निर्णय नं. ७९५९ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७९५९ - अंश । भाग: ५० साल: २०६५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६४/११/२२ ५२५९ निर्णय नं.७९५९ ने.का.प. २०६५ अङ्क ४ सर्बोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०६१ सालको दे.पु.नं. ––८६९० फैसला मितिः २०६४।११।२२।४ मुद्दाः अंश । पुनरावेदक प्रतिवादीः जिल्ला कपिलबस्तु बिजुवा गा.वि.स. वडा नं. ६ घर भई हाल कपिलवस्तु जिल्ला, कपिलबस्तु गा.वि.स. जगहेवा वार्ड नं. २ बस्ने नन्दकिशोर शुक्ल बिरुद्ध प्रत्यर्थी वादीः साविक जिल्ला कपिलबस्तु बिजुवा गा.वि.स. वडा नं. ६ घर भई हाल भारत राष्ट्र सोहरतगढ बस्ने सरस्वती शुक्ल शुरु फैसला गर्नेः मा.न्या. श्री रामकृष्ण भट्ट पुनरावेदन फैसला गर्नेः मा.मु.न्या. श्री राजेन्द्रकुमार भण्डारी मा.न्या. श्री चन्द्रबहादुर कार्की § अंश लिए पाएका लिखत, सम्पत्तिको दा.खा. दर्ता भोग, बिक्री ब्यवहारको कुनै तथ्य र प्रमाण पेश हुन नआएको अवस्थामा मौखिक जिकिरको आधारमा अथवा अन्यत्र रहे बसेको आधारमा मात्र अंश लिएको मान्ने अवस्था नहुने । § एकासंगोलमा नरहेको भन्ने कानून बमोजिमको तथ्य र अवस्था कहिं कतैबाट खुल्न नआएको अवस्थामा आफु संगोलमा नरहेको र राजीनामाबाट खरीद गरेको सम्पत्तिलाई निजी आर्जनवाट खरीद गरेको सम्पत्ति हो भनी लिएको जिकिर तदनुसारको कुनै वैध लिखत वा अन्य कानून बमोजिमको कुनै ग्रहणयोग्य प्रमाणबाट पुष्टि भएको देखिन नआउँदा प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति संगोलको सम्पत्ति भएको भनी अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.२) § जग्गा खरीद बिक्रीको कारोवार गरी आर्जन गरेको रकमबाट खरीद गरेको भन्ने जिकिर लिएपनि संगोलमा रहेकै अवस्थामा संगोलको कुनै अंशियारले व्यापार, व्यवसाय अन्य कुनै कारोबार गरी त्यसरी आफ्नो नाममा खरीद गरेको सम्पत्ति सो खरीद गर्ने अंशियारको निजी हुने र अन्य अंशियारको अंश नलाग्ने भन्न नमिल्ने । § संगोलको अंशियारले आफ्नो नाममा रहेका सम्पत्तिमा आफ्नो Exclusive right अर्थात अन्य अंशियार वाहेकको आफ्नो निजी हक भनी दावी गर्नका लागी कानूनले निजी हकको मानिने अपुताली वा बकसपत्रको लिखत अथवा वादी लगायत अन्य अंशियार समेत साक्षी बसेको जग्गा खरीद सम्बन्धी कानून बमोजिमको लिखत समेत पेश गरी सो कुरा स्थापित गराउन सक्नु पर्ने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सतिशकृष्ण खरेल प्रत्यर्थी वादी तर्फंवाटः अवलम्वित नजीरः सिद्धान्त ने.का.प. २०५१, नि.नं. ५००९, पृष्ठ ९१२ फैसला न्या.रामकुमारप्रसाद शाहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत बुटवलबाट मिति २०६०।१०।१३ मा भएको फैसला उपर पर्न आएको पुनरावेदन यस अदालतको कार्यक्षेत्र भित्र पर्ने भई मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– वंशमणि शुक्लाको ३ भाई छोराहरु केदार शुक्ल, त्रियुगी नारायण शुक्ल र दशरथ शुक्ल रहनु भएकोमा यी तीन भाई वीच अंशबण्डा भई सकेको छ । ससुरा त्रियुगी नारायण शुक्लाका तीन छोरा जेठा दिपनारायण शुक्ला, माइला नन्द किशोर शुक्ला र कान्छा म वादीका पति जनार्दन शुक्ला रहनु भएकोमा बिपक्षी मध्येका पति जनार्दन शुक्ला संग म वादीको ०४३ सालमा विवाह भई हामीबाट एक छोरी शशी शुक्लाको जन्म भई हाल १३ बर्षकी छन् । हामी अंशियार सासु, ससुरा, जेठाजु, पति समेत संगोलमा बस्दै आएका छौं । यसरी संगोलमा बस्दै आएकोमा बिपक्षी पतिले काठमाडौ तिरबाट २