निर्णय नं. ७५२७ - निषेधाज्ञा मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२७ - निषेधाज्ञा मिश्रित परमादेश । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०२/२४ २४८६ निर्णय नं. ७५२७ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री हरिजंग सिजापति सम्वत् २०५८ सालको दे.पु नं. ८५४८ फैसला मितिः २०६२।२।२४ मुद्दा :– निषेधाज्ञा मिश्रित परमादेश । पुनरावेदक/बिपक्षीः यातायात व्यवस्था कार्यालय राप्तीको तर्फवाट कार्यालय प्रमुख लेखनाथ ज्ञवाली बिरुद्ध प्रत्यर्थी/निबेदकः राप्ती अंचल यातायात व्यवसायी समिति § जुन किसिमको गाडी भनी महसुल वुझाएको हो, त्यस किसिमको सवारी साधन भनी दर्ता गराउनु भन्दा अघि नै अर्को किसिमको सवारी साधन भनी दर्ता गराउंदाको अवस्थामा नपुग भंसार महसुल असुल गरी स्वीकृति दिएमा अर्को किसिमको सवारी साधनको रुपमा दर्ता गर्न सकिने । § यातायात व्यवस्था कार्यालयमा जुन किसिमको सवारी साधन हो भनी दर्ता गराई दर्ताको प्रमाणपत्र नै प्राप्त गरिसकेको अवस्थामा सवारी साधनको त्यस्तो किसिमलाई परिवर्तन गर्ने गरी दर्ता गर्न सकिने भन्ने स्पष्ट व्यवस्था देखिन नआउने । § सवारी तथा यातायात व्यवस्था ऐनले नै मालवाहक सवारीको रुपमा दर्ता भएको सवारीलाई यात्रीवाहक सावारीमा दर्ता परिवर्तन गर्न नमिल्ने भन्ने स्पष्ट व्यवस्था गरिरहेको परिप्रेक्ष्यमा मिति २०५७।२।१७ को राजपत्रमा प्रकाशित सूचनाको अनुसूचि १ को दफा २२(६) मा उल्लिखित व्यवस्थाको आधारमा मालवाहक सवारीको रुपमा दर्ता भएको सवारी साधनलाई यात्री वाहक सवारी साधनको रुपमा दर्ता परिवर्तन गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१०) पुनरावेदक विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दुर्गावन्धु पोखरेल प्रत्यर्थी निवेदक तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत तुल्सीपुरको मिति २०५८।४।२९ को निर्णय उपर विपक्षीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) वमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ :- २. राप्ती अंचल यातायात व्यवसायी समिति कानून वमोजिम दर्ता भई यात्रु वाहक वस संचालन गर्दै आइरहेको एउटा स्वशासित संगठित संस्था हो । केही व्यक्तिहरुले कृषि कार्य तथा सामान ओसार पसार गर्नको लागि भंसार सुविधा प्राप्त गरी मालवाहक सवारीको रुपमा दर्ता भएका गाडीहरुलाई विपक्षी कार्यालयबाट यात्रु वाहक सवारीमा दर्ता परिवर्तन गर्ने उद्देश्यले विभिन्न भंसार कार्यालयमा थप भन्सार महसुल वुझी दिन सिफारिश गरेको छ भन्ने वुझिएकोले एक पटक विपक्षी यातायात व्यवस्था कार्यालयमा दर्ता भई सकेका माल वाहक सवारीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३८ को प्रतिकूल गई माल वाहक सवारी साधनलाई यात्रु वाहक सवारी साधनमा दर्ता परिवर्तन गर्ने प्रवल आशंका भएको र सो कार्य भएमा यस समितिद्धारा संचालित यातायात व्यवसायमा प्रतिकूल असर परी यसका सदस्यहरुको सम्पत्ति आर्जन गर्ने र रोजगार गर्ने कार्यमा समेत आघात पर्न जाने हुंदा माल वाहक सवारी साधनलाई यात्रु वाहक सवारी साधनको रुपमा दर्ता परिवर्तन नगर्नु गर्न नलगाउनु कानून वमोजिम काम गर्नु भनी विपक्षीको नाममा निषेधाज्ञा मिश्रित परमादेशको आदेश जारी गरिपाऊँ भन्ने व्यहोराको निवेदन । ३. लिखित जवाफ पठाउनु भनी विपक्षीको नाममा सूचना पठाउनु भन्ने पुनरावेदन अदालत तुल्सीपुरको आदेश । ४. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सवारीको रंग, स