निर्णय नं. ७५२३ - उत्प्रेषण परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५२३ - उत्प्रेषण परमादेश । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०२/२५ ३४१० निर्णय नं. ७५२३ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत सम्वत २०५७ सालको रिट नं. ३४५७ आदेश मितिः २०६२।२।२५।४ विषयः – उत्प्रेषण परमादेश । निवेदकः रौतहट जिल्ला गौर न.पा.वडा नं. ९ वस्ने रिणाकुमारी यादव विरुद्ध विपक्षीः पुनरावेदन अदालत, हेटौंडा समेत § मुलुकी ऐन अ.व.१७१ नं बमोजिम सम्पति रोक्का गरिपाऊँ भनी दायर भएको निवेदनमा रजिष्ट्रारले कानून बमोजिम निकासा दिनसक्ने अघिकार देखिंदा पहिले रोक्का फुकुवा गरेको आधार र कारण नै झुठ्ठा देखिएको अवस्थामा फुकुवा गर्ने अघिकारीले पुनः रोक्का गर्न सक्दैन भनी मान्न नमिल्ने । (प्रकरण नं.१२) § पुनरावेदन अदालत नियमावली, २०४८ को नियम १३ च.मा मुद्दा मामिलाको कारवाहीको सिलसिलामा रजिष्ट्रारले दिएको आदेशमा चित्त नवुझ्नेले इजलास समक्ष उजुरी दिनसक्ने कानूनी व्यवस्था भएकोमा यी रिट निवेदिकाले रजिष्ट्रारको उक्त आदेशमा चित्त नवुझे इजलास समक्ष उजुरी गर्नुपर्नेमा सो नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिंन आएकाले मुद्दाको कारवाहीको क्रममा भएका आदेश उपर रिटक्षेत्रवाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.१३) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री शम्भु थापा र कृष्ण थापा विपक्षी तर्फवाटःविद्वान अधिवक्ता श्री सरोजनाथ प्याकुरेल, विद्वान अधिवक्ता श्री महेशवहादुर कार्की अवलम्वित नजीरः ने.का.प. २०३७, अंक ७, पृष्ठ १३९, नि.नं १३८९ आदेश न्या.वद्रीकुमार वस्नेतः नेपाल अघिराज्यको संविधान , २०४७ को धारा २३,८८(२) अनुसार दायर हुन आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ : – २. विपक्षी सहेलिया देवी यादवनीले तमसुक लेखी लगेको रु.२,००,०००। भाखा भित्र नवुझाएकाले रौतहट जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेकोमा वादी दावी पुग्ने ठहरी २०५८।३।२८ मा भएको फैसला अन्तिम भै वसेको छ । उक्त फैसला बमोजिम विगो भराई पाउन विपक्षीको जेथादेखाई निवेदन दिएको र निवेदनमा उल्लेखित जग्गा रोक्का राख्न मालपोत कार्यालयमा पत्र पठाएकोमा सो कित्ता जग्गाहरु अघि नै रोक्का रहेको भन्ने पत्र प्राप्त भएको थियो । उक्त विगोको निवेदन कारवाहीयुक्त रहेकै अवस्थामा निवेदिकाको थैली भुस गर्ने नियतले विपक्षी सहेलिया देवी र नरेशकुमार यादव मिली कि.नं. ८६८ र ८७१ का जग्गाहरु फुकुवा गरिपाऊँ भनी पुनरावेदन अदालत हेटौडामा निवेदन दिई फुकुवा गरिएछ । सोही वीच निवेदिकाले उक्त कित्ताका जग्गाहरु पुनः निवेदन दिई रोक्का समेत गराई सकेकाले विपक्षी नरेशकुमार यादवले २०५८।८।२५ मा जग्गा फुकुवा गरिपाऊँ भनी दिएको निवेदन पत्रमा आफुले सहिछाप नगरेको र व्यहोरा समेत फर्जी भएकाले जग्गा फुकुवा नगरी यथावत रोक्का राखी पाउँ भनी निवेदन दिएकोमा पुनरावेदन अदालतवाट पुनः जग्गा फुकुवा नगरी यथावत रोक्का राख्नु भन्ने आदेश भए मुताविक मा.पो.का रौतहटवाट उक्त जग्गा पुनः रोक्का राखिएछ । तत्पश्चात उक्त रोक्का राखिएका जग्गाहरु मिलापत्र गर्ने प्रयोजनको लागी फुकुवा गरिपाऊँ भनी नरेशकुमार र सहेलिया देवीले पुनः २०५८।९।४ मा पुनरावेदन अदालत समक्ष निवेदन दिएकोमा फुकुवा हुँदा कि.नं ९०१, ३८, ८६८ र ८७१ समेतका जग्गा धनी नरेशकुमार ऋणी सहेलिया देवी भै राजिनामा लिखत गरी हक हस्तान्तरण गरिएको रहेछ । ३. मेरो विगो भरी भराउको निवेदन विचाराधिन रही रहेकै अवस्थामा प्रत्यर्थीहरुल