निर्णय नं. ७५२८ - लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२८ - लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०१/१९ ५७३४ निर्णय नं. ७५२८ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत् २०५८ सालको दे.पु.नं.....७१७७ फैसला मितिः२०६२।१।१९ मुद्दाः– लिखत वदर गरी हक कायम गरी दर्ता दा.खा. गरिपाऊँ । पुनरावेदक/वादीः तनहुं जिल्ला काहुँ शिवपुर गा.वि.स. वडा नं. ९ वस्ने रविन्द्र कामी विरुद्ध प्रत्यर्थी/प्रतिवादीः तनहुं जिल्ला काहुँ शिवपुर गा.वि.स. वडा नं. ९ वस्ने तिलत्मा कामी समेत § घरको ब्यबहार चलाउनुपर्ने व्यक्तिले व्यवहार चलाउनलाई अचल पैतृक सम्पतिको आधामा एकासगोलका स्वास्नी, छोरा वा बिधवा बुहारीको मंजुरी लिइरहनु पर्ने अनिवार्यता नहुने । § प्रतिबादीको लोग्नेको मृत्युपछि निजको एक मात्र छोरा यी पुनराबेदक पनि बिदेशमा रहने बस्ने गरेकोमा प्रतिबादी बाहेक घरमा अरु कुनै अंशियार नभएको अबस्थामा घरको ब्यबहार चलाउनु पर्ने जिम्मेवारी स्वतः प्रतिबादीको हुने । § लोग्ने नभएको र छोरा पनि बिदेशमा रहे भएको अबस्थामा घर ब्यबहार चलाउनु पर्ने दायित्व भएकी स्वास्नीमान्छेले घरको ब्यबहार चलाउनको लागि अंशबण्डाको १९ को देहाय १ को कानूनी ब्यबस्था बमोजिम आफ्नो नामको अचल पैतृक सम्पत्ति मध्ये आधि आफुखुसी गर्न नपाउने भन्न कानूनसंगत नहुने । (प्रकरण नं.१२) फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पोखराको मिति २०५७।९।१० को फैसला उपर वादी पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. भिमवहादुर कामी तथा तिलत्मा कामीवाट जन्मेको एक मात्र छोरा म हुं । वावु भिम वहादुर कामीको नाउंमा श्रेस्ता कायम भएको जग्गा आमा तिलत्मा कामीको नाममा नामसारी भएको हो । हामी दुई मात्र अंशियार हौं । म भारतमा सेवारत रहदै आएको छ । विपक्षी आमाले मेरो समेत अंश हक लाग्ने तनहुं काहुं शिवपुर गा.वि.स. वडा नं. ९(झ) कि.नं. ६५ को ०–५–१–१ पाखो जग्गा र सो जग्गामा वनेको घर समेत रु.४५०००।– मा मेरो मंजुरीको लिखत नलिई मलाई साक्षी पनि नराखी लेनदेन व्यवहारको १० नं. विपरीत अंश हक मेट्ने उद्देश्यले मिति २०५५।७।१८ मा हक छाडी दिएको कुरा म भारतवाट आई नक्कल सारी हेर्दा थाहा पाएकोले सो कि.नं. ६५ को जग्गाको पूर्वतर्फवाट आधा जग्गा र सो जग्गामा वनेको घरको पूर्व तर्फको आधा लिखत वदर गरी लिखत वदर भएको आधा जग्गा र घरमा हक कायम गरी मेरो नाममा दर्ता गरी दा.खा. गरिपाऊँ भन्ने व्यहोराको फिराद पत्र । ३. विपक्षी वादी मेरो एका घर सगोलका छोरा हुन । निज र म वाहेक अन्य अंशियारा छैनौं । वादी भारतमै रहने वस्ने र आफुले कमाएको कुनै रकम घरमा नपठाउने, मेरो हेरचाह पालन पोषणको लागि घर आउंदा पनि कुनै वास्ता व्यास्ता नगर्ने भएकोले मैले जीवन धान्न घर व्यवहार चलाउन औषधि उपचार गर्दा ऋण लिई व्यवहार चलाउदै आएकोले साहुको ऋण तिर्न विर वहादुर कामीलाई मैले कि.नं. ६५ को क्षेत्रफल ०–५–१–१ को पाखो जग्गा र त्यसमा वनेको घर समेत रु. ४५,०००।– मा मिति २०५५।७।१८ मा राजिनामा पारित गरि दिएको हुं । मैले विक्री गर्दा विपक्षी वादीले अंश वापत पाउने भन्दा वढि जग्गा विक्री नगरेकी र आफुले अंशमा पाउने जति जग्गा निजको मंजुरी विना पनि विक्री व्यवहार गर्न पाउने नै हुंदा लिखत सदरै कायम राखि पाउं भन्ने समेत व्यहोराको प्रतिवादी तिलत्मा