरिद बिक्रीसम्बन्धी काम गर्दै आएकोमा सोही क्रममा जाहेरवालासँग मेरो २०६६ सालमा चिनजान भएको हो । मलाई पै