निर्णय नं. ९२२९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२२९ - बन्दीप्रत्यक्षीकरण भाग: ५६ साल: २०७१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७१/०६/०८ ४०९९ नेकाप २०७१, अङ्क ८, नि.नं.९२२९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।६।८।४ ०७१-WH-००१४ विषय : बन्दीप्रत्यक्षीकरण । निवेदक : जिल्ला सप्तरी, महादेव गा.वि.स. बस्ने वर्ष ३८ को डा.सि.के.राउत भन्ने चन्द्रकान्त राउतको हकमा ऐ.ऐ. बस्ने उहाँको दाइ सूर्यकान्त राउत विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, मोरङसमेत § अधिकारप्राप्त निकायले पक्राउ गरी राज्य विरूद्धको अपराध मुद्दामा अनुसन्धानको लागि सक्षम निकायबाट पटकपटक म्याद थप भई अनुसन्धानको सिलसिलामा थुनामा रहेको हुँदा निवेदकको माग अनुसार गैरकानूनी भन्न मिल्ने नदेखिने । § निवेदक विरूद्ध राज्य विरूद्धको अपराधसम्बन्धी मुद्दा अनुसन्धानको क्रममा रही तत्सम्बन्धमा विशेष अदालत, काठमाडौंबाट म्याद थपसमेत भएको देखिएको र निवेदकले निवेदनमा उठाएका सबै सवालहरू र थुनाको वैधता वा अवैधता सम्बन्धमा सोही अदालतबाट सम्बोधन हुने नै देखिँदा मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेशजारी गर्नुपर्ने अवस्था नेदेखिने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विद्वान्‌‌ वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ताहरू दीपेन्द्र झा, सुनिलकुमार पटेल, गौरीशंकर महतो, विरेन्द्रकुमार ठाकुर, राजेश अहिराज, अजयकुमार स्वर्णकार, अरबिन्दकुमार सिंह, रत्नेश्वरप्रसाद शर्मा र धिरेन्द्रकुमार साह विपक्षीको तर्फबाट : विद्वान्‌‌ सहन्यायाधिवक्ताहरू किरण पौडेल र संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : § केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ § राज्य विरूद्धको अपराध र सजाय ऐन, २०४६ आदेश न्या.सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्‍क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ । डा.सि.के. राउतलाई विपक्षीले मिति २०७१।०५।२८ गते गैरकानूनी ढङ्गले पक्राउ गरी हाल अज्ञात स्थलमा गैरकानूनीरूपमा बन्दी बनाइ राखेकोले पीडित आफैंले निवेदन दिन विपक्षीले नदिएको तथा हालसम्म कसैलाई भेट्न नदिएकोले पीडितको हकमा म निवेदकको दाइ सूर्यकान्त राउत उहाँलाई गैरकानूनी थुनाबाट मुक्त गरी पाउनको लागि निवेदन गर्न आएको छु । निवेदक डा.सि.के राउत भन्ने चन्द्रकान्त राउतलाई मिति २०७१ साल भदौ २८ गते साँझको ७:१५ बजे २ वटा प्रहरी गाडीमा आएका लगभग १२ जना प्रहरीले रङ्गेली नगरपालिका वडा ३ आन्तोलाबाट गैरकानूनीरूपमा पक्राउ गरी लगेका छन् । मोरङ प्रहरीले मलाई छाता मेला २०७१ मा आमसभामा सहभागी भएर भाडाको स १ च १५४ नं. को गाडीमा फर्किरहेको अवस्थामा गाडी रोकी अपहरण शैलीमा पक्राउ गरेका थिए । मेरो सँगसँगै हिँड्ने गरेका प्रहरी सत्यनारायण मण्डलसमेतले पक्राउ गरेका हुन् । बिना आधार र कारण गिरफ्तार गरी गैरकानूनीरूपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हुनाले उपचारको अरू कुनै भरपर्दो माध्यम नभएकोले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२(१)(२)(३), १३, २४(१) मौलिक हकको उपचारार्थ धारा ३२, १०७(२) बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर उपस्थित भएको छु । म निवेदक मधेशको हकहितको लागि अहिंसात्मक राजनीतिक अभियान गर्दै आएको छु । आमसभामा सम्बोधन गरेर फर्किरहेको अवस्थामा पक्राउ गरेको हो । कुनै पनि व्यक्तिले आफ्नो हक अधिकारको लागि शान्तिपूर्णरूपमा आवाज उठाउन पाउने तथा आन्दो