निर्णय नं. ७५२४ - अंश दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५२४ - अंश दर्ता । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०३/०१ ३५५१ निर्णय नं. ७५२४ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत् २०५७ सालको दे.पु. नं. ७०४६ फैसला मितिः २०६२।३।१।४ मुद्दाः– अंश दर्ता । पुनरावेदक/वादी जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ वस्ने दशरथ शाह हलुवाई विरुद्ध प्रत्यर्थी/प्रतिवादी ऐ.ऐ. वस्ने लक्ष्मी साह कानू § वादी प्रतिवादीहरु एकासंगोलमा भए संगोलका अंशियारमा हक हस्तान्तरण गर्नुपर्ने अवस्था र प्रयोजन नआउने । § मुल अंशी मात्र अंशियार नठहरिने हुंदा मुल अंशीकी एकाघरकी पत्नीलाई अंशियार मान्न नहुने र निजका नामवाट अन्य अंशियारमा हक हस्तान्तरण भएको कुरालाई प्रमाणमा लिएर वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको मान्न नमिल्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.२०) § प्रतिवादीहरुले छुट्टाछुट्टै जग्गा दर्ता गरी अलग अलग भोग विक्रि व्यवहार गरेको अवस्थामा अंशवण्डाको ३० नं. ले वण्डापत्रको लिखत आवश्यक हुने अवस्था देखिन नआउने । (प्रकरण नं.२१) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री कमलनारायण दाश प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री सुरेन्द्रकुमार महतो अवलम्वित नजीरः फैसला न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत जनकपुरको मिति ०५७।१।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत वादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मुल पुरुष विलट साह कानूनको तीन छोरा मध्ये जेठा छोरा प्र. सखियादेवी कानुको लोग्ने असर्फि साह कानू, माहिला छोरा म फिरादीको वावु अवध साह कानू, र कान्छो छोरा प्र. लक्ष्मी साहकानु समेत भएकोमा विलट साहको मृत्यु पश्चात म फिरादीको वावु र काकाहरु सवै एक साथ सगोलमानै वसि घरको मुख्य प्र. लक्ष्मी साह भएकोमा पारिवारिक संख्या वढेको कारणले आपसमा हितचित्त नमिली २०२० साल वैशाख १ गते जग्गा जमिन सगोलमा राखी मानो छुट्टिई चुल्हो मानो अलग गरी वसेपछि पारिवारीक संख्या वढेकाले केही जग्गा निजि आर्जनवाट खरिद गरी वसि आएकोमा भाग वण्डा गरि दिनु होस भनि विपक्षीलाई पटक पटक भन्दा चुप लाग्दै आएका थिए । २०५१ कार्तिक १ गते का दिन विपक्षीहरुले रिसाई अंश दिन्न भनि जवाफ दिएका हुंदा वाध्य भई यो मुद्दा दिन आएको छु । २०२०।१।१ गतेलाई मानो छुट्टिएको मिति कायम गरी ३ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने वादीको फिराद पत्र । ३. असर्फि साह, अवध साह र लक्ष्मी साह सगोलमै रहदाको अवस्थामा श्री जानकी मन्दिर छठ गुठिवाट केही जग्गा लिई घर वनाई वसी आएकोमा ३ अंशियारका बीचमा वाडंफाडं गरि लेउ भनि अनेकौं पटक भन्दा पनि वण्डा नभएबाट म पनि वैगाशिवपुर गई वसें । विपक्षीसंग कुनै वदनियत चिताएको छैन । नापिको समयमा मेरो नाममा ०–०–१–२ जग्गा मात्र नापि हुंदा देवर लक्ष्मीलाई किन यसरी भएको भनि भन्दा यसले केहि फरक पर्दैन पछि अंशवण्डा हुनेछ भनि भनेकाले विश्वासमा वसेको छु भन्ने प्र. सखियादेवीको प्रतिउत्तरपत्र । ४. वादी दावि झुठ्ठा हो । २०२० साल वैशाख १ गते मानो छुट्टिई वेग्ला वेग्लै घर वनाई वसेको मानिसले आज सम्म वण्डा भएको छैन भन्ने कुरा फरेवी हो । वादी र प्र. सखिया सँग हाम्रो वण्डा भै सकेको छ । सो कुरालाई पुष्टि गर्न हामीहरुले भरेको छुट्टाछुट्टै ७ नं. फाटवारी, वादी प्रतिवादीले छुट्टाछुट्टै जग्गा जमिन व