निर्णय नं. ७५२५ - जीउ मास्ने वेच्ने ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२५ - जीउ मास्ने वेच्ने । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०३/१७ २८७९ निर्णय नं. ७५२५ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री वलराम के.सी. सम्वत् २०६० सालको फौ.पु. नं. ३२३२ फैसला मितिः २०६२।३।१७।६ मुद्दाः– जीउ मास्ने वेच्ने । पुनरावेदक/वादीः सुमित्रा अर्यालको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला मकवानपुर खेरान गा.वि.स.वडा नं. २ घर भई हाल कारागार शाखा जगन्नाथ देवल काठमाडौंमा थुनामा रहेको रघु भन्ने राजेश लामा § प्रतिवादीको उमेर १६ वर्षभन्दा वढी भएकोले पूरै सजाय हुनुपर्छ भनी जिकिर लिने वादी तर्फवाट निजको उमेर सम्वन्धमा यकीन गर्न नसकेको अवस्थामा चिकित्सक विशेषज्ञ भएको कारण निजको रायलाई नै आधिकारिक राय मान्नुपर्ने । § कुनै व्यक्तिको उमेर १६ वर्ष पूरा भएको हो होइन भन्ने सम्वन्धमा यही नै र यति नै हो भनी ठीक तवरले वैज्ञानिक परीक्षणबाट समेत भन्न नसकिने भनी विशेषज्ञलेनै भनेको उमेर प्रमाणीत हुने अन्य शैक्षिक, कानूनी आदि आधारसमेत वादीले पेश गर्न नसकेको अवस्थामा प्रतिवादीले खुलाएको उमेरलाई नमानी प्रतिवादी १६ वर्ष पूरा भएको व्यक्ति हो भनी ठहर गर्न नमिल्ने । § उमेरका आधारमा कानूनबमोजिमको कुनै अपराधमा सजायमा कमि वा वढि हुन्छ र मुद्दा चलाउने वादी नै आफूले अभियोग लगाई मुद्दा चलाएको अभियुक्तको उमेर यकीन गर्न आवश्यक प्रमाण संकलन गर्न सक्तैन भने विनाआधार अनुमानको भरमा अदालतले अभियुक्त १६ वर्ष पूरा गरेको भनी ठहर गर्नु फौज्दारी न्यायको मान्य सिद्धान्त विपरीत हुने । (प्रकरण नं. २१) § उमेर जाँच गर्ने डाक्टरको प्रतिवेदन र वकपत्रवाट प्रतिवादीको उमेरका सम्वन्धमा यकिन हुन नसकेको र वादीले भरपर्दो प्रमाण पेश गर्न नसकेको अवस्थामा यस अदालतले प्रतिवादीको उमेर १६ वर्ष पुरा भएको ठहर गर्ने हो भने फौज्दारी न्यायको सिद्धान्त विपरीत शंकाको सुविधा वादीलाई प्राप्त हुन जाने । (प्रकरण नं. २३) पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी : पुनरावेदन अदालत पाटनबाट मिति २०६०।१।२ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) को (ग) अन्तर्गत वादी श्री ५ को सरकार तर्फवाट पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. म घरबाट काठमाडौं आई चावहिलमा घरमा रङ्ग लगाउने काम गर्दै आएकोमा मिति २०५६।८।१३ मा विकास भन्ने संग चावहिलमा भेट भई परिचय भएकोमा निज विकास भन्ने रुद्रे भन्ने व्यक्ति समेतले मलार्ई हामी संग हिड दार्जलिङ्गमा मेरो भिनाजु कुइरेकोमा काम गर्नु हुन्छ त्यहाँ काममा लगाई दिन्छौ भनि १६ गते विकास, रुद्रे र राजेश भन्ने भएर पशुपति नगर जाने रात्री वसमा टिकट काटी सिलगुडी हुदै भारतको पुना भन्ने ठाउंमा पुर्याई साठी हजारमा वेश्यालयमा विक्रि गरी आएकोमा म वाध्य भई वेश्यावृत्तिमा संलग्न हुन परेको र दश महिना पछि माईती नेपालको सहयोगमा गत असोज ३० गते नेपाल आउन सफल भएको हुंदा निज अपराधीहरुको खोजतलास गरि कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको पीडित सुमित्रा अर्यालको जाहेरी दर्खास्त साथै सोहि व्यहोराकै मिलानमा अनुसन्धान अधिकृत समक्ष गरेको वयान । ३. रघु भन्ने राजेश लामाले मलाई वेश्यालयमा विक्रि गरेको भनि चिनी सनाखत गरेको । ४. सुमित्रा भन्ने केटीलाई भा