निर्णय नं. ७५१९ - निर्णय वदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५१९ - निर्णय वदर । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०१/१५ २८६३ निर्णय नं. ७५१९ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०६० सालको दे.पू.ई.नं. .....३८ फैसला मितिः २०६२।१।१५।५ मुद्दाः निर्णय वदर । पुनरावेदकर/वादीः जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वार्ड नं. ६ बस्ने आशकुमार दुगुको मु.स. गर्ने भक्तबहादुर दुगु समेत विरुद्ध प्रत्यर्थीर/प्रतिवादीः जिल्ला भक्तपुर चपाचो गा.वि.स.वार्ड नं.६ बस्ने तेजबहादुर प्रजापतीको मु.स. गर्ने कृष्णबहादुर प्रजापती § विवादीत कित्ता र अन्य कित्ताहरु समेत एउटै जग्गाधनी दर्ता प्रमाणपूर्जा पाई जग्गा दर्ता भई जग्गाधनी प्रमाणपूर्जा लिए उपर हेराकुमारी जिवित छदैं मुलुकी ऐन जग्गा पंजनीको १७ नं. को हदम्याद २ वर्षभित्र यी वादीले नालेस गरी दर्ता बदर गराउने कार्यवाही चलाएको देखिन नआउने । § हेराकुमारीको मृत्युपछि प्रत्यर्थी प्रतिवादी छोरा तेजवहादुरले विवादको जग्गा मिति २०४४।११।१९ मा नामसारी गरेपछि मात्र सो नामसारी वदरतर्फ थाहापाएको मितिले भनी मिति २०५०।२।२४ मा प्रस्तुत फिराद परेकोमा सर्भे नापजाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापीमा दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१६) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री हेमराज अधिकारी प्रत्यर्थी प्रतिवादीको तफवार्टः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री रमणकुमार श्रेष्ठ अवलम्वित नजीरःने.का.प. ०४३, अंक १२, नि.नं. २९२३, पृष्ठ ११३८ फैसला न्या.अनुपराज शर्माः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५३।१०।१४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन निर्णयार्थ पेश हुंदा संयुक्त इजलासको माननीय न्यायाधीशहरु बिचमा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यसप्रकार छ :– २. हामी मध्ये म पंचबहादुरको आमा हेराकुमारीका नाममा साविक दर्ता भएको साविक मौजाको २५ नं. लांचो १५६/११६ को ८ पटिृ सिं खान्गीको अबल खेत रोपनी २ जग्गा हामीहरुले भोग चलन गरी आएकोमा हाल नापीमा भ.पु.जि. दिव्यश्वरी गा.वि.स.वडा नं. ९(ग) कि.नं. १००, १–१४–२ को फिल्डबुकमा मोही महलमा म आशकुमार दुगु र जग्गावाला महलमा बाजे हेराकुमारको नाम लेखिए पनि किसानको व्यहोरामा हेराकुमारीको जग्गा हो भन्ने र बकसपत्रबाट हक भएको २५ नं. लांचो ११६ को रोपनी २ भिडी दर्ता भएको र पंचबहादुर समेतले जोती कमाई खाई पाएका छौं । माता हेराकुमारी २०२६।१०।५ मा परलोक भै हामी हकवालाहरुले नामसारी गरि लिन बांकी छंदै विपक्षी तेजबहादुर प्रजापतीले आफ्नो आमा हेरा लक्ष्मी प्रजापतीको नाम थर मिल्न आएकोले आफ्नो नाममा नामसारी गर्न निवेदन दिंदा हाम्रो आमा तथा ठूली आमा हेराकुमारी प्रजापतीको नाम दर्ताको जि. भक्तपुर दिव्येश्वरी गा.वि.स.वडा नं. ९(ग) कि.नं. १०० को १–१४–२ जग्गा समेत घुसाई निवेदन दिई सो बमोजिम मा.पो.का. भक्तपुरबाट मिति ०४४।११।१९ का दिन नामसारी गरि लिनु भएको कुरा ०५०।२।१९ मा नक्कल सारी थाहा भएकोले सो निर्णय र नामसारी त्रुटीपूर्ण हुंदा बदर गरिपाऊँ भन्ने समेत व्यहोराको पंचबहादुर होना र आ