निर्णय नं. ७५२२ - परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५२२ - परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०२/२३ ३२०१ निर्णय नं. ७५२२ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदाप्र्रसाद पण्डित सम्वत् २०६१ सालको रिट नं. .. ३१८० आदेश मितिः २०६२।२।२३।२ विषय :– परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाऊँ । निवेदकः मानवअधिकार, वातावरण कानून तथा असल शासन क्रियाकलाप समाजको तर्फवाट र आफ्नो हकमा समेत महेन्द्र नगर न.पा.वडा नं. ४ घर भै का.जि. का.म.न.पा.वडा नं. ३५ नयां वानेश्वर वस्ने अधिवक्ता भोजराज ऐर समेत विरुद्ध विपक्षीः सम्माननिय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरवार समेत § शहरी तथा नगरक्षेत्रहरुमा वढ्दै गएको जनसंख्याको चापले गर्दा प्रदूषण समेत वढ्दै गइरहेको विद्यमान स्थितिमा त्यस्तो प्रदूषितक्षेत्र, सार्वजनिक स्थान, सडक, वाटो, नदी, किनार जस्ता स्थानहरुमा वहुसंख्यक जनताले प्रयोग गर्ने मासु तथा मासु जन्य खाद्य पदार्थको लागि पशुको वध गरिनु, खुला तथा अव्यवस्थित रुपमा त्यस्तो मासुको विक्री वितरण गर्नु र त्यसरी वध गरिने पशुको स्वास्थ्य परीक्षण समेत नगरिनु जस्ता कार्यले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको कुरालाई नकार्न नमिल्ने । (प्रकरण नं. १९) § अत्यधिक जनसंख्याको चांप रहेको नेपाल अधिराज्यका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका हरुमा प्रस्तुत पशुवधशाला तथा मासु जांच ऐन, २०५५ लागु हुनसक्ने पूर्वाधारहरु यथासम्भव छिट्टै तयार गरी गर्न लगाई यो ऐन लागु गर्नु गराउनु र चरणवद्धरुपमा कसरी लागु गर्ने गराउने हो सो विषयमा सर्वसाधारणलाई अग्रिम जानकारी समेत गराउनु भनी विपक्षी निकायहरुका नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं. २१) निवेदक तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री भोजराज ऐर र श्री पुष्पराज पौडेल विपक्षी तर्फवाटः सहन्यायाधिवक्ता श्री सरोज गौतम, विद्वान अधिवक्ता श्री मुकुन्द राज श्रेष्ठ अवलम्वि नजीरः ने.का.प. स्वर्ण शुभजन्मोत्सव विषेशांक, २०५२ पृष्ठ १६९ आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :– २. पशु वध गर्ने, मासु सफा गर्ने आवश्यकतानुसार काट्ने जस्ता काममा हुने गरेका लापर्वाहीवाट मासुको स्वच्छतामा कमी आई मासु तथा वातावरण प्रदूषित हुने गरेको छ । अव्यवस्थित पशु वध गर्ने कार्यहरुले गर्दा धार्मिक एवं ऐतिहासिक महत्वका क्षेत्रहरु नदी, सार्वजनिक उपयोगका चौर, सडक छेउमा पशु वध गर्ने कार्य हुने गरेका छन् । त्यसवाट प्रदूषण वढ्न गई जनस्वास्थ्यलाई नकारात्मक असर परेको छ । सर्वसाधारणलाई मासु तथा मासुवाट वन्ने खाद्य वस्तुमा मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्रन नदिई उपयुक्तस्तर कायम राख्न वातावरणिय प्रदूषण कम गर्न, जनस्वास्थ्यमा नकारात्मक असर पर्न नदिनको लागी पशु वधशाला स्थापना गर्ने र मासु जांच गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको पशु वधशाला र मासु जांच ऐन, २०५५ तर्जुमा भएको तर उक्त ऐन लागु नहुंदा महानगर र उपमहानगर वासीहरु गुणस्तरहिन मासु खान वाध्य भएका छन् । स्वास्थ्य परीक्षण नगरिएका पशुहरुलाई नदी किनारा र खुला ठाउंमा निर्विवाद रुपमा वध गरी खुलै पसलमा पुर्‍याई जांच नगरी मासु विक्री भैरहेको छ । यसरी अनियन्त्रि