निर्णय नं. ७५२६ - लिखत दर्ता वदर ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२६ - लिखत दर्ता वदर । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६१/११/१७ ४७१५ निर्णय नं. ७५२६ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मिनवहादुर रायमाझी माननीय न्यायाधीश श्री हरिजंग सिजापति सम्वत् २०५६ सालको दे.पु.नं. ५३९१ फैसला मितिः २०६१।११।१७ मुद्दाः– लिखत दर्ता वदर । पुनरावेदकर वादीः जिल्ला धनुषा कुर्था गा.वि.स. वडा नं.१ वस्ने बासुदेब यादव बिरुद्ध प्रत्यर्थीरवादी जिल्ला धनुषा कुर्था गा.वि. स. वडा नं. ३ वस्ने जनककुमार राय अमात्य समेत § सार्वजनिकहित वा सरोकार निहित रहेको मुद्दाको फिरादपत्र दायर गर्दा फिरादपत्र साथ अनुमतिको लागि निवेदन दिनुपर्ने र अनुमति प्रदान भएपछि फिरादपत्र दर्ता गर्नुपर्ने । § फिरादपत्र दर्ता गर्ने अधिकारीले फिरादपत्र दर्ता गर्नु पूर्व नै अनुमति लिनुपर्ने मुद्दामा अनुमति लिए नलिएको कुरामा विचार गर्नुपर्ने । § अनुमति लिई फिरादपत्र दायर गर्नुपर्ने सार्वजनिक हित वा सरोकार निहित रहेको मुद्दामा अनुमति नलिई फिरादपत्र दर्ता भएको रहेछ भने पनि फिराद दावीमा इन्साफ नगरी खारेज नै गर्नुपर्ने व्यवस्था कानूनले गरेको नपाइने । (प्रकरण नं.१३) § विवादित जग्गामा रामजानकीको मन्दिर र कुटी समेत रहेको देखिन आएवाट सो जग्गा धार्मिक अनुष्ठानको निमित्त प्रयोग हुदै आएको सार्वजनिक मन्दिर र कुटि भएको देखिन आउने । (प्रकरण नं.१५) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प. २०५६, अंक २, निर्णय नं. ६६७५, पृष्ठ १४९ फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत जनकपुरको मिति ०५५।६।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम वादी पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. जिल्ला धनुषा कुर्था गा.वि.स. वडा नं. २ को वाटोदेखि पश्चिम, सुरेन्द्र शुच्ला सोपूर्व, व्रम्हशंकर सो दक्षिण, झौली पण्डित सो उत्तरको ०–२–१० साविक देखि रामजानकी मन्दिर निर्माण रही पुजारी भई पुजाआजा संचालन गर्दै मन्दिरकै कव्जामा राखी आएको छु । २०२६।२।२७ मा नापी हुंदा वडा नं. २(ख) कि.नं. ८८ मा ०–२–३ नाम खाली रही नापी हुनगयो । उल्लिखित जग्गा रामजानकी मन्दिरको सार्वजनिक हक भोगको जग्गा हो । विपक्षीहरुले गा.वि.स. अध्यक्षलाई मिलाई सडक सो पश्चिम, रामजानकी मन्दिर जग्गा सो उत्तर, सुरेन्द्र शुक्ला सो पूर्व, व्रम्हशंकर सो दक्षिण यति चार किल्ला भित्रको उत्तर दक्षिण २८३ फिट पूर्व पश्चिम मुख ८३ फिट उत्तरमुख ८२ फिटको खरवासको टाटीको घर जनक कुमार रायको भनी सिफारिश गरी सो आधारमा विपक्षी मध्येका जनक कुमारले २०५२।५।३० मा कलासो देवीको नाममा हक हस्तान्तरण गर्नु भएको कुरा २०५२।८।१० मा नक्कल लिई थाहा भएकोले सो दर्ता वदर गरी रामजानकी मन्दिरको नाउंमा उक्त जग्गा सार्वजनिक मन्दिरको नाउंमा दर्ता कायम गरि पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. उल्लिखित घर जग्गामा जनक रायको पुर्खौली हक भोग रहेकोमा सो जग्गा वेच्न खोज्दा वादीले सस्तोमा मागेको र मैले रु. १५,०००।– मोल दिंदा मसंग कुरा मिली गा.वि.स अध्यक्षवाट सिफारिश गराई मिति २०५२।५।३० मा रजिष्ट्रेशन गराई लिएको हो । वादी सो रामजानकी मन्दिरका पुजारी होइनन् । सो मन्दिर जनकरायको वाजेले शारीरिक अवस्था कमजोर भएपछि पुजा आजा गर्न बनाएका हुन । बादीलाई सस्तोमा जग्गा नवेचेको कारणले गर्दा दुःख दिने नियतले दिइएको फि