निर्णय नं. ७५३० - ट्वाइलेट तथा गाहो भत्काई पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५३० - ट्वाइलेट तथा गाहो भत्काई पाउँ । भाग: ४७ साल: २०६२ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६२/०१/०२ ३०३९ निर्णय नं. ७५३० ने.का.प.२०६२ अङ्क ४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री हरिजंग सिजापति संवत् २०६१ सालको दे.पु.नं.– ८९०३ फैसला मितिः२०६२।१।२।६ मुद्दाः– ट्वाइलेट तथा गाहो भत्काई पाउँ । पुनरावेदकः सुकु महर्जनको छोरा ल.पु.जि. ल.पु. उ.म.न.पा. वडा नं.६ सिंचाहिटी बस्ने सानुलाल महर्जन बिरुद्घ प्रत्यर्थी : ल.पु.जि.ल.पु.उ.म.न.पा.वडा नं.६ सिंचाहिटी बस्ने प्रेमलाल महर्जन समेत § पुनरावेदकले स्थानीय स्वायत शासन ऐन, २०५५ आउनु अगावै २०३७।११।१ मा तत्काल प्रचलित नगरपंचायत ऐन, २०१९ बमोजिम नक्सा पास गरी, पास नक्सा अनुसार २०३७ सालमै पर्खाल बनाई नक्सापास अनुसार निर्मित भर्‍याङकै मुनि ट्वाइलेट बनाइ सो ट्वाइलेटको सेफ्टी टैंक समेत आफ्नै पर्खाल सिमानाभित्र बनाई भोगचलन गरी आइ रहेको देखिन आएको हुँदा स्थानीय स्वायत शासन ऐन, २०५५ को दफा १६१ को प्रयोग हुनसक्ने अवस्था नदेखिने । (प्रकरण नं.१७) § २०३७ सालमा निर्माण गरिदाको अवस्थामा सिमानाबाट १ मिटर छाडी निर्माण कार्य गरिनुपर्नेमा सो नगरी बनाएको हुँदा मापदण्ड विपरीत छ भन्न पनि अगाडि भएको काम कारवाही र त्यस बखत व्यवस्था नै नभएको बिषय र त्यसबाट पुनरावेदकको हकअधिकार सिर्जना भइसकेको स्थितिमा पछि बनेको नीति अनुसार अरुको हक अधिकार हनन हुने गरी निर्णय गर्न पनि नमिल्ने । (प्रकरण न.१८) पुनरावेदक तर्फवाटःविद्धान अधिवक्ताहरु श्री चण्डेश्वर श्रेष्ठ श्री मंगल महर्जन प्रत्यर्थी तर्फबाटः उपस्थित विद्वान अधिवक्ताहरु श्री चन्द्रकान्त ज्ञवाली, श्री विजयकान्त मैनाली अवलम्वित नजीरः फैसला न्या.अनुपराज शर्माः पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२ बमोजिम यस अदालतमा दोहोर्‍याई हेर्ने निस्सा प्रदान होस भनी दर्ता हुन आएको प्रस्तुत मुद्दाको निस्सा प्रदान भई पुनरावेदनको रुपमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:– २. बिपक्षी सानुलाल महर्जनले निजका नाउँ दर्ताको ल.पु.जि. ल.पु.उ.म.न.पा. वडा नं.६(ग) को कि.नं. ३०३ को जग्गामा ट्वाइलेट निर्माण गर्दा हामी छिमेकी निवेदकहरुले परापूर्वकाल देखि प्रयोग गर्दै आइ रहेको बाटोमा पर्ने गरी ट्वाइलेट निर्माण गरेको र सो ट्वाइलेटको सेफ्टीट्यांकी तथा ट्वाइलेट कै साइटमा पर्ने गरी गार्‍हो समेत निर्माण गरी हामी निवेदकहरुले हिडदै आएको बाटो साविक अं.५ फिटको रहेकोमा हाल ३ फिट मात्र हुन गएकोले उक्त ट्वाइलेट गारो तथा सेफ्टी टैंकी समेत भत्काउन लगाई साविक बमोजिम कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रेमलाल महर्जन समेत १२ जनाको उजुरी निवेदन । ३. मेरो नाउँमा मालपोत कार्यालय, ललितपुरमा दर्ता प्रमाणित भएको ल.पु.जि.ल.पु.उ.म. न.पा.वडा नं.६ (ग) कि.नं.३०३ क्षेत्रफल ०–५–२ जग्गामा तत्कालीन नगर पंचायतबाट ०३७।११।१ मा नक्सा पास गरी घर पर्खाल लगाएको र सोही समय मै मेरो घरको उत्तर तर्फ भर्‍याङ मुनि ट्वाइलेट र उत्तर पुर्व तर्फ सेफ्टी टैंकी समेत निर्माण गरेको छु । मैले बिपक्षीहरुको हक भोग चलनको जग्गामा कुनै निर्माण कार्य गरेको छैन । उक्त कि.नं.३०३ को मेरो जग्गामा साविक बाटो रहेको तथ्य सर्भे नापी नक्साबाट प्रष्ट हुन्छ । मैले तत्कालीन ल.पु.न.पंचायतबाट ०३७।११।१ मा नक्सा पास गरी निर्माण गरेको घर पर्खाल ट्वाइलेट सेफ्टी टैंकीको सम्बन्धमा हाल तत्कालीन नगर पंचाय