निर्णय नं. ७५२९ - अंश दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५२९ - अंश दर्ता । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०१/१४ २९१६ निर्णय नं. ७५२९ ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०५५ सालको दे.पु.नं.५३१८ फैसला मितिः २०६२।१।१४।४ मुद्दाः अंश दर्ता । पुनरावेदक/प्रतिवादीः पर्सा जिल्ला बहुअरी पिडरी गा.वि.स.वडा नं.९ बस्ने लक्ष्मीनिया अहिरनी बिरुद्ध विपक्षी/वादीः पर्सा जिल्ला बहुअरी पिडरी गा.वि.स.वडा नं.९ बस्ने देवकी अहिरनी समेत § वादीहरुले लक्ष्मीनिया र देवा राउत समेत उपर अंश मुद्दा दिंदा देवा राउतले संगोलको अंशियार भई अंश पाउनुपर्ने भन्ने प्रतिउत्तर जिकिर लिएपनि अघिल्लो मुद्दामा वादीहरुलाई अंशियार नस्वीकारेकोले प्रस्तुत मुद्दामा अंशियार स्वीकार्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम निज विवन्धित हुने । (प्रकरण नं.१६) § वादी प्रतिवादीका बीच २०२० साल देखि मानो चुलो अलग गरी बसेको कुरामा वादी सावितै देखिएको र निजले विधिवत् अंशवण्डा नभएको भन्ने जिकिर लिएपनि नापीमा आआफ्नो नाममा जग्गा दर्ता प्रमाणित भै आआफुले भोग बिक्री व्यवहार समेत गरी आएको मिसिल संलग्न लिखत प्रमाणहरु समेतबाट प्रमाणित भैरहेको देखिंदा अंशवण्डाको लिखत कै अभावको कारणले मात्र वादी प्रतिवादी बीच अंशवण्डा नभएको भनी मान्न नमिल्ने । (प्रकरण नं.१७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री इन्द्र खरेल विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रामवन्धु शर्मा अवलम्वित नजीरः फैसला न्या.रामनगिना सिंहः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– २. मुल पुर्खा स्व.नकछेद राउतको २ छोराहरुमा जेठा हामी फिरादीहरुको ससुरा बाजे इनर राउत र कान्छा विपक्षीहरुको पिता ससुरा भिम राउत सहोदर दाजुभाई भै साथ संगोलमा रही बसी खाई कमाई आउनु भएको थियो । हाम्रो ससुरा बाजे इनर राउत र निजको जहान परिवार समेत अघिपछि भै परलोक भएपनि उहाँको छोरा जना २ मा जेठो प्रेम राउत, कान्छा जैराम राउत भै निजहरु र उहाँको परिवार समेत कान्छो ससुरा बाजे भिम राउतको साथ संगोलमा रहे बसी आएकोमा धेरे परिवार बढ्दै गएकोले सँगै बस्न नसक्नु भै २०२० सालमा चुलो मानो छुट्याई अलगअलग घर गरी अलगअलग खाई आएको र जग्गा जमिन साविक बमोजिम कान्छा ससुरा बाजे भिम राउत विपक्षी देवा राउत तथा हाम्रो पिता पति प्रेम राउतका नाउँमा दर्ता रहे अनुसार नाप नक्सा भए पनि जग्गा संगोलमा रही भोग चलन गरी आउँदा करिव १३।१४ वर्ष पहिले जेठो प्रेम राउत आफ्नो कालगतिले परलोक हुनु भएको हुँदा उहाँको श्रीमती म देवकी अहिरनी र छोरा वंका राउत एक जना मात्र भएको र कान्छो जैराम राउत र निजको पत्नी समेत अघि पछि भै १५।१६ वर्ष भयो आफ्नो कालगतीले परलोक हुनु हुँदा निजहरुको छोरा मिश्री राउत एक जना मात्र भएको र आज भन्दा अघि करिव ८।९ वर्ष पछि कान्छा ससुरा भिम राउत र उहाँ भन्दा अगावै उहाँको पत्नी र कान्छो छोरा रुदल राउत समेत परलोक हुनु हुँदा वहाँको जेठो छोरा विपक्षी देवा राउत र कान्छा स्व.रुदल राउतको छोरा नभै पत्नी विपक्षी लक्ष्मीनीया अहिरनी भै सबै अंशियारहरु एकसाथ संगोलमा बसी आउँदा हामीहरुको बीच अंशवण्डा नभएकोले अंशवण्डा छुट्याई दिनुहोस् भनी भन्दा अंश छुट्याउन इन्कार गरेकोले सम्पूर्ण सम्पत्तिको तायदाती लिई २ खण्डको १ खण्ड अंश छुट्याई हाम्रो नाउँमा दर्ता समेत गरी लागेको कोर्टफी समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र । ३. वादी दावी बमो