निर्णय नं. ७५२० - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२० - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/१२/२३ ३२७० निर्णय नं. ७५२० ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०५९ सालको रिट नं. ––– २६३५ आदेश मितिः २०६१।१२।२३।३ विषय :– उत्प्रेषण । निवेदकः का.जि.का.म.न.प.वडा नं. ३३ स्थित रजिष्टर्ड अफिस र जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा.वडा नं. ४ स्थित उद्योगस्थल रहेको हिमाली नून (आयोडिनयुक्त) प्रा.लि. को तर्फवाट अख्तियार प्राप्त ऐ को संचालक का.जि.का. म.न.पा. वडा नं. ३३ वस्ने वर्ष ४७ को भूपेन्द्र कार्की विरुद्व विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय समेत § देशको पहाडी तथा दुर्गम हिमाली जिल्लामा पनि नूनको आपूर्ति गरी विक्री वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने प्रथम दायित्व सरकारको हुने । § निजीक्षेत्रलाई खुल्ला राखी प्रतिष्पर्धामा छाड्दा सवै आयोडिनयुक्त निजीक्षेत्रका नून उद्योगहरु तथा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले समेत सुगम र सजिलो ठाउंमा मात्र नून आपूर्ति गरी व्यापार गर्ने र दुर्गम र हिमाली तथा पहाडी जिल्लामा कुनैपनि कम्पनी नगई नूनको आपूर्ति नभै अभाव सिर्जना हुनसक्ने सम्भावना एवं जोखिम देखिने । § सार्वजनिक हित र सरोकारसंग जोडिएको नून जस्तो अत्यावश्यक वस्तुको अभाव हुन नदिई देशको सवै ठाउंमा निरीक्षण एवं समूचित विक्री वितरणको व्यवस्था मिलाउनको लागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको राजपत्रमा प्रकाशित सूचना कानून विपरीतको नदेखिई उक्त सूचनावाट निवेदकको मौलिकहकमा आघात परेको नदेखिने । (प्रकरण नं.१९ र २०) निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फवाटः विद्धान नायव महान्यायाधीवक्ता श्री नरेन्द्रप्रसाद पाठक, विद्धान वरिष्ठ अधिवक्ताहरु श्री कृष्णप्रसाद भण्डारी, श्री मुकुन्द रेग्मी, श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ताद्वय श्री वद्रीवहादुर कार्की तथा श्री नरेन्द्रकुमार श्रेष्ठ अवलम्वित नजीरः आदेश न्या.दिलीपकुमार पौडेलः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. कम्पनी ऐन, २०२१ अन्तर्गत मिति २०४९।५।१४ मा हिमाली नून (आयोडिनयुक्त) प्रा.लि.को विधिवत स्थापना भएको थियो । यो उद्योग दर्ता हुनु भन्दा अघि उद्योग विभागले आपूर्ति मन्त्रालयको प्रतिक्रिया माग गर्दा तत्कालिन आपूर्ति मन्त्रालयले मिति २०४९।५।७ मा प्रेषित गरेको पत्रमा श्री ५ को सरकारको खुला वजार नीति अनुरुप उद्योग व्यापार नियन्त्रण गर्न नहुने भएको भन्ने कुरा समेत उल्लेख गर्दै सकारात्मक रुपमा सहमति पठाउने भनी मिति २०४९।५।५ मा मन्त्रिस्तरवाट निर्णय भएको कुरा व्यक्त भएको थियो । स्थापनाकालमा म भूपेन्द्र कार्की, कुल प्रकाश मास्के र दीपककुमार मलहोत्रा शेयरवालाको रुपमा रहेकोमा अहिले लालवहादुर उप्रेती पनि समावेश भएपछि ४ जना शेयरवालाको रुपमा रहेका छौं । निवेदक कम्पनी प्रशोधित आयोडिनयुक्त नून उत्पादन गर्ने मुख्य उद्देश्य अवलम्वन गरी संस्थापित भएको उद्योग भएकोले पहिले हेटौंडामा स्थापना गरिएकोमा उत्पादन र आपूर्तिलाई अझ वढी प्रभावकारी वनाउनको लागि उक्त आयोडिनयुक्त नून उत्पादन गर्ने उद्योग अर्थात कारखाना वर्तमानमा जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा.वडा नं. ४ मा सन्चालित गरिएको छ । स्थापनाकालमा हेटौंडामा उद्योग रहंदा मिति २०५०।२।१५ देखि उद्योग सन्चा